धनगढी- नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर– ५ ले ‘टोल–टोलमा नेपाली कांग्रेस’ अभियान सञ्चालन गर्ने भएको छ । बुधवार कैलालीको धनगढीमा बसेको क्षेत्रीय कार्य समितिको बैठकले सो निर्णय गरेको हो ।
नेपाली कांग्रेसले आगामी निर्वाचनलाई लक्षित गरी देशब्यापी संचालन गर्न लागेको ‘जनताको साथमा कांग्रेस’ अभियान अन्तर्गत रहेर क्षेत्रीय समितिले सो अभियान थालनी गरेको नेपाली काँग्रेस कैलाली क्षेत्र नम्बर ५ का क्षेत्रीय सदस्य प्रदिप पाठकले जानकारी दिए । उनका अनुसार क्षेत्रीय कार्य समिति अन्तर्गत रहेका २१ वडाका हरेक टोलमा कांग्रेसले ‘टोल–टोलमा कांग्रेस’ अभियान संचालन गर्ने छ ।
भदौ ११ गतेदेखि सुरु हुने अभियान १५ दिनसम्म संचालन गरिनेछ । सो अभियान संचालन गर्न क्षेत्रीय समितिले क्षेत्रका २१ वटा वडामा प्रतिनिधि समेत खटाएको क्षेत्रीय सदस्य पाठकले बताए । अभियानले क्रममा नेपाली कांग्रेसले गरेको विकास, नीति तथा शिद्धान्त र आगामी मंसिर ४ गते हुने निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई विजय गराउने रणनीति कांग्रेसको छ ।
यस्तै सोह िअभियानले हरेक टोलमा टोल समिति बिस्तार नभएको भए समिति बिस्तार गर्ने र सदस्यता वितरणलाई समेत तीब्रता दिने सभापति क्षेत्रीय भीम पडालले जानकारी दिए । यसअघि नेपाली कांगेस केन्द्रीय कार्य समित र सुदूपश्चिम प्रदेस कार्य समितिले समेत अभियानको लागि प्रतिनिधि खटाइसकेको छ ।














