• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १७ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

सुदूरपश्चिमको बजेट : भौतिक पूर्वाधार,कृषि र पर्यटन प्राथमिकतामा

  •   आइतबार, असार ०३, २०८१ मा प्रकाशित

धनगढी- सुदूरपश्चिम सरकारले आगामी आव २०८१÷८२ का लागि ल्याएको बजेटले भौतिक पूर्वाधार,कृषि,शिक्षा,स्वास्थ्य,पर्यटनलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेको छ ।

शनिबार प्रदेशसभामा आर्थिक मामिलामन्त्री सुरेन्द्रबहादुर पालले प्रस्तुत गरेको बजेटमा उक्त क्षेत्रहरुलाई प्राथकितामा राखेको हो ।
सडक पूर्वाधार, उर्जा, सिँचाई तथा नदी नियन्त्रण, खानेपानी तथा सरसफाई, आवास सहरी विकास तथा भवन निर्माण र यातायात व्यवस्था क्षेत्रको कार्यक्रम कार्यान्वयन गर्न रू. १३ अर्ब ३५ करोड विनियोजन गरिएको मन्त्री पालले बताए ।

प्रदेश गौरव, रणनीतिक महत्व र पालिका केन्द्र जोड्ने सडकको निर्माण, सुदृढीकरण तथा स्तरोन्नति कार्यलाई तीव्रताका साथ सञ्चालन गर्न बजेट विनियोजन गरिएको उनले बताए । सडक तथा सडक पुल पूर्वाधारको विगतको करारिय दायित्व र प्रदेश सरकारको स्रोत सीमिततालाई मध्यनजर गर्दै प्रदेश गौरव र बहुवर्षीय आयोजनाहरूको निर्माण सम्पन्न गर्न बजेटमा विशेष प्राथमिकता दिएको जनाइएको छ ।

प्रदेशको समग्र विकासको लागि मेरूदण्डको रूपमा रहेका रणनीतिक महत्वका खप्तड–मार्तडी, सतबाज–श्रीभावर–हाट, चिसापानी–ऋषिदह–बडिमालिका,दैजी–पोखरा–ढुङ्गाड–बझाङ्ग,खलङ्गा–खार–देथला–पारीबगर– खण्डेश्वरी, दिपायल–साइपाल, सहजपुर–बोगटान–दिपायल, बेलौरी–कलुवापुर– नाइल–बुडर, भजनी–छोटीभन्सार–खेमडी–ठुलीगाड, जयगढ–माष्टाना–रामारोसन र पाटन–पञ्चेश्वर सडक आयोजना निर्माण गर्न पर्याप्त बजेट विनियोजन गरेको मन्त्री पालले बताए ।

हालसम्म पनि सडक सञ्जालसँग नजोडिएका बझाङ्गको साईपाल, बैतडीको सिगास र दार्चुलाको अपि हिमाल गाउँपालिकाको केन्द्र जोड्ने सडकलाई उच्च प्राथमिकता दिई निर्माण कार्य अगाडि बढाउन आवश्यक बजेट विनियोजन गरिनुका साथै सडक सञ्जाल नपुगेका दुर्गम एवम् ग्रामीण क्षेत्रमा आधारभुत सेवालाई सहज र पहुँचयोग्य बनाउन झोलुङ्गे पुल निर्माण कार्यलाई निरन्तरता दिइने बजेटमा उल्लेख छ ।
प्रदेशमा रासायनिक मलको अभावलाई न्यूनीकरण गर्न गैरअनुदानित रासायनिक मलहरू एमोनियम सल्फेट र सिंगल सुपर फस्फेटका लागि रु. ८० लाख, कृषि तथा पशुपन्छी ऋणको व्याज अनुदानका लागि रु. ७ करोड २३ लाख, कृषि यान्त्रीकरणका लागि रु. ४ करोड ३४ लाख विनियोजन गरिएको छ ।

त्यस्तै कृषि अनुदानको प्रभावकारी कार्यान्वयनका लागि उत्पादनमा आधारित प्रोत्साहन अनुदान कार्यक्रम अन्तर्गत स्थानीय रैथाने बाली, सुन्तला,फलफूल, तरकारी, चैते धान, मुङ्ग, प्याज, अदुवा÷बेसार, बहुवर्षीय घाँस, अम्रिसो खेतीका लागि रु. ९ करोड ३५ लाख वित्तीय हस्तान्तरणको रूपमा विनियोजन गरिएको प्रस्तुत बजेटमा उल्लेख छ । कृषिको व्यावसायिकरण तथा सघन उत्पादन र बाली विशेष कार्यक्रम संचालनका लागि प्रत्येक जिल्लामा रु. १ करोडका दरले रु. ९ करोड विनियोजन गरिएको छ । प्रदेशलाई धान, गहुँ तथा मकैको बीउमा आत्मनिर्भर बनाउनका लागि बीउ उत्पादन सहयोग र बिउ प्रशोधन तथा बजारीकरणका लागि रु. ३ करोड २० लाख बजेट विनियोजन गरेको छ । मासु उत्पादनका लागि बाखा, ग्रामीण कुखुरा, कालिज, बंगुर तथा भैँसीपालन कार्यक्रम सञ्चालनका लागि रू. ४४ करोड १२ लाख विनियोजन गरिएको बजेटमा उल्लेख छ ।

सुदूरपश्चिम प्रदेशमा रहेका प्रमुख पर्यटकीय क्षेत्रहरू बडिमालिका, खप्तड, रामारोशन, मालिकार्जुन, गोदावारीधाम, शुक्लाफाँटा, शैलेश्वरी मन्दिर, अपि, सैपाल, बेहडाबाबा, अजयमेरूकोट, महाभारत लेक, बडिकेदार, बैद्यनाथ धाम, भम्केनी धाम, घोडाघोडी ताल, उग्रतारा मन्दिर, शुर्मादवी, टीकापुर पार्क, मेलौली भगवती, त्रिपुरासुन्दरी, गर्भादरबार, सिगास धाम, बतासे झरना लगायतका लागि रु. ८ करोड बजेट विनियोजन गरिएको छ ।

त्यस्तै शिक्षा, स्वास्थ्य, सामाजिक विकास, युवा तथा खेलकूद, भाषा, कला तथा सँस्कृति विकासका लागि रु. ६ अर्व ७४ करोड विनियोजन गरिएको जनाइएको छ ।

  • बजेट
आइतबार, असार ०३, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
भन्सार छलीका सामानसहित तीन जना पक्राउ
रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार
वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १७ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.