• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ९. समृद्ध प्रदेश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

  • १०. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

सुदूरपश्चिमको बजेट : भौतिक पूर्वाधार,कृषि र पर्यटन प्राथमिकतामा

  •   आइतबार, असार ०३, २०८१ मा प्रकाशित

धनगढी- सुदूरपश्चिम सरकारले आगामी आव २०८१÷८२ का लागि ल्याएको बजेटले भौतिक पूर्वाधार,कृषि,शिक्षा,स्वास्थ्य,पर्यटनलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेको छ ।

शनिबार प्रदेशसभामा आर्थिक मामिलामन्त्री सुरेन्द्रबहादुर पालले प्रस्तुत गरेको बजेटमा उक्त क्षेत्रहरुलाई प्राथकितामा राखेको हो ।
सडक पूर्वाधार, उर्जा, सिँचाई तथा नदी नियन्त्रण, खानेपानी तथा सरसफाई, आवास सहरी विकास तथा भवन निर्माण र यातायात व्यवस्था क्षेत्रको कार्यक्रम कार्यान्वयन गर्न रू. १३ अर्ब ३५ करोड विनियोजन गरिएको मन्त्री पालले बताए ।

प्रदेश गौरव, रणनीतिक महत्व र पालिका केन्द्र जोड्ने सडकको निर्माण, सुदृढीकरण तथा स्तरोन्नति कार्यलाई तीव्रताका साथ सञ्चालन गर्न बजेट विनियोजन गरिएको उनले बताए । सडक तथा सडक पुल पूर्वाधारको विगतको करारिय दायित्व र प्रदेश सरकारको स्रोत सीमिततालाई मध्यनजर गर्दै प्रदेश गौरव र बहुवर्षीय आयोजनाहरूको निर्माण सम्पन्न गर्न बजेटमा विशेष प्राथमिकता दिएको जनाइएको छ ।

प्रदेशको समग्र विकासको लागि मेरूदण्डको रूपमा रहेका रणनीतिक महत्वका खप्तड–मार्तडी, सतबाज–श्रीभावर–हाट, चिसापानी–ऋषिदह–बडिमालिका,दैजी–पोखरा–ढुङ्गाड–बझाङ्ग,खलङ्गा–खार–देथला–पारीबगर– खण्डेश्वरी, दिपायल–साइपाल, सहजपुर–बोगटान–दिपायल, बेलौरी–कलुवापुर– नाइल–बुडर, भजनी–छोटीभन्सार–खेमडी–ठुलीगाड, जयगढ–माष्टाना–रामारोसन र पाटन–पञ्चेश्वर सडक आयोजना निर्माण गर्न पर्याप्त बजेट विनियोजन गरेको मन्त्री पालले बताए ।

हालसम्म पनि सडक सञ्जालसँग नजोडिएका बझाङ्गको साईपाल, बैतडीको सिगास र दार्चुलाको अपि हिमाल गाउँपालिकाको केन्द्र जोड्ने सडकलाई उच्च प्राथमिकता दिई निर्माण कार्य अगाडि बढाउन आवश्यक बजेट विनियोजन गरिनुका साथै सडक सञ्जाल नपुगेका दुर्गम एवम् ग्रामीण क्षेत्रमा आधारभुत सेवालाई सहज र पहुँचयोग्य बनाउन झोलुङ्गे पुल निर्माण कार्यलाई निरन्तरता दिइने बजेटमा उल्लेख छ ।
प्रदेशमा रासायनिक मलको अभावलाई न्यूनीकरण गर्न गैरअनुदानित रासायनिक मलहरू एमोनियम सल्फेट र सिंगल सुपर फस्फेटका लागि रु. ८० लाख, कृषि तथा पशुपन्छी ऋणको व्याज अनुदानका लागि रु. ७ करोड २३ लाख, कृषि यान्त्रीकरणका लागि रु. ४ करोड ३४ लाख विनियोजन गरिएको छ ।

त्यस्तै कृषि अनुदानको प्रभावकारी कार्यान्वयनका लागि उत्पादनमा आधारित प्रोत्साहन अनुदान कार्यक्रम अन्तर्गत स्थानीय रैथाने बाली, सुन्तला,फलफूल, तरकारी, चैते धान, मुङ्ग, प्याज, अदुवा÷बेसार, बहुवर्षीय घाँस, अम्रिसो खेतीका लागि रु. ९ करोड ३५ लाख वित्तीय हस्तान्तरणको रूपमा विनियोजन गरिएको प्रस्तुत बजेटमा उल्लेख छ । कृषिको व्यावसायिकरण तथा सघन उत्पादन र बाली विशेष कार्यक्रम संचालनका लागि प्रत्येक जिल्लामा रु. १ करोडका दरले रु. ९ करोड विनियोजन गरिएको छ । प्रदेशलाई धान, गहुँ तथा मकैको बीउमा आत्मनिर्भर बनाउनका लागि बीउ उत्पादन सहयोग र बिउ प्रशोधन तथा बजारीकरणका लागि रु. ३ करोड २० लाख बजेट विनियोजन गरेको छ । मासु उत्पादनका लागि बाखा, ग्रामीण कुखुरा, कालिज, बंगुर तथा भैँसीपालन कार्यक्रम सञ्चालनका लागि रू. ४४ करोड १२ लाख विनियोजन गरिएको बजेटमा उल्लेख छ ।

सुदूरपश्चिम प्रदेशमा रहेका प्रमुख पर्यटकीय क्षेत्रहरू बडिमालिका, खप्तड, रामारोशन, मालिकार्जुन, गोदावारीधाम, शुक्लाफाँटा, शैलेश्वरी मन्दिर, अपि, सैपाल, बेहडाबाबा, अजयमेरूकोट, महाभारत लेक, बडिकेदार, बैद्यनाथ धाम, भम्केनी धाम, घोडाघोडी ताल, उग्रतारा मन्दिर, शुर्मादवी, टीकापुर पार्क, मेलौली भगवती, त्रिपुरासुन्दरी, गर्भादरबार, सिगास धाम, बतासे झरना लगायतका लागि रु. ८ करोड बजेट विनियोजन गरिएको छ ।

त्यस्तै शिक्षा, स्वास्थ्य, सामाजिक विकास, युवा तथा खेलकूद, भाषा, कला तथा सँस्कृति विकासका लागि रु. ६ अर्व ७४ करोड विनियोजन गरिएको जनाइएको छ ।

  • बजेट
आइतबार, असार ०३, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद
लागुऔषधसहित तीन जना पक्राउ

समाचार

सबै

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

विशेष

सबै
गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.