धनगढी- धनगढी उपमहानगरपालिका–८ धनगढी गाँउमा एक बर्ष अघि निर्माण सम्पन्न भएको धनगढी सभागृह प्रयोगविहीन भएको छ । संघीय शहरी विकास तथा भवन निर्माण कार्यालयले करिब ३० करोडको लागतमा निर्माण गरेको उक्त सभागृह अझै प्रयोगमा आउन नसकेको हो । निर्माण सम्पन्न हुँदा पनि धनगढी उपमहानगरपालिकालार्इ हस्तान्तरण गर्न नसकिएको इन्जिनियर सौरभ कलौनीले जानकारी दिए । हस्तान्तरणका लागि कुरा भइरहेको उनले बताए ।
तस्बिर : टंक कुँवर
















