धनगढी- नेपाल गणतान्त्रिक यातायात व्यवसायी संगठनको सुदूरपश्चिम तदर्थ समिति गठन गरिएको छ।
धनगढीमा आज भएको भेलाले रमेश थापाको संयोजकत्वमा १५ सदस्यीय तदर्थ समिति गठन गरेको हो।
समितिको सदस्यमा रामचन्द्र राना, पूरन चौधरी, बासुदेव भट्ट, पदमराज ओझा, रघुनाथ पन्तलगायत छन्। भेलाको उदघाटन कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा फ्याक्सन इनचार्ज टेकबहादुर बस्नेत, केन्द्रिय लोकेन्द्र लम्साललगायत अथिति रहेका थिए।
















