कैलाली । सुदुरपश्चिम प्रदेशको दार्चुला जिल्लामा आगलागी हुँदा एक घर जलेर नष्ट हुँदा दश लाख बराबरको क्षती भएको छ ।
दार्चुला शैल्यशिखर नगरपालिका ९ ठुलसैनी बस्ने नरेश दमाईको घर जलेर नष्ट हुँदा सो बराबरको क्षती भएको हो ।
शनिबार साझँतिर जंगलमा लागेको आगोले दमाईको एक तले एक कोठे खरले छाएको दुईवटा कच्ची घरमा आगो लागेको थियो ।
आगलागी बाट घरभित्र रहेका अन्नपात भाँडाबर्तन लत्ताकपडा काठ लगाएतका सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । करिब दश लाख बराबरको धनमालमा क्षती पुगेको बताईएको छ ।
मानबिय तथा चौपायाको क्षती भएको छैन भने आगलागी नियन्त्रण प्रहरी तथा स्थानियको सहयोमा भएको प्रहरीले जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले आबश्यक अनुसन्धान गरिरहेको छ ।
पसलमा अगलागी
त्यस्तै डडेल्धुराको गन्यापधुरा गाउँपालिका रुवाखोला बस्ने उदवब दियालको पसलमा अगलागी भएको छ ।
दियालको २ कोठे १ तले ढुङगा माटोले बनेको जस्ता पाताले छाएको पसलमा नजिकै रहेको लालचुचरे सामुदायिक बनमा लागेको आगोबाट शनिबार दिउँसो आगलागी भएको प्रहरी ले जनाएको छ । आगोबाट पसलभित्र रहेका खुद्रा,,स्टेशनरी,लत्ताकपडा,भाडाँकुडा लगायतका सामानहरु जलेर नष्ट भएको छ । आगलागीबाट मानबिय तथा चौपाया क्षती नभएको र विवरण भने आउन वाँकि रहेको प्रहरी ले बताएको छ ।













