धनगढी । कञ्चनपुरमा प्रहरीले अवैध भन्सार छली गर्दै लैजादै गरेका बाख्रा नियन्त्रणमा लिएको छ ।
बुधबार जिल्लाको भीमदत्त नगरपालिका-११ चौकीसत्ताबाट अवैध रुपमा नेपालबाट भारततर्फ भन्सार छली गरी लैजादै गरेका अन्दाजी मूल्य रु. ७० हजार बराबरका बाख्रा नियन्त्रणमा लिएको हो ।
ईलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले टोलीले सो बाख्रा बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरी आवश्यक कारवाहीको लागि कञ्चनपुर भन्सार कार्यालय गडडाचौकी पठाइएको जनाएको छ ।
















