नयाँ दिल्ली । लोकसभाको चुनावमा भारतीय जनता पार्टी भाजपा को कमजोर प्रदर्शनको जिम्मा लिँदै महाराष्ट्रका उपमुख्यमन्त्री देवेन्द्र फडणवीसले राजीनामा दिने भएका छन् । महाराष्ट्रमा कांग्रेसले सबैभन्दा बढी १३ सिट जितेको छ ।
कंग्रेसको सहयोगी दल शिवसेना ९यूबीटी०ले नौ सिट जितेको छ र भने राष्ट्रवादी कांग्रेस पार्टी एनसीपीएसपीले आठ सिट जितेको छ ।त्यहाँ भाजपाले ९ सिट मात्र जितेको छ । उसको सहयोगी शिवसेनाले सात सिट र एनसीपीले एक सिट जितेको छ ।
आफूले अब पार्टी सङ्गठनमा काम गर्न चाहेको भन्दै देवेन्द्र फडणवीसले आफूलाई उपमुख्यमन्त्री पदबाट मुक्त गर्न भनेका छन् । ‘महाविकास अघाडीले महाराष्ट्रमा २ करोड ५० लाख र हामीले २ करोड ४८ लाख मत प्राप्त गरेका छौं ’ तर सिट संख्यामा २ लाखको मतान्तरले ठूलो असर गरेको छु, उनको भनाइ छ ।‘महाविकास अघाडीले ३० सिट ल्याउँदा र हामीले १७ सिट मात्र पाएका छौं ’ उनले भने । नेताकोे रूपमा महाराष्ट्रमा भाजपाको सम्पूर्ण जिम्मेवारी आफूमाथि रहेको अनि महाराष्ट्रमा हामीले एक् तरिकाले हार बेहोरेकोले यसको पूरै जिम्मेवारी आफ्नो भएको फडणवीसको भनाइ छ । पूरै पार्टीलाई एक ठाउँमा ल्याएर नयाँ रणनीति बनाउने अनि सोही रणनीतिका साथ जनताको बीचमा जाने उनले बताएका छन् ।एजेन्सी
महाराष्ट्रमा भाजपाको खराब प्रदर्शनपछि देवेन्द्र फडणवीसले राजीनामा दिने
महाराष्ट्रमा भाजपाको खराब प्रदर्शनपछि देवेन्द्र फडणवीसले राजीनामा दिने
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार























