धनगढी- कैलालीको धनगढी उपमहानगरपालिका–१ स्थित लक्ष्मीनारायण मन्दिरले आज श्रीकृष्ण जन्माष्टमी मनाउने भएको छ । हिजो सोमवार तीथीले जन्माष्टमी भएपनि नक्षत्रको कारण मंगलवार श्रीकृष्ण जन्माष्टमी मनाउन थालिएको लक्ष्मीनारायण मन्दिरका कार्यालय सचिव हरिप्रपन्न न्यौपानेले निशाना न्युजलाई जानकारी दिए ।
‘जन्माष्टमी मनाउन तयारी गर्दैछौँ’ उनले भने ‘दिनभर भजनकृतन हुनाको साथै रातीसम्म झाँक्री प्रदर्शन गरिने छ । हिजो सामान्य कार्यक्रम मात्र गरिएको उनले बताए ।
तस्बिर : टंक कुँवर























