• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, असोज १५, २०८३
☰
बिहिबार, असोज १५, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ४ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • २. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ३. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ४. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

  • ५. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • ६. कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप

  • ७. सुदूरपश्चिममा विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा

  • ८. मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

  • ९. धनगढीको बजार क्षेत्रमा हट्यो डुबानको समस्या, सडक र ढल व्यवस्थापनले दियो राहत

  • १०. कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  •   बिहिबार, असोज १५, २०८३ मा प्रकाशित

धनगढी । काम सानो–ठूलो नभनी निरन्तर मेहनत र संघर्ष गर्दै अघि बढे एक दिन सफलता हासिल गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् धनगढी उपमहानगरपालिका–७ बेलीका लोकेश बोहरा।
२०५८ सालमा पत्रिकाको हकरका रूपमा काम सुरु गरेका बोहरा केही समय पत्रकारितामा समेत सक्रिय रहे। तर पत्रकारिताबाट भविष्य नदेखेपछि उनले अन्ततः आफ्नो पेशा परिवर्तन गर्दै खसीबोका तथा बाख्रा खरिद–बिक्री व्यवसायमा हात हाले।
बोहराले सुरुवातमा १२ कट्ठा जमिन भाडामा लिएर साझेदारीमा करिब १० लाख रुपैयाँ लगानी गरी खसीबोका संकलन तथा खरिद–बिक्री फर्म सञ्चालन गरेका थिए। तर साझेदारीको व्यवसाय लामो समय टिक्न सकेन। व्यवसायमा घाटा भएपछि साझेदारले छाडे पनि बोहराले भने हार मानेनन्।

व्यवसाय सुरु गरेको समयमा बोहराका लागि पारिवारिक अवस्था पनि सहज थिएन। एकातिर व्यवसाय घाटामा थियो भने अर्कोतिर श्रीमती क्यान्सरबाट पीडित भएकाले उपचारको जिम्मेवारीसमेत थियो। तर कठिन परिस्थितिका बाबजुद उनले व्यवसायलाई निरन्तरता दिए।
उनका अनुसार कैलालीको भेटेरिनरी अस्पतालबाट दुईपटक गरी करिब ८ लाख रुपैयाँ अनुदान प्राप्त भएपछि खोर निर्माण गर्न सहयोग पुगेको थियो। निरन्तर मेहनत गर्दै जाँदा अहिले व्यवसायले राम्रो गति लिएको उनको भनाइ छ।
करिब १६ वर्षदेखि खसीबोका तथा बाख्राको व्यवसाय गर्दै आएका बोहराले अहिले वार्षिक करिब १ करोड रुपैयाँ बराबरको कारोबार गर्दै आएका छन्। उनका अनुसार यसबाट वार्षिक करिब २५ लाख रुपैयाँ आम्दानी हुने गरेको छ।
अहिले यही व्यवसायबाट पाँच जनाको परिवारको पालनपोषण भइरहेको छ। दुई छोराको पढाइ खर्च पनि यही व्यवसायबाट चलेको छ,” उनले भने।
बोहराका अनुसार व्यवसायबाटै सवारी साधन, घर तथा जग्गा जोड्न सफल भएका छन्। सुदूरपश्चिमका विभिन्न स्थानमा उनले करिब ६० वटा बाख्रा संकलन केन्द्रसमेत सञ्चालनमा ल्याएका छन्।

दैनिक करिब ६० वटा खसीबोका तथा बाख्रा खोरमा भइरहन्छन्   बोहराले  भने दशैंलाई लक्षित गरेर यस वर्ष करिब ४०० वटा खसीबोका बिक्री गर्ने लक्ष्य राखिएको जानकारी दिए।
उनका अनुसार उनको फर्मबाट सुदूरपश्चिमका ९ वटै जिल्लासहित काठमाडौं तथा पूर्वी नेपालका विभिन्न जिल्लामा समेत खसीबोका जाने गरेका छन्।
खसीबोका खरिद–बिक्रीसँगै बोहराले अहिले उन्नत जातका बाख्रा उत्पादनतर्फ समेत ध्यान दिएका छन्। उनले विभिन्न जातका चार वटा बोका खरिद गरेर ल्याएका छन्। एउटा बोकाको मूल्य करिब १ लाख रुपैयाँसम्म परेको उनले बताए।
भारतको राजस्थानबाट तातोपारी र जमुनापारी जातका बोका तथा बुढीतोला बाख्रा फर्मबाट बयर जातको बोका ल्याएर उन्नत जातका बाख्रा उत्पादन गर्ने तयारीमा रहेको उनको भनाइ छ।
भारतीय बजारको असर
बोहराले नेपाली किसान तथा व्यवसायीलाई प्रोत्साहन गर्न राज्यले स्पष्ट नीति बनाउनुपर्ने आवश्यकता रहेको बताए।
पहिला नाकामा कडाइ हुँदा हामीजस्ता किसान तथा व्यवसायीलाई राम्रो भइरहेको थियो। अहिले फेरि भारतीय बजारको प्रभाव बढेको छ,” उनले भने, “नेपालमा उत्पादन भएका खसीबोका सस्तो मूल्यमा भारत लैजाने क्रमले हामीलाई निकै समस्या भइरहेको छ।”
स्थानीय उत्पादनलाई संरक्षण गर्ने गरी सरकारले नीति बनाउनुपर्ने उनको माग छ।
बोहरा आफूले भोगेको संघर्षबाट नयाँ पुस्ताले पनि सिक्नुपर्ने बताउँछन्। उनका अनुसार व्यवसायमा समस्या आउँदैमा तथा घाटा हुँदैमा हरेस खानु हुँदैन।
“काम सानो–ठूलो नभनी निरन्तर संघर्ष गर्न सके एक दिन सफलता हात लाग्न सक्छ। मलाई समस्या भयो, घाटा भयो भन्दैमा व्यवसाय छोडेको भए आज यहाँसम्म पुग्ने थिइनँ,” उनले भने।
आफ्नै देशमा मेहनत र श्रम गर्न सके आत्मनिर्भर बन्न सकिने उनको विश्वास छ। “अन्य देशमा गएर मेहनत गर्नुभन्दा आफ्नै भूमिमा त्यही श्रम र सीप लगाउन सके एक दिन सफलता हासिल गर्न सकिन्छ,” बोहराले भने।

  • बाख्रा खरिद बिक्री
बिहिबार, असोज १५, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित
लागूऔषधसहित ५ जना पक्राउ
भन्सार छलेर लैजादै गरेका बाख्रा नियन्त्रणमा
यस्तो आजको मौसम पूर्वानुमान
धनगढीमा जेई खोप अभियान: ४९ हजार ९१४ जनाले लगाए खाेप
चाडपर्वअघि अत्तरिया बजारमा अनुगमन तीव्र

समाचार

सबै

कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित

पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

लागूऔषधसहित ५ जना पक्राउ

भन्सार छलेर लैजादै गरेका बाख्रा नियन्त्रणमा

कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित

पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

लागूऔषधसहित ५ जना पक्राउ

भन्सार छलेर लैजादै गरेका बाख्रा नियन्त्रणमा

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ४ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

  • २.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

  • ३.
    मनोकामना पूरा हुने विश्वास : १०८ फिटे

  • ४.
    कैलालीमा जेई खोप अभियान : हालसम्म ६३

  • ५.
    कैलालीमा जेई खोप अभियान : ८६ हजार

  • ६.
    कैलालीमा जेई खोप अभियान : ७८ हजार

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.