धनगढी । कैलालीको दुइृ स्थानबाट आज खैरो हेरोईन सहित ३ जनालाई प्रहरीले प्रकाउ गरेको छ ।
प्रकाउ पर्नेमा टिकापुर न.पा.१ बस्ने बर्ष २५ को बिकास चौधरी, सोही ठाउ बस्ने बर्ष १८ को अमन चौधरी र कैलालीको गोदावरी न.पा.२ तेघरी बस्ने बर्ष २५ को बिजय लामा रहेको प्रहरी ले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी जवान धर्म साँउदको प्रहरी टोलीले दुबै जना बाटोमा हिडिरहेको अबस्थामा शंका लागी चेकजाच गर्दा विकास चौधरीले लगाएको पेन्टको खल्ती भित्र लुकाई राखेको अबस्थामा १ ग्राम ४०० मिलिग्राम लागु औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ फेला पारेको र रित पुर्बक बरामद गरी निजहरुलाई प्रकाउ गरी इलाका प्रहरी कार्यालय टिकापुरको हिरासतमा राखि थप अनुसन्धान कार्य भइृरहेको जनाएको छ ।
त्यस्तै आज दिउसो बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट अपराध अनुसन्धान समुहबाट खटिगएको प्रहरी टोलीले जिल्ला कैलाली गोदावरी न.पा.२ तेघरी बस्ने बिजय लामालाई आफनै घरकोठामा बसिरहेको अबस्थामा खानतलासी गर्दा निजको साथबाट २५० मिलीग्राम लागु औषध खैरो हेरोईन जस्तो धुलो पदार्थ फेलापारी बरामद गरी निजलाई समेत प्रकाउ गरी थप अनुसन्धान भइरहेको प्रहरी ले जनाएको छ ।
















