धनगढी- डडेल्धुरामा एक नाले भरुवा बन्दुक फेला परेको छ । प्रहरीका अनुसार जिल्लाको अजयमेरु गाउँपालिका–४ देवली जंगलमा बन्दुक फेला परेको हो ।
स्थानीय गोठालाहरुले एक नाले भरुवा बन्दुक रहेको भनि जानकारी गराउना साथ प्रहरी चौकी देवलदिब्यपुरबाट खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा रहेको १ नाले भरुवा बन्दुक फेला पारी बरामद गरेको प्रहरीले जनाएको छ । सो सम्बन्धमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।














