• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • २. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • ३. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ६. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ७. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ८. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • ९. चालकको लापरबाहीका कारण सवारी दुर्घटना बढ्दै

  • १०. गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल

सेती अस्पतालले डेलिभरी सिस्टमलाई डिजिटलाइजेशन गर्ने

"स्तरोन्नतिका लागि प्रयास गर्दै अस्पताल "
  •   बुधबार, असोज ०२, २०८१ मा प्रकाशित

सुदूरपश्चिम प्रदेशको रेफरल अस्पतालको रुपमा रहेको कैलालीको धनगढी स्थित सेती प्रादेशिक अस्पतालले बिरामीलाई दिइरहेका सेवा,अस्पतालको अवस्था,समस्यालगायतका बिषयमा अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.शेरबहादुर कमरसँग निशाना न्युजका लागि टंक कुँवरले गरेको कुराकानी  प्रस्तुत गरिएको छ ।

सेती प्रादेशिक अस्पताल स्थापना भएको करिक ८५ वर्ष भएको छ । आधारभूत स्वास्थ्य सेवा आकस्मिक सेवा,विशेषज्ञ सेवा र विशिष्टकृत सेवा गरेर चार किसिमको सेवा दिन्छौँ । यी सेवाहरु आपिडी,इमर्जेन्सी,वार्ड,आइसीयुलगायत विभिन्न क्लिनिक मार्फत दिन्छौँ । वार्षिक करिब करिब २ लाख २५ हजार जति बिरामी ओपिडीमा आउनले गरेका छन् । दैनिक १२ सय सम्म ओपिडी सेवा लिन आउछन् । साउन भदौको दुई महिना बिरामीको चाप बढ्छ ।

वार्षिक २० हजारको हाराहारीमा भर्ना गरेर उपचार गर्ने बिरामी हुन्छन् । वर्षमा सामान्य अप्रेसन ४ हजार र डेलिभरी अप्रेशन दुई हजार हुन्छ । विशिष्टकृतमा चाहिँ डायलासिस छ । मृगौला सम्बन्धी,न्युरो सर्जरी,मुटुरोगको विशिष्टीकृत सेवा दिइरहेका छौँ । त्यसबाहेक गरिब,असहाय बिरामीलाई सामाजिक सेवा इकाईबाट निःशुल्क उपचार गरिरहेका छौँ । वार्षिक २० हजार जति बिरामीले सामाजिक सेवा इकाईबाट सेवा लिन्छन् । सेतीमा डाइग्नास्टिक रोगहरु पत्ता लगाउनका लागि आधुनिक उपकरण एमआरआइ ५/६ महिनादेखि सुरु भएको छ ।
सिटीस्क्यान,अल्ट्रासाउण्ड,एक्सरे सेवा छ । ल्याबमा एकदेखि दुई लाख जनाले ल्याब सेवा लिनुहुन्छ । स्पेशल क्लिनिकहरुमा टिबी,एचआइभी,लेप्रोसि (कुष्ठ रोग),हात्तिपाइले रोगको लागि छुट्टै छ । यसरी छुट्टैछुट्टै क्लिनिकबाट सेवा दिइरहेका छौँ ।

पोष्टमार्डम सेवा पनि हामीले दिइरहेका छौँ । समग्रमा भन्दाखेरी प्रादेशिक अस्पताल ५० शय्याको स्वीकृति हो ७५ बेट समितिको गरेर १ सय २५ बेड लिखितरुपमा आधिकारिक छ भने बिरामीको चापको आधारमा आधारभूत सेवा दिन यति बेडले अपुग भएकाले उपचारबाट बञ्चित नहुन भन्नका लागि ३ सय बढी बेडमा भर्ना गरेर उपचार दिइरहेका छौँ ।

यो प्रदेश सरकार अन्तरगतको अस्पताल भएकाले आर्थिक कुरामा प्रदेश सरकारबाट नै कार्यक्रमहरुका लागि बजेट आउँछ । धेरै जसो विकास समितिको आन्तरिक स्रोत परिचालन गर्ने गरेका छौँ । प्रायजसो सबै प्रकारका बिरामी आउनुहुन्छ । सर्ने,नसर्ने,जन्मजात गरेर हामी तीन भागमा बर्गिकरण गर्छौँ । सर्ने रोगहरु सिजन अनुसारको हुन्छ । गर्मीमा झाडा पाखाला,डेंगी,इन्सेफ्लाटिस,मलेरिया,निमोनिया,जोटिकक रोग (जनावरको टोकाइबाट हुने) रेबिज,सर्पदंशका बिरामी बढि आउछन् । नसर्ने रोगमा उच्च रक्तचाप,मधुमेह दम,मुटुरोग,मस्तिस्क,प्यारालाइसिस,हड्डि सम्बन्धि रोगहरु हुन्छन् ।

विशेषज्ञताको हिसाबले पनि रोगहरु फरकफरक हुन्छन् । त्यस्तै बालरोग,महिला सम्बन्धी रोगहरु,पाठेघर सम्बन्धी,रगत सम्बन्धी रोगहरु हुन्छन् । यसरी रोगलाई बर्गिकरण गर्दाखेरी विशेषज्ञताको हिसावले हामी कहाँ १२ वटा रोगको विशेषज्ञता छ । जस्तै : मुटु रोग,किड्नी,श्वासप्रश्वास सम्बन्धी,मानसिक,हाडजोर्नी,गाइनोक्लोजी,बालरोग लगायतका विशेषज्ञ सेवा छन् ।

यहाँ आउने बिरामीलाई हामीकहाँ हुने उपचार गरेर पठाउँछौँ । जनशक्तिको हिसावले बिरामीको चाप बढी भएकाले आउने बित्तिकै उपचार सेवा दिन नसके केही समय कुर्नुपर्ने हुन्छ । बिरामीको गुनासो भनेको आउने बित्तिकै सेवा पाएन,केही समय कुर्नु प¥यो भीडभाड भयो भन्ने आउछ । त्यो देशभरीकै समस्या हो,तत्काल हटाउन सकिदैन । अप्रेशन गर्ने पनि जनशक्ति,पूर्वाधार र बजेट पर्याप्त छैन् । जसले गर्दा अप्रेशनको सूचि अलिकति लामो छ । तैपनि हामीले त्यसलाई हटाउने कोसिस गरिहेका छौँ । गत वर्षको तुलनामा यसपाली अप्रशनको संख्या बढाएका छौँ । सरसफाइ भएन भन्ने गुनासो हुन्छ । त्यसलाई पनि धेरै हदसम्म कम गरेका छौँ ।

अस्पतालको थप सुधारका लागि चारपाँच वटा कुरामा ध्यान दिनु पर्ने हुन्छ । जीर्ण भवन छन् । यसलाई नयाँ बनाउने पर्ने । नया भवन हस्तान्तरण भएपछि त्यसमा सार्ने योजना छ । स्तरान्नतिका लागि पनि हामीले धेरै प्रयास गरिहेका छौँ । अन्य थप सेवाहरु पोलेको बिरामीलाई छुट्टै वार्ड बनाएर त्यो अनुसार उपचार गर्ने योजना छ । नियमित भइरहेका कामहरुलाई स्तरोन्नति गर्ने,डेलिभरी सिस्टमलाई डिजिटलाइजेशन गर्ने जस्ता कुरालाई हामीले यो वर्ष फोकस गरेका छौँ ।

बिरामी गुनासो चिकित्सक स्वास्थ्यकर्मीबाट समय पाउन गाह्रो हुन्छ भन्नेछ । त्यसमा स्वास्थ्यकर्मीले पनि ध्यान दिनुपर्ने छ । लैङ्गिक हिंसामा परेकालाई परामर्श दिन छुट्टै जनशक्ति राखेका छौँ । परामर्श पनि रोग अनुसार फरकफरक हुन्छ । एचआइभीको बिरामीलाई छुट्टै परामर्श सेवा छ । दीर्घरोगका विरामीलाई हामीले डिस्चार्ज गर्ने बेलामा परामर्श दिन्छौँ । हाम्रो क्षमताले भ्याएसम्म परामर्श दिने गरेका छौँ ।
प्रदेश सरकारबाट बिरामीको चाप अनुसार ओएनएम भएर दरबन्दी स्वीकृत भएको छैन् । अहिले हामीले ३ सय बढी बेच चलाइरहेका छौँ । त्यसका लागि संघीय मापदण्ड अनुसार करिब ७ सय जनशक्ति चाहिन्छ । अहिले हामी ३ सय ८० जनाले सेवा दिइरहेका छौँ ।

 

  • सेती
बुधबार, असोज ०२, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी जवानले मृत फेला
धनगढीमा युवती मृत्यु प्रकरण : ५ जनाविरुद्ध किटानी जाहेरी,श्रीमान पक्राउ
भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह
देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प
सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह
सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का

समाचार

सबै

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी जवानले मृत फेला

धनगढीमा युवती मृत्यु प्रकरण : ५ जनाविरुद्ध किटानी जाहेरी,श्रीमान पक्राउ

भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी जवानले मृत फेला

धनगढीमा युवती मृत्यु प्रकरण : ५ जनाविरुद्ध किटानी जाहेरी,श्रीमान पक्राउ

भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे

  • २.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • ३.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

  • ६.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.