धनगढी – कैलालीमा एक घर र कुखुराको खोरमा आगलागी भएको छ । जिल्लाको बर्दगोरिया गाउँपालिका ३ खैरेनी बस्ने ठेउके दमाईको घर र सोही आगोबाट रबि जनालाको नजिकै रहेको कुखुराको खोरमा आगलागी भएको हो ।
आगलागी हुँदा अन्दाजी दुई लाख ३५ हजार बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाइएको छ । उक्त आगलागी प्रहरी, स्थानिय र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको हो ।













