• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, असोज १५, २०८३
☰
बिहिबार, असोज १५, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ४ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • २. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ३. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

  • ४. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • ५. कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप

  • ६. सुदूरपश्चिममा विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा

  • ७. मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

  • ८. धनगढीको बजार क्षेत्रमा हट्यो डुबानको समस्या, सडक र ढल व्यवस्थापनले दियो राहत

  • ९. कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

  • १०. अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच अझै चुनौति

कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित

  •   बिहिबार, असोज १५, २०८३ मा प्रकाशित

धनगढी । नेपाली कांग्रेस कैलालीका सचिव नृपबहादुर सुनार १५औँ महाधिवेशन प्रतिनिधिमा अत्यधिक मतसहित निर्वाचित भएका छन ।

आज बिहान सम्पन्न कैलाली निर्वाचन क्षेत्र नं ५ को मतगणनाअनुसार खुलातर्फ १० जना महाधिवेशन प्रतिनिधिका लागि भएको प्रतिस्पर्धामा उनले ३६४ मत प्राप्त गरी निर्वाचित भएका हुन ।

खुलातर्फ १० पदका लागि २४ जना उम्मेदवार प्रतिस्पर्धामा रहेकामा सुनारले दोस्रो बढी मत प्राप्त गरेका हुन । उनले कुल खसेको मतको ५७ प्रतिशत मत प्राप्त गरेका छन ।

यहाँ नरनारायण शाह ४४२, केशव मिश्र ३५४, पूर्ण कुँवर ३२९, हरिष खड्का २८७, नारायण बराल २७५, गणेश देउवा २५५, प्रदिप पाठक २२७, श्याम बिष्ट २०९ र मोति कुँवर १८९ मत सहित विजयी भए । यस क्षेत्रमा १२ गतेदेखि सुरु भएको निर्वाचन प्रक्रियाअन्तर्गत १३ गते मतदान भएको थियो । निर्वाचनमा ६३९ जना प्रतिनिधिले मतदान गरेका थिए ।

सुनारका लागि यो जित १४औँ महाधिवेशनपछि संगठनभित्रको अर्को महत्वपूर्ण उपलब्धि हो । १४औँ महाधिवेशनमा कैलाली जिल्ला कार्यसमितिको सचिवमा निर्वाचित हुँदा पनि उनले उल्लेख्य मतसहित ‘म्यान अफ द इलेक्सन’ को चर्चा पाएका थिए ।

महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि सुनारले क्षेत्र नं ५ सहित सिंगो कैलालीका नेता–कार्यकर्ताले आफूमाथि गरेको विश्वासलाई संगठन निर्माणमा उपयोग गर्ने बताए । “कैलाली क्षेत्र नं ५ र सिंगो कैलालीका पार्टी नेता तथा कार्यकर्ताले ममाथि ठूलो भरोसा गर्नुभएको छ । १४औँ महाधिवेशन र यसपटक पनि त्यो भरोसा मतमार्फत जाहेर गर्नुभयो । यसबाट म उहाँहरूप्रति ऋणी छु । त्यो ऋण पार्टी संगठन निर्माण र पार्टीमा सबैको भूमिका सुरक्षित हुने वातावरण बनाएर तिर्नेछु”, उनले भने ।

विद्यार्थी राजनीतिबाट पार्टी संगठनसम्म

अछामको तत्कालीन सिद्धेश्वर गाविसको प्रभामा जन्मिएका सुनारले विद्यार्थी संगठनबाट राजनीतिक यात्रा सुरु गरेका हुन । उनले २०५१ सालमा नेपाल विद्यार्थी संघको साधारण सदस्यता लिएर विद्यार्थी राजनीति सुरु गरेका थिए । त्यसको एक वर्षपछि प्रभा धम्कोट माध्यमिक विद्यालयको नेविसंघ इकाइ समितिको सचिव र २०५४ सालमा अध्यक्ष बने ।

कैलाली आएपछि उनको राजनीतिक सक्रियता थप विस्तार भयो । विसं २०५७ देखि २०५८ सम्म कैलाली बहुमुखी क्याम्पस इकाइ उपाध्यक्ष तथा नेविसंघ कैलाली जिल्ला सहसचिव, २०५९ देखि २०६१ सम्म नेविसंघ कैलालीको अध्यक्ष र २०६२ देखि २०६४ सम्म नेविसंघ केन्द्रीय सदस्यका रूपमा उनले जिम्मेवारी सम्हालेका थिए ।

यसैगरी २०६५ देखि २०६७ सम्म नेपाली कांग्रेस क्षेत्र नं ४ को सहसचिव तथा २०६८ देखि २०७३ सम्म नेपाल तरुण दलको केन्द्रीय सदस्यका रूपमा काम गरे । पार्टी राजनीतिमा भने उनले २०५७ सालमा कांग्रेसको क्रियाशील सदस्यता लिएसँगै औपचारिक रूपमा प्रवेश गरेका हुन ।

विसं २०७२ मा कांग्रेस कैलाली जिल्ला कार्यसमिति सदस्य निर्वाचित भएपछि उनले जिल्ला संगठनमा थप जिम्मेवारी पाए । २०७३ देखि २०७८ सम्म कार्यक्रम समन्वय तथा प्रशिक्षण शाखा प्रमुखको जिम्मेवारी सम्हालेका सुनारले जिल्लाका विभिन्न क्षेत्रमा प्रशिक्षण र संगठनात्मक गतिविधि सञ्चालन गरेका थिए ।

विसं २०७८ मा सम्पन्न कांग्रेस सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन तयारी समितिको सदस्यसचिव तथा प्रवक्ताको जिम्मेवारी सम्हालेका उनी त्यसै वर्षको कैलाली जिल्ला अधिवेशनबाट सचिव निर्वाचित भए ।

आन्दोलन, गिरफ्तारी र जेल

सुनारको राजनीतिक यात्रामा आन्दोलन र संघर्षको अध्याय पनि जोडिएको छ । २०५८ सालदेखि सुरु भएको प्रतिगमनविरुद्धको आन्दोलनका क्रममा उनी दुईपटक २४ घण्टे रिले अनशनमा सहभागी भएका थिए । विसं २०६२/६३ सालको ऐतिहासिक दोस्रो जनआन्दोलनको पृष्ठभूमिमा भएको आन्दोलनका क्रममा पक्राउ परेका सुनारले कैलाली जिल्ला कारागारमा ९१ दिन राजनीतिक बन्दीका रूपमा जेल जीवन बिताए ।

तत्कालीन राजाले घोषणा गरेको नगर निर्वाचन बहिष्कारको आह्वान गर्दै भित्तेलेखन गरिरहेका बेला पनि उनी पक्राउ परेका थिए । करिब पाँच घण्टापछि रिहा भए । उनले आन्दोलनका क्रममा पटक–पटक हिरासत र यातना भोगेका थिए ।

प्रशिक्षण र संगठन विस्तार

कांग्रेस कैलालीको प्रशिक्षण तथा कार्यक्रम समन्वयको जिम्मेवारीमा रहँदा सुनारले जिल्लाका विभिन्न क्षेत्रमा संगठनात्मक गतिविधि सञ्चालन गरेका थिए । उनका अनुसार प्रशिक्षण विभाग प्रमुखका रूपमा कैलालीका १२६ वटै वडामा प्रशिक्षण गतिविधि सञ्चालनदेखि जिल्लास्तरीय प्रशिक्षण कार्यक्रम आयोजनासम्म उनको भूमिका रह्यो ।

जिल्ला सचिवका रूपमा पनि उनले प्रशिक्षण, संगठन विस्तार र कार्यकर्ताबीचको समन्वयलाई प्राथमिकतामा राखेको बताउँदै आएका छन । विसं २०७८ को जिल्ला अधिवेशनअघि उनले आफूलाई सचिवको स्वाभाविक उम्मेदवारका रूपमा प्रस्तुत गर्दै संगठनलाई निर्वाचनमुखी मात्र नभई स्थानीय मुद्दा र जनतासँग जोड्ने विषयलाई प्राथमिकता दिने बताएका थिए ।

संगठनसँगै नीति निर्माणको अनुभव

लामो समय पार्टी संगठनमा सक्रिय सुनारले प्रदेश नीति तथा योजना आयोगमा रहेर विकास नीति तथा योजना निर्माणको अनुभवसमेत हासिल गरेका छन । प्रदेश सरकारले २०८१ फागुनमा उनलाई आयोगको सदस्यमा नियुक्त गरेको थियो ।
उनले सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलनको कार्यकारी समिति सदस्यका रूपमा समेत काम गरेका छन । तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्रीका सल्लाहकारका रूपमा काम गरेका सुनारले पार्टी संगठनसँगै प्रदेशको विकास नीति, योजना निर्माण र लगानी प्रवर्धनका विषयमा पनि अनुभव हासिल गरेका छन ।

व्यवस्थापन विषयमा स्नातकोत्तर तहसम्म अध्ययन गरेका सुनारले संगठन विस्तारका क्रममा नेपालका ६२ जिल्ला सदरमुकाम तथा विभिन्न ग्रामीण क्षेत्रमा भ्रमण गरेका छ्न । उनले नेपाल तरुण दलको तर्फबाट युवा अनुभव आदानप्रदान कार्यक्रमअन्तर्गत चीन र भारतको भ्रमण गरेका छन । सन् २००६ मा बंगलादेशमा भएको विश्व सामाजिक मञ्च तथा सन् २०१४ मा भारतमा भएको कार्यक्रममा पनि उनी सहभागी भएका थिए ।

अब नेतृत्वका लागि तयार

सुनार प्रदेश राजधानीसमेत रहेको कैलाली र विशेष गरी खुला प्रतिस्पर्धाबाट कांग्रेसमा स्थापित हुँदै गएका हुन । यसपटकको निर्वाचन परिणामले उनको राजनीतिक यात्रालाई थप बलियो बनाएको छ । महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि सुनारले तत्काल केन्द्रीय समितिमा जानेभन्दा कैलाली कांग्रेसको संगठन र जिल्ला नेतृत्वलाई प्राथमिकता दिने बताउँछ्न । “अब मेरो प्राथमिकता केन्द्रीय समितिभन्दा पनि कैलालीका आमनेता, कार्यकर्ता तथा शुभेच्छुकको मत र भावनाअनुसार जिल्ला सभापतिका लागि प्रयास गर्ने हो । मैले आफूलाई त्यहीअनुसार तयार गरेको छु”, उनले भने ।

उनका अनुसार विभिन्न चरणमा जिल्ला सभापतिका लागि रायसुझाव लिने काम गरिएको र त्यसक्रममा धेरै नेता तथा कार्यकर्ताले सभापतिका रूपमा अगाडि बढ्न सुझाव दिएका छन् । “यसपटक जिल्लाभरका कांग्रेसीहरूको मतको नेतृत्व गर्ने र त्यसपछि यहाँका जनताको आशीर्वाद लिने गरी आफूलाई तयार गर्ने सोच छ । त्यसका लागि तयार छु भनेर चौधौँ महाधिवेशनमा आफूलाई प्रस्तुत गरेको थिएँ, यसपटक पनि त्यसैको निरन्तरता हो”, उनले भने, “अब जिल्ला सभापतिका लागि म तयार भएँ, त्यसमा सबैको सहयोग रहने विश्वास छ ।”

विद्यार्थी राजनीतिबाट सुरु भएको यात्रा, पार्टीको क्रियाशील सदस्यता, आन्दोलनका क्रममा जेल तथा हिरासत, नेविसंघ र तरुण दलका जिम्मेवारी, कांग्रेस कैलालीको प्रशिक्षण तथा संगठनात्मक भूमिका र प्रदेश नीति तथा योजना आयोगको सदस्यसम्मको अनुभवले सुनारको राजनीतिक यात्रालाई थप विस्तार गर्दै लगेको छ । महाधिवेशन प्रतिनिधिका रूपमा प्राप्त पछिल्लो जिम्मेवारीसँगै उनले अब कैलाली कांग्रेसको जिल्ला नेतृत्वका लागि आफूलाई अघि सारेका छन । त्यसको परिणाम भने आगामी जिल्ला अधिवेशनले निर्धारण गर्नेछ ।

बिहिबार, असोज १५, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा
लागूऔषधसहित ५ जना पक्राउ
भन्सार छलेर लैजादै गरेका बाख्रा नियन्त्रणमा
यस्तो आजको मौसम पूर्वानुमान
धनगढीमा जेई खोप अभियान: ४९ हजार ९१४ जनाले लगाए खाेप
चाडपर्वअघि अत्तरिया बजारमा अनुगमन तीव्र

समाचार

सबै

कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित

पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

लागूऔषधसहित ५ जना पक्राउ

भन्सार छलेर लैजादै गरेका बाख्रा नियन्त्रणमा

कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित

पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

लागूऔषधसहित ५ जना पक्राउ

भन्सार छलेर लैजादै गरेका बाख्रा नियन्त्रणमा

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ४ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

  • २.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

  • ३.
    कैलालीमा जेई खोप अभियान : हालसम्म ६३

  • ४.
    कैलालीमा जेई खोप अभियान : ८६ हजार

  • ५.
    कैलालीमा जेई खोप अभियान : ७८ हजार

  • ६.
    सुदूरपश्चिममा विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.