बझाङ- नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले ६४७ को फराकिलो मतान्तर ले अग्रता लिएका छन । बझाङ प्रदेशसभा १ को १ मा एमालेले फराकिलो मतान्तर अग्रता बनाएको हो । छबिसपाथिभेरा गाउँपालिकाका १,२,३,४ वडाको मत गन्दा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले १३०३ मत ल्याएका छन ।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेक सिंहले ६५६ मतका साथ दोस्रोमा छन । यस्तै माओवादी केन्द्रका जनक बुढाले ४३१ मत पाएका छन । एकीकृत समाजवादीका दिलबहादुर सिंहले ३६९ मत प्राप्त गरेका छन ।
बझाङ प्रदेश सभा १ मा प्रदेश सभा सदस्य उपनिर्वाचनमा ३० हजार तीन सय २८ मत खसेको बझाङ का पत्रकार सम्राट सिँहले निशाना न्युजलाई जानकारी दिए ।
















