कैलालीको धनगढी उपमहानगरपालिका–१३ स्थित निङ्गलासैनी गुरुकुल संस्कृत विद्यापीठका प्रधानाध्यापक खगेन्द्रराज अवस्थीले विद्यापीठको समग्र अवस्था लगायतका बारेमा कुराकानीमा आधारित विचार प्रस्तुत गरेका छौँ ।
यो विद्यापीठ २०७१ साल पौष १५ गतेबाट स्थापना भएको हो । यस गुरुकुलले टाढाटाढाबाट अनाथ बालककालाई ल्याएर यहाँ निःशुल्क रुपमा पढाइलेखाइ गरेर धार्मिक विद्या,कर्मकाकण्डको माध्यमबाट जीविकोपार्जन गर्न सक्ने बनाउनु हाम्रो उदेश्य हो ।
धर्म बजारमा आन्दोलन गरेर प्राप्त हुँदैन् । धर्म शरीरमा धारण गर्ने चिज हो । धर्म आत्मसाथ गर्ने चिज हो । धर्मलाई आत्मामा आफ्नो शरीरमा धारण गर्न सक्यौ भने राम्रो हुन्छ । हामीले सबैको सहयोगबाट दुरदराजबाट आएका गरिब,असहाय बच्चाहरु यहाँ शिक्षा दिक्षा दिने गरेका छौँ । हामीले कन्या गुरुकुल पनि सञ्चालन गर्न खोजेका थियौँ तर कन्या पाएनौँ ।
जसका आमाबुवा कोही छैन् । जो विद्या नपाएर तड्पिरहेका छन् । उनीहरुलाई धार्मिक विद्याको माध्यमबाट अगाडि बढाउने र हामीले विद्यालय स्तरको पढाइ गर्ने गरेका छौँ । कर्मकाण्ड,ज्योतिष,अंग्रेजी,गणित, सामाजिक, संस्कृत व्याकरण लगायतका बिषय पढाउने गरेका छौँ ।
धर्म संस्कृतिका बिषय पढाएर जसबाट मानवता प्राप्त हुन सक्छ त्यस्ता मानिस उत्पादन गर्ने रुपमा हामीले यो विद्यालय लिएका छौँ । यस विद्यालयलाई सम्पूर्ण धनगढी बासीले तन,मन, धनबाट सहयोग गर्नभएको छ । पुस्तकालय व्यापारीबाट सहयोग भएको छ ।
सबैको सहयोगले शून्य अवस्थाबाट यहाँसम्म आइपुगेका छौँ । फेरि पनि सबैको सहयोगको अपेक्षा गरेका छौँ । हामीसँग केही पनि थिएन् एउटा मन्दिर मात्रै थियो । हामीले विद्यालय भवन पनि बनायौँ । अझै विद्यालय भवनको खाँचो छ । हामीसँग दुरदराजका २६ जना विद्यार्थी छन् । नजिकका थोरै मात्रै विद्यार्थी छन् । ती पनि गरिब छन् । हामीलाई अमेरिकामा रहेका एनआरएनएबाट एक लाख ३२ हजार सहयोग भएको छ । उहाँहरुलाई पनि धन्यबाद दिन चाहान्छु । हाम्रो यहाँ रहेका विभिन्न कोषमा पनि सहयोग गर्नुहुने सहयोदाता,संघसंस्था उपमहानगरपालिकालाई पनि धन्यबाद दिन चाहान्छु ।













