धनगढी ।प्रहरीले कैलालीमा लागु औषध सहित मानिस प्रकाउ गरेको छ ।
कैलालीबाट खटिएको प्रहरी टोलीले लागु औषध सहित मानिस प्रकाउ गरेको हो ।कैलालीबाट खटिएको प्रहरी टोलीले धनगढी ७ मनेहराबाट शंका लागि चेकजाँच गर्दासोही ठाउँ बस्ने बर्ष २७ को सन्जित रानालाई ३१० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जनाएको छ ।
त्यस्तै इलाका प्रहरी कार्यालय मालाखेती,कैलालीबाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा चेक जाँच गर्दा गोदावरी ३ चौकिडाडाबाट जिल्ला कञ्चनपुर, कृष्णपुर ६ बस्ने बर्ष २५ को आशिष चौधरीलाई १।३३० ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ र ३।६३० ग्राम माटो जस्तो देखिने धुलो पदार्थ सहित नियन्त्रणमा लिईएको, थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।













