• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, असोज १४, २०८३
☰
बुधबार, असोज १४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • २. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ३. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ४. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

  • ५. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

  • ६. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • ७. सुदूरपश्चिममा विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा

  • ८. कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप

  • ९. कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

  • १०. मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

चाडपर्वअघि अत्तरिया बजारमा अनुगमन तीव्र

  •   बुधबार, असोज १४, २०८३ मा प्रकाशित

धनगढी । चाडपर्व नजिकिएसँगै कैलालीको गोदावरी नगरपालिकाले बजार अनुगमनलाई तीव्रता दिएको छ । नगरपालिकाले खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण कार्यालय धनगढीको सहकार्यमा बुधबार अत्तरिया बजार क्षेत्रका होटल, किराना तथा खाद्य सामग्री बिक्री गर्ने पसलमा अनुगमन गरेको हो ।

अनुगमनका क्रममा विभिन्न होटल तथा खाद्य व्यवसायबाट स्वास्थ्यका लागि उपयुक्त नमानिएका प्लास्टिकका चपिङ बोर्ड ९काट्ने बोर्ड० बरामद गरिएको छ। खाद्य सामग्री काट्न तथा तयारी गर्न प्लास्टिकका बोर्ड प्रयोग भइरहेको पाइएपछि व्यवसायीलाई काठका चपिङ बोर्ड प्रयोग गर्न निर्देशन दिइएको नगरपालिकाले जनाएको छ।

त्यस्तै, किराना तथा खाद्य सामग्री बिक्री गर्ने पसलमा १६ प्याकेट म्याद नाघेका भुजा, ढुसी लागेको मिठाई तथा सडेगलेका खाद्य सामग्री फेला परेका छन्। अनुगमन टोलीले बरामद गरेका म्याद नाघेका तथा अखाद्य सामग्री नष्ट गरेको जनाएको छ।

चाडपर्वका बेला खाद्य सामग्रीको बिक्री–वितरण बढ्ने भएकाले म्याद नाघेका, गुणस्तरहीन तथा अखाद्य वस्तुको बिक्री हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै बजार अनुगमनलाई तीव्रता दिइएको नगरपालिकाले जनाएको छ।

गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा देवी रोकायाले उपभोक्ताको स्वास्थ्य र हित संरक्षणका लागि चाडपर्व लक्षित बजार अनुगमन गरिएको बताइन् ।

“चाडपर्वमा खाद्य सामग्रीको माग बढ्ने भएकाले मिसावट, म्याद नाघेका तथा अखाद्य वस्तुको बिक्री हुने जोखिम हुन्छ,” उनले भनिन्, “त्यसलाई न्यूनीकरण गर्न अनुगमनलाई निरन्तरता दिन्छौँ ।”

उनले उपभोक्तालाई खाद्य सामग्री खरिद गर्दा उत्पादन मिति, उपभोग्य मिति, लेबल, प्याकेजिङ तथा गुणस्तरसम्बन्धी विवरण जाँच गरेर मात्र खरिद गर्न आग्रह गरिन् । म्याद नाघेका वा अखाद्य वस्तु बिक्री भइरहेको पाइएमा नगरपालिका वा सम्बन्धित निकायलाई जानकारी गराउन पनि उनले आग्रह गरिन् ।

उनका अनुसार अनुगमन अत्तरिया बजारमा मात्र सीमित नराखी गोदावरी नगरपालिकाका विभिन्न वडामा समेत आवश्यकता अनुसार सञ्चालन गरिनेछ ।

गोदावरी नगरपालिका–१ का वडाध्यक्ष तथा नगर प्रवक्ता गोपाल दत्त भट्टले चाडपर्वका समयमा बजारमा किनमेल बढ्ने भएकाले उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका खाद्य सामग्रीको गुणस्तर कायम गर्न अनुगमन गरिएको बताए ।

म्याद नाघेका वा अखाद्य वस्तु बिक्री–वितरण गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही तथा जरिवाना गरिने उनले बताए। व्यवसायीले नाफाभन्दा उपभोक्ताको स्वास्थ्यलाई प्राथमिकतामा राखेर खाद्य सामग्रीको गुणस्तर तथा स्वच्छता कायम गर्नुपर्ने उनको भनाइ छ ।

खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण कार्यालय धनगढीका नायब प्राविधिक सहायक तोयनाथ ओझाले नगरपालिकाको आह्वानमा नगर क्षेत्रका विभिन्न बजारमा अनुगमन भइरहेको बताए ।

उनका अनुसार अनुगमनका क्रममा म्याद सकिएका मसला, खाद्य तथा पेय पदार्थलगायत सामग्रीसमेत फेला परेका छन् । व्यवसायीलाई खाद्य सामग्रीको स्वच्छता, सरसफाइ र भण्डारणमा विशेष ध्यान दिन तथा अखाद्य वस्तु बिक्री–वितरण नगर्न निर्देशन दिइएको उनले बताए ।

उपभोक्तालाई पनि आफूले खरिद गर्ने सामग्रीको म्याद, लेबल, प्याकेजिङ र गुणस्तर जाँच गरेर मात्र खरिद गर्न आग्रह गरिएको ओझाले बताए ।

बुधबार, असोज १४, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सरकारी अस्पताल वरिपरि निजी स्वास्थ्य संस्था सञ्चालनमा रोक लगाउन ताकेता
दोधारा-चाँदनी झोलुङ्गे पुल चुँडियो
आज यी ६ प्रदेशमा वर्षाको सम्भावना
धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप
धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप
धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

समाचार

सबै

डोटीमा शौचालयमा स्वास्थ्यकर्मी मृत फेला

सदनमा उठ्यो दोधारा चाँदनी झोलुङ्गे पुल क्षतिको विषय

निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने

सरकारी अस्पताल वरिपरि निजी स्वास्थ्य संस्था सञ्चालनमा रोक लगाउन ताकेता

डोटीमा शौचालयमा स्वास्थ्यकर्मी मृत फेला

सदनमा उठ्यो दोधारा चाँदनी झोलुङ्गे पुल क्षतिको विषय

निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने

सरकारी अस्पताल वरिपरि निजी स्वास्थ्य संस्था सञ्चालनमा रोक लगाउन ताकेता

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

  • २.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

  • ३.
    मनोकामना पूरा हुने विश्वास : १०८ फिटे

  • ४.
    कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम

  • ५.
    कैलालीमा जेई खोप अभियान : हालसम्म ६३

  • ६.
    कैलालीमा जेई खोप अभियान : ८६ हजार

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.