धनगढी आसपासका क्षेत्रमा विद्युत कटौतीले नागरिकहरु आक्रान्त हुने गरेका छन् । पटकपटक बिद्युत जानुका कारण समाधानका उपायलगायतका बिषयमा नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रका सहायक इन्जिनियर ललितबहादुर चन्दसँग सोधेका छौँ । उनको भनाइ जस्ताको त्यस्तै निशाना न्युजले प्रस्तुत गरेको छ ।
विद्युतको समस्याको बारेमा भन्दा निर्माण कार्य पनि भइरहेको र बेलाबेलामा मर्मतलगायतका काम भइरहने भएकाले कुनैकनै बेला बत्ति जाने गरेको छ । एक दिन ३३ केभीको राति तार टुट्दा दुई घण्टा बत्ति गयो । त्यही बेला सवस्टेशनमा आगलागी भएको थियो त्यसबेला पनि एक घण्टा गयो । मुख्य भनेको मर्मत सम्भार गर्न तथा लाइन निर्माण गर्न कुनै बेला कुनैकुनै मिटर सटडाउन गर्नुपर्ने हुन्छ त्यसबेला बत्ती गइरहेको हुन्छ ।
कुनैबेला सिस्टम पनि जान्छ । सिस्टम रिकभर हुँदा आधा एक घण्टामा बत्ती आइनै हाल्छ । लाइन कहिले काहीँ लाइन सुधार गर्नका लागि लाइन काटिन्छ । अहिले पनि लाइन सुधारका लागि टेन्डर भएको छ । हसुलिया फिडरमा लाइन सुधारका लागि काम गर्दैछौँ । अन्य ठाउँमा पनि पोल बाङ्गो भएको तारको समस्या भएको छ भने त्यस्तो बेला १५/२० मिनेट देखि आधा घण्टासम्म बत्ती जान्छ । हावाहुरी आउँदा पानी पर्दा कहिले काहीँ समस्या आउँछ । रुखहरुले समस्या गरेको ठाउँमा रुख हटाउने हामीलाई अनुमति हुँदैन् । हाँगाविगा मात्रै काटेर लाइन सञ्चालन गछौँ । त्यो प्रत्येक वर्ष हुन्छ ।
पानी परेको बेला हावाहुरी आएका बेला कहिले काहीँ आएको समस्या समाधानका लागि यहाँबाट कर्मचारी खटाएर समस्या समाधान गर्ने गरेका छौँ । ठाउँठाउँ फिडर हेरेर लाइन सुदृढीकरण गर्दैछौँ । जहाँ बढी रुख छन त्यहाँ कभर्ट केबल हाल्ने योजना बनेको छ । यसपटक ५२ किलेमिटरमा कन्डक्टर अपग्रेडिङ र अभर्ट केबल हाल्ने काम चालु छ ।
खासमा त्यति समस्या छैन् । लाइन मेन्टेनेन्स गर्न,निर्माण गर्न र कन्डक्टर अपग्रेड गर्न सटडाउन लिनुपर्ने स्थिति छ त्यो भएर कुनै बेला डिस्टर्ब भइरहेको हुन्छ । यहाँ त्यति समस्या छैन् । कहिले काहीँ ३३ केभी लाइन टुटेर चार÷पाँच चोटी त्यसले पनि डिस्टर्ब भयो । अत्तरिया तिर ३३ केभी लाइनमा बकुल्लाहरु उडेर लाईनमा ठोकिदा डिस्टर्ब भएको पनि पाइयो । यहीँ राजपुर बोराडाँडीको बीचमा ३३ केभी लाइनमा चराको गुड हुँदा सर्प गएर पनि २ चोटी डिस्टर्ब गरिदियो । त्यसरी ६/७ चोटी मेनलाइनमा डिस्टर्ब भएको हो ।
विद्युत कटौती हुनबाट रोकिने दीर्घकालीन समस्या समाधान तारलाई अन्डरग्राउण्ड गर्नु नै हो । पोलबाट विद्युत आपुर्तिले समस्या आइराख्छ । यसको सुरुवात काठमाण्डौँबाट भएको छ । यहाँ सुदूरपश्चिममा सुरुवात गर्न धेरै समय लाग्छ । चाहे भने नहुने पनि हुँदैन् । सरकारले चाहानु प¥योे । पोल पूर्णरुपमा हटाउन आवश्यक छ । पोलबाट विद्युत आपूर्ति हुँदा हावाहुरीले पोलमा रुख ढल्दा समस्या हुन्छ ।














