• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १६ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

श्रमिकको पक्षमा ट्रेड युनियन कांग्रेस

  •   शनिबार, भदौ २२, २०८१ मा प्रकाशित

श्रमिकका क्षेत्रमा क्रियाशील नेपाल ट्रेड युनियन कांग्रेसले हालसम्म के के काम ग¥यो,कस्ता काममा जोड दिइरहेको छ,श्रमिकका क्षेत्रमा के कस्ता काम गर्दै आएको छ भन्नेलगायत विषयमा उक्त संगठनका कैलाली जिल्ला अध्यक्ष सुरतबहादुर स्वाँरको कुराकानीमा अधारित विचार निशाना न्युजले प्रस्तुत गरेको छ ।

आनौपपचारिक क्षेत्रमा काम गर्ने श्रमिक अहिलेसम्म सामाजिक सुरक्षामा पञ्जिकृत नभएको अवस्था छ । राज्यले ४० हजार श्रमिकलाई सामाजिक सुरक्षामा जोड्छौँ भनिरहेको अवस्था छ । स्थानीय तहमा श्रमिकहरुलाई सामाजिक सुरक्षामा जोड्नु प¥यो भनेर ट्रेड युनियन कांग्रेसले भनिरहेको छ । सरकारले तोकेको न्युनतम पारिश्रमिक १७ हजार ३ सय छ । त्यसलाई आधार मानेर त्यसको ६० प्रतिशत ज्यालालाई गणना गरेर आधारभूत कम्तीमा ३१ प्रतिशत रकम सामाजिक सुरक्षा कोषमा जम्मा गर्नुपर्छ भनेर हामीहरुको माग छ । त्यसमा राज्यले २० प्रतिशत योगदान गरिदिनु प¥यो बाँकी ११ प्रतिशत श्रमिकका तर्फबाट योगदान गरेर राज्यको सामाजिक सुरक्षा कोषमा जोडिदिनु प¥यो भन्ने हाम्रो माग हो ।

सामाजिक सुरक्षा कोषले औषधी उपचार,दुर्घटना तथा अशक्त सुरक्षा योजना,आश्रित रोजगारको सुरक्षा योजना बृद्धावस्थाको सुरक्षा योजना गरोस् भन्ने हाम्रो माग हो । अहिलेसम्म पञ्जिकृत भएको छैन् । पञ्जिकृत गर्ने आधार पनि हामीले दिएका छौँ । श्रम सल्लाहकार समितिको बारेमा पनि संसदमा पास नभएर त्यसै थन्किएको अवस्था छ । त्यसलाई छिटोभन्दा छिटो बनाएर जान हाम्रो माग हो । सल्लाहकार समितिमा सबै श्रमिकको छाता संगठन संयुक्त ट्रेड युनियन,सरकारका प्रतिनिधी,सामाजिक सुरक्षाको कोषको प्रतिनिधि भएर श्रममा आइपर्ने समस्या चुनौति,वेरोजगारीको समस्यालाई कसरी समाधान गर्ने भनेर अगाडि जान सकिन्छ । यसलाई छिटो गराइदिन प¥यो भन्ने हाम्रो माग छ ।
ट्रेड युनियन कांग्रेस कैलाली सदैव श्रमिकको पक्षमा छ । हामीले रोजगारदाता र श्रमिकको बीचमा समन्वयकारी भूमिका पनि खेलिरहेका छौँ । यहाँका थुप्रै अस्पतालहरुमा काम गर्ने सयौँ श्रमिकलाई न्युनतम पारिश्रमिक नदिएर काम लगाइएको अवस्था छ । उनीहरुलाई पञ्जिकृत गराइएको छैन् । कमसेकम श्रम गराउने संस्थाले १० प्रतिशत योगदान गरिदिनु पर्छ भन्ने हाम्रो माग छ ।

राज्यले यो क्षेत्रमा थुप्रै लगानी गरेको भएपनि हामीले श्रमिकसम्म पुगेको भेटाएका छैनौँ । सरकारले सीपमूलक तालिममा करोडौँ पैसा खर्च गरेको हुन्छ । केही महिना अगाडि धनगढीमा भएको श्रमाधान रोजगार मेलामा थुप्रै सीप सिकेकाहरुको कागज पत्र आएको छ । उनीहरुलाई रोजगार दिने भनेको थियो । खै अहिलेसम्म भएको छैन् । सीप सिकेका थुप्रै युवा विदेश पलायन भइरहेका छन् । नेपाल ट्रेड युनियन कांग्रेस कैलालीले शिक्षाको क्षेत्रमा मुक्त कमैया शिविरहरुमा जापानको श्रमिक संगठनको सहयोगमा २०५२ सालबाट एउटा विद्यालय चलाएको छ । जसमा मुक्त कमैया,दलित वर्गका छोराछोरी ५० जनालाई निुशल्क शिक्षा दिइरहेका छौँ ।

हाल त्यो विद्यालय मनेहराको मुक्त कमैया शिविरमा सञ्चालनमा छ । त्यो अनौपचारिक शिक्षा हो । त्यसमा हामीले ३ वर्षसम्म पढाएर त्यसपछि सरकारी विद्यालयमा भर्ना गर्ने गरेका छौँ । सीप सिकेर नेपालमै युवाहरुले केही गर्न सक्ने गरि सोही संस्थाले हामीलाई सीपमूलक कार्यक्रम दिएको छ । सन् २०२० देखि सञ्चालनमा छ । हामीले यसमा सन् २०२० मा ४० जना किसानलाई १५ दिन बेमौसमी तरकारी खेती तालिम दिएका थियौँ ।

सन् २०२१ मा हाउस वायरिङ र वंगुरपालन तालिम सञ्चालन ग¥यौँ । सन् २०२२ मा मुक्त कमैया शिविरका महिलालाई तीन महिने सिलाईकटाई तालिम दिएर मेसिनसम्म उपलब्ध गरायौँ । अहिले उनीहरु आफ्नो घरमा सिलाईकटाई गरेर स्वरोजगार भएका छन् । अव हामी लगतै थारु समुदायमा युवालाई स्वरोजगार बनाउन कपाल काट्ने तालिम दिने तयारीमा छौँ । धनगढी–१७ का २० जना किसानलाई बेमौसमी तरकारी खेती तालिम दिइरहेका छौँ । हामीले विदेश जाने युवालाई स्वदेशमै आत्मनिर्भर भएर काम गर्नका लागि विभिन्न कार्यक्रम गरिरहेका छौँ ।

सरकारलाई हामीले युवालाई स्वरोजगार बनाउने काममा सहयोगका लागि अपील गर्दा अहिलेसम्म संघ,प्रदेश सरकार कहीँबाट पनि सहयोग प्राप्त भएको छैन् । स्थानीय सरकारलाई पनि आग्रह गरिरहेका छौँ ।

यो नेपाली कांग्रेस निकट संस्थाको हो । नेपाली कांग्रेस जनताको साथमा रहँदै आएको पार्टी हो । नेपाल ट्रेड युनियन कांग्रेसले प्रत्येक श्रमिकको हकहितको लागि काम गरिरहेको छ । २०४८ सालबाट यातायात र अनौपचारिक क्षेत्रका ८/१० जनाबाट सुरु गरेको यो संस्थाका यहाँ करिब ९ हजार साधारण सदस्य छन् । भर्खरै विधान संशोधन गरेर स्थानीय स्तरसम्म कार्यसमिति बनेको छ । हामीले यसलाई विस्तार गर्दै लगेका छौँ । श्रमिकको सम्बन्धमा थुप्रै जनचेतनामुलक कार्यक्रम गरिरहेका छौँ । बाल श्रमिक,मुक्त कमैया शिविरमा बस्नेहरुको रोजगारीको अवस्थाको पनि तथ्यांक लिने काम जारी राखेका छौँ ।

  • ट्रेड युनियन कांग्रेस
शनिबार, भदौ २२, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार
वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन
कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १६ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.