धनगढी- प्रहरीले कटुवा पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका–१३ राजपुरका २१ वर्षीय वीरेन्द्र राना रहेका छन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट खटेको प्रहरीको आरआईटी टोलीले रानालाई गोदावरी नगरपालिका–५ गेटास्थित बिस्कुट फ्याक्ट्री नजिकबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराका अनुसार राति शङ्कास्पद् अवस्थामा हिँडिरहेका रानालाई प्रहरीले चेकजाँच गर्दा उनको साथमा कटुवा पेस्तोल भेटिएपछि पक्राउ गरिएको हो । पक्राउ परेका रानालाई इलाका प्रहरी कार्यालय मालाखेती अत्तरियामा राखिएको जनाइएको छ ।













