• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १५ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • ९. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको सर्वत्र असर

  •   आइतबार, भदौ ३०, २०८१ मा प्रकाशित

धनगढी- विनियोजन ऐनको अभावमा सुदूरपश्चिम प्रदेश सरकारले दुई महिनादेखि खर्च गर्न नपाउँदा त्यसको असर सर्बत्र देखिन थालेको छ ।
सामान्य प्रशासनिक खर्च उधारोमा चलाइरहेको सरकारले कार्यक्रम तथा योजनामा खर्च गर्न नपाउँदा कृषि, स्वास्थ्य, पूर्वाधार विकास, सुशासन, शिक्षा र आन्तरिका प्रशासनमा असार परेको छ ।

प्रदेश सरकार मातहतको कृषि ज्ञान केन्द्र बाजुराले हरेक वर्ष बाजुराको हिमाली भेगमा उत्पादन भएको स्याउ निर्यात गर्न किसानलाई अनुदान दिँदै आएको थियो । तर, यस वर्ष प्रदेश सरकारले बजेट ल्याउन नसक्दा बाजुराको स्याउ निर्यात प्रभावित भएको छ । साउन १ गतेदेखि नै बजेट आउँदा साउन–भदौमा तयारी गरी ज्ञान केन्द्रले किसानलाई ढुवानीमा अनुदान दिएपछि बाजुराको स्याउ धनगढी, नेपालगञ्ज हुँदै काठमाडौंसम्म पुग्थ्यो । तर, यो वर्ष सरकारबाट कुनै किसिमको सहयोग प्राप्त नभएपछि बारीमै स्याउ कुहिन थालेको स्यामीकार्तिक गाउँपालिकाका किसान प्रेम कट्टेलले बताए । ‘यस वर्ष बजेट पारित नभएको हुँदा ज्ञान केन्द्रबाट कुनै सहयोग भएको छैन,’ उनले कारोबारसँग भने, ‘किसान मिलेर हालसम्म सात ट्रक स्याउ तराई पठायौं । तर, बाटो खराब भएकाले सुर्खेतमै बेचेर फर्किनुपर्‍यो ।’

बाजुराकै किसान सहवीर विकले माथिल्लो भेगको स्याउ पनि टिप्ने बेला भइसक्दा समेत प्रदेश सरकारको बजेट नआउँदा निर्यातमा सहयोग पुग्ने अपेक्षा नरहेको बताए । कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख भूमि उपाध्यायले भने असोज पहिलो सातासम्म बजेट आए ज्ञान केन्द्रले दशैंलाई लक्षित गरी निर्यात हुने स्याउको ढुवानीमा अनुदान दिन सक्ने अपेक्षा व्यक्त गरे । ज्ञान केन्द्रको वार्षिक कार्यक्रममा स्याउलगायत बाजुरामा उत्पादन हुने कृषि उपज निर्यातका लागि ढुवानीमा अनुदान दिन बजेट राखिएको छ । तर, बजेट पारित नभएको हुँदा यस वर्ष स्याउ ढुवानीमा किसानलाई सहयोग गर्न नसकिएको उनको भनाइ छ । प्रदेश सरकारले पुनर्लेखन गरेको बजेटमा समेत सो कार्यक्रम राखिएको उपाध्यायले जानकारी दिए ।

यसैगरी, बजेट शून्यताको असर स्वास्थ्य क्षेत्रमा पनि देखिन थालेको छ । प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र धनगढीका अनुसार अघिल्लो आर्थिक वर्षमा स्टक राखिएका स्वास्थ्य सामग्री र औषधी अहिलेसम्म प्रयोग भइरहेका छन् । केन्द्रका प्रमुख डा। निरज अर्यालले बजेट आउन ढिलो भएका कारण ती सामग्री र औषधी खरिद गर्ने प्रक्रिया सुरु हुन नसक्दा अभाव हुने स्थिति पैदा भएको बताए । ‘दिनदिनै औषधी प्रयोग हुँदैछ । तत्कालै ठूलो अभाव भइहाल्दैन । तर, हामी सहज अवस्थामा छैनौं । केही आधारभूत सामग्री र औषधी अभाव हुन सक्छ,’ उनले भने ।

स्वास्थ्य संस्थामा प्रयोग हुने आधारभूत सामग्रीहरु, एन्टिबायोटिक औषधि, डेलिभरी गर्न चाहिने औषधी आदि अभाव हुन सक्ने अवस्था रहेको डा। अर्यालले बताए । ‘बजेट पारित हुनेबित्तिकै खर्च गर्न पाइँदैन । बजेट पुस्तिका कार्यालयलाई प्राप्त भइसकेपछि पिएलएमबिपिएस पनि खुल्नुपर्छ,’ उनले भने, ‘बजेट पुस्तिका मन्त्रालयबाट सदर गराएर मात्रै हामी खर्च गर्ने प्रक्रिया सुरु गर्न पाउँछौं । यसले एक महिना समय लिन्छ । एक महिनामा दशैं आउँछ । दशैंतिहारको बेला काम हुँदैन । तरपनि हामी इमरजेन्सी नपरोस् भनेर सचेत छौं ।’

बजेट नआउँदा असर परेका यी दुई क्षेत्रका उदाहरणमात्र हुन् । यीजस्तै कृषि, स्वास्थ्य, पूर्वाधार विकास लगायत सबै क्षेत्रमा बजेट शून्यताको असर परेको छ । चाडपर्वमा समेत प्रदेश सरकारका कर्मचारी र पदाधिकारीले पारिश्रमिक पाउन सकेका छैनन् । साउनमै बजेट खर्च गर्ने तयारी गरी हिउँदे तरकारी, आलु पकेट क्षेत्र, च्याउ खेती लगायतका कार्यक्रम गर्न सूचना प्रकाशित गरिसक्नुपर्ने बेलासम्म प्रदेश सरकारले बजेट ल्याएको छैन । यी कार्यक्रम कार्यान्वयन गर्न ढिलो हुन थालेको कृषि मन्त्रालयका एक कर्मचारीले बताए । अझै दुई सातासम्म बजेट आउन नसके हिउँदे तरकारी, आलु पकेट कार्यक्रम, च्याउखेती, तेहलन खेती लगायतका लागि विनियोजित बजेट कार्यान्वयन हुन नसक्ने अवस्था आउने उनको भनाइ छ ।

यसैगरी, बहुवर्षीय ठेक्का लगाइसकिएका पूर्वाधार विकास योजनाहरु पनि अलपत्र पर्न थालेका छन् । ठेक्का लगाइएका योजनामा बजेट पर्ने–नपर्ने निश्चित नभएकाले निर्माण व्यवसायीहरु ती योजनामा काम गर्ने या नगर्ने अन्योलमा छन् । धनगढीका एक निर्माण व्यवसायीले बजेट पर्ने निश्चित रहेको योजना कार्यान्वयन गर्न कार्यालयले भने पनि बजेट नपरेसम्म काम गर्दा जोखिम हुने बताए । ‘सरकारी योजनामा काम गरेको गत वर्षको समेत भुक्तानी प्राप्त भइसकेको छैन,’ ती निर्माण व्यवसायीले भने, ‘यो वर्ष पनि थप काम गर्ने हो भने त्यसको भुक्तानी नपाउन सक्ने खतरा छ । काम नगरे सरकारी कार्यालयले पटक–पटक काम गर्न ताकेता गर्छ । पब्लिकले पनि आलोचना गर्छन् ।’

भौतिक पूर्वाधार विकास मन्त्रालयका एक अधिकारीका अनुसार बजेट समयमा आउन नसक्दा बहुवर्षीय ठेक्का भएको र क्रमागत योजनामा निर्माण व्यवसायीले काम गर्ने वातावरण बन्न सकेको छैन । गरेको कामको भुक्तानी पाउने सुनिश्चित हुन नसक्दा निर्माण व्यवसायीहरुले बर्खा लागेको र निर्माण सामग्री उठाउन नपाएको बहानामा काम आलटाल गरिहेको उनले बताए ।
बजेट निर्माणका लागि अगाडि सारिएका चार आधार पूरा गरी परिमार्जन गर्दा ढिला भएको मुख्यमन्त्री कमलबहादुर शाहको दाबी छ । सबै मन्त्रालयबाट बजेट परिमार्जन भई आर्थिक मामिला मन्त्रालयमा आइसकेको र आर्थिकले विषयगत मन्त्रालयको कार्यक्रम र बजेट पुनरावलोकन गरिरहेको उनले बताएका छन् । मन्त्रिपरिषद्को आइतबारको बैठकले सोमबार प्रदेश सभामा बजेट प्रस्तुत गर्न स्वीकृति दिएको छ ।
प्रदेश सरकारले २५ लाखभन्दा कमको बजेट कार्यान्वयन नगर्ने, यस्ता योजना राख्नैपर्ने अवस्थामा स्थानीय तहलाई सशर्त हस्तान्तरण गर्ने, व्यक्ति, समूह, संस्था, निजी फर्म, कम्पनी र सहकारीलाई सोझै बजेट दिने गरी विनियोजन नगर्ने र प्रदेश सरकारबाट कार्यान्वयन हुने कुनै पनि योजना उपभोक्ता समितिमार्फत कार्यान्वयन नगर्ने चार आधार तय गरेको छ । मुख्यमन्त्री शाहका अनुसार बजेटमा मागबमोजिम २५ लाखभन्दा कमको योजना पनि समेटिन्छ । तर, कार्यान्वयन स्थानीय तहले गर्छन् ।

एउटा जिल्लामा एउटै प्रकृतिका २५ लाखभन्दा कमको धेरै योजना भएर एक करोडभन्दा बढी बजेटको हुने भए प्याकेज बनाएर प्रदेश सरकारले टेण्डर आह्वान गरी कार्यान्वयन गर्न सक्ने उनले बताए । प्रदेश सरकारले अब ल्याउने बजेटमा सांसदलाई रातो किताबै तोकेर बजेट दिन नसके पनि उनीहरुले सिफारिस गरेका योजनाहरु समेट्ने उनले जानकारी दिए । प्रदेश सरकारले समानुपातिक सांसदलाई दुई करोड र प्रत्यक्ष सांसदलाई चार करोडका योजना सिफारिस गर्न निर्देशन दिएको थियो । सांसदहरुले योजनाहरु विषयगत मन्त्रालयमा बुझाइसकेका छन् ।

तत्कालीन प्रदेश सरकारले गत असार १ मा ३१ अर्ब ६२ करोड ९८ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको थियो । बजेटमाथि छलफल सुरु नहुँदै एमालेले सरकार छोडेकाले प्रदेश सरकार अल्पमतमा परेको थियो । यो बजेट फिर्ता लिएर अर्को बजेटको तयारी गरिरहेको प्रदेश सरकारले प्रस्तुत बजेटभन्दा घटाएर बजेट ल्याउने मुख्यमन्त्री शाहले बताए । अघिल्लो बजेट अनुमानको आधारमा भएकाले परिमार्जन गरी यथार्थ बजेट ल्याउने तयारी गरेको उनले दाबी गरे । प्रदेश सरकारले प्रदेश सभामा विचाराधीन रहेको बजेट फिर्ता लिइसकेको छ । अर्को बजेट प्रस्तुत गर्नुभन्दा एक दिनपहिले विचाराधीन बजेट फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था रहेको प्रदेश सभा सचिवालयका प्रवक्ता तेजप्रकाश जोशीले बताए ।

  • सुदूरपश्चिम प्रदेश
आइतबार, भदौ ३०, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद

समाचार

सबै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १५ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.