धनगढी– कैलाली उद्योग वाणिज्य संघको टोलीले शुक्रबार उद्योग वाणिज्य संघ इटहरीसंग भेटघाट तथा छलफल गरेको छ । कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरको नेतृत्वको भ्रमण टोली इटहरी पुगेर त्यहाँका पदाधिकारीसहित उद्योगी व्यवसायीसंग भेटघाट तथा छलफल गरेको हो ।
त्यसक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष भीमबहादुर पाैडेलले कैलाली उद्योग वाणिज्य संघसग भेटन पाउँदा निकै खुशी लागेकाे बताए ।
सोही अवसरमा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष कुँवरले इटहरी उद्योग वाणिज्य संघलाई सुदूरपश्चिम भ्रमणको निम्तो दिएका छन्।
कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष कुँवरको नेतृत्वमा ११ सदस्यीय टोली देशका विभिन्न जिल्लाको भ्रमण अवलोकनमा निस्केको छ ।














