धनगढी- कैलालीको हाटखोलीमा नुहाउन गएका एक बालकको डुबेर मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीका लक्ष्मण चौधरीको १३ वर्षीय छोरा राजीव चौधरीको पानीमा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।
कैलालीको गोदावरी नगरपालिका–८ मा रहेको हाट खोली खोलामा नुहाउन गएका उनको डुबेर मृत्यु प्रहरीले जनाएको छ। घटना सम्बन्धी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।













