धनगढी । कैलालीबाट प्रहरीले अवैध लागूऔषधसहित ५ जनालाई पक्राउ गरेको छ ।
बुधबार जिल्लाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो ।
भजनी नगरपालिका-५ कुटीबाट गोप्य सूचनाको आधारमा लागूऔषध सेवन गर्दै गरेको अवस्थामा खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ ११० मिलिग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय अमित चौधरीसहित ३ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
त्यसैगरी,धनगढी उपमहानगरपालिका-७ भानुचोकबाट खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ ५ ग्राम ६५० मिलिग्रामसहित सोही ठाउँ बस्ने २५ वर्षीय अभिषेक रानालाई पक्राउ गरेको जनाएको छ ।
त्यसैगरी,धनगढी उपमहानगरपालिका-७ भानुचोकबाट खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ ४८० मिलिग्रामसहित सोही ठाउँ बस्ने ३१ वर्षीय गणेशबहादुर पाललाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
















