• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • २. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • ३. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ६. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ७. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ८. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • ९. चालकको लापरबाहीका कारण सवारी दुर्घटना बढ्दै

  • १०. गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल

बजेट भन्दा खर्च बढीका कारण सोचे अनुसारको बिकास गर्न कठिन छ :अध्यक्ष बोगटी

  •   मङ्गलबार, असोज २२, २०८१ मा प्रकाशित

कैलालीको पहाडी क्षेत्रमा पर्ने चुरे गाउँपालिकाले पछिल्लो समय कृषि क्षेत्रलाई प्राथमिकता दिएर काम गरिरहेको छ । पालिकाले कृषिमा आत्मनिर्भर बनाउन किसानलाई विभिन्न कार्यक्रममार्फत सहयोग पनि गर्दै आएको छ । पछिल्लो समय गाउँपालिकाले के कस्ता काम गरिहेको छ,कृषि,शिक्षा,स्वास्थ्यलगायतको क्षेत्रमा के काम गरिहेको छ भन्ने बारेमा गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटीसँग निशाना न्युजका लागि टंक कुँवरले गरेको कुराकानी प्रस्तुत गरिएको छ………..

तपाई अध्यक्ष भएर आइसकेपछि गरेका मुख्य काम केके छन् ?
स्वास्थ्यका क्षेत्रमा भन्ने हो भने हामीले दुई वटा एम्बुलेन्सबाट निःशुल्क सेवा दिने गरेका छौँ । पहिला एम्बुलेन्स सेवाको भाडा लिने गरेको थियो । जेष्ठ नागरिक,असहाय,एकल महिला,गर्भवतीलाई एम्बुलेन्स सेवा निःशुल्क ग¥यौँ ।
एचआइभी संक्रमितको विवरण थिएन् त्यो संकलन ग¥योँ । संक्रमितलाई पोसिलो खानेकुरा खानका लागि मासिक एक हजार भत्ताको व्यवस्था गरेका छौँ । वडा नं. २ र ४ मा स्वास्थ्यको भवन थिएन् । वडा नं. २ मा बनिसक्यो,४ मा बन्दैछ । प्रदेश सरकारले बनाएका बर्थिङ सेन्टरहरु चुहिरहेका थिए । ढलान गरेर नचुहिने बनायौँ । उपाध्यक्षसँग सुत्केरी स्याहार कार्यक्रम सञ्चालन,अध्यक्षसँग जोडेर जेष्ठ नागरिक स्वास्थ्य शिविर कार्यक्रम गरेर धेरैका आँखाको अप्रेशन पनि निशुल्क गरायौँ । चुरे गाउँपालिकाले स्वास्थ्यको क्षेत्रमा प्रगति गरिरहेको छ ।
तीन वटा नेपाल सरकार र ६ वटा स्वास्थ्य संस्था पालिकाले सञ्चालन गरेको छ । संघीय सरकारले सञ्चालन गरेका स्वास्थ्य संस्थामा पनि ल्यावका कर्मचारी,कार्यालय सहयोगीको व्यवस्था गाउँपालिकाले गरेको छ । भौगोलिका हिसाबले बिकट क्षेत्र भएपनि जनतालाई आधारभूत स्वास्थ्य सेवा दिने काम गरेका छौँ ।
बिदेशिने युवालाई रोक्नका लागि स्वरोजगार बनाउन केही काम गर्नुभएको छ ?
त्यस्तो त केही छैन् । हामीले कृषि क्षेत्रलाई प्राथमितामा राखेका छौँ । त्यस्तो काम त प्रदेश सरकार,संघ सरकारले गर्नुपर्ने हो । बजेट दिदैनन् । तलब खाने बजेट पनि नपुग्ने स्थिति छ । गाउँपालिकामा आफ्नो आम्दानीको स्रोत छैन् । संघ प्रदेश सरकारले रणनीति कार्यनीति बनाएर लागू गर्नुपर्ने हो । हाम्रो प्रशासनिक खर्च,कार्यक्रम पालिकाको सबै व्यवस्थापन गर्दा ३० करोड खर्च हुन्छ बजेट २० करोड छ ।
संघ सरकारले सशर्त भनेर बजेट दिन्छ । कार्यक्रम तोकेर २३ करोड बजेट दिन्छ । त्यसलाई के गन्ने । प्रदेशले पनि लादेरै योजना हाल्छ त्यसलाई पनि के गन्ने । हाम्रो आफ्नो आयस्रोत छैन् । त्यही पनि हामीले ‘एउटा गाउँ एउटा उत्पादन’ भन्ने नारासहित कृषिमा नै आत्मनिर्भर हुनुपर्छ भनेर बेमौषमी तरकारी खेती,सुन्तला,किवी खेतीको कार्यक्रम गरिहेको छौँ । प्रत्येक वडामा हामीले एक÷एक जना भेटेरीनरी र कृषि प्राविधिक राखेका छौँ ।
कृषिमा आधुनिकीकरण गर्नुपर्छ भनेर लागेका छौँ । उद्योगधन्दा,कलकारखाना केही पनि छैन् । व्यवसायिकरुपमा कृषि कार्य गर्दा राम्रो आम्दानी हुन्छ भनेर त्यतैतिर जोड दिएका छौँ । ३० लाख बजेट विनियोज गरेर किसानलाई निःशुल्क बोटबिरुवा दिने भनेर हामी नर्सरी स्थापना गर्दै छौँ । बीउविनदेखि लिएर चम्फा ट्रयाक्टर दिने,बाख्राका खोर सुधारका लागि बजेट दिने,गड्यौला मल,झोल मल बनाउने,तालिम दिन देखि थुप्रै काम हामीले गरिरहेका छौँ ।
कृषिमा आत्मनिर्भ बनाउने कार्य कत्तिको प्रभावकारी देख्नुभयो ?
त्यति धेरै प्रभावकारी ता छैन् । मान्छेको पूरानै बानी छ । पूरानो समय र अहिलेको समय फरक भइसक्यो । जलवायू परिवर्तनले पनि साथ दिदैन् । यो वर्ष लगाएको बिरुवाले मलजल राम्रो पाएन भने अर्को वर्ष मरिहाल्छ । किसानले पनि व्यवसायिक रुपमा खेती बानी अझै परिसकेको छैन् । गैह्र सरकारी संस्था,पालिकाको कृषि,पशु शाखा सबै संगको समन्वयमा किसानलाई एउटा व्यवसायबाट परिवार धान्ने किसिमको कृषि प्रणाली अवलम्बन गर्न गइरहेका छौँ ।
तपाइको कार्यकालमा पालिकालाई नमूना बनाउने केही लक्ष्य उदेश्य छ ?
कृषिमा आत्मनिर्भर बनाउने योजना हो । तरकारी,मासु,दूधमा कसरी आत्मनिर्भर बनाउन सकिन्छ भन्ने हो । यातायातका क्षेत्रमा पनि काम गरिरहेका छौँ । थुप्रै नयाँ ट्रयाक खुलेका छन् । स्वास्थ्य,शिक्षामा पनि १० कक्षा सम्म निशुल्क कसरी गर्न सकिन्छ भनेर लागि रहेका छौँ । शिक्षाको क्षेत्रमा भन्दाखेरी यसअघि गाउँपालिका शिक्षक थिएनन् । हामी आइसकेपछि ५९ जना गाउँपालिका शिक्षक राख्यौँ ।
गाउँपालिकामा थुप्रै अध्यक्ष कप प्रतियोगिता हुन्थे पुरुषको मात्रै सहभागिता हुन्थ्यो हामीले महिलालाई पनि सहभागि गराउने गरेका छौँ । मार्सल आर्टसलगायतका विभिन्न खेल पनि विभिन्न स्कुलमा गराइरहेका छौँ । खेलकुद प्रशिक्षक थिएनन् हामीले व्यवस्था गरेका छौँ । पालिकाको शिक्षको स्तर कस्तो छ भनेर चेक गर्नका लागि सेन्टर तोकेर कक्षा ८ को परीक्षा ग¥यौँ । यसअघि आफ्नै विद्यालयमा परीक्षा हुन्थ्यो ।
चालु आवमा गाउँपालिकामा कति बजेट छ ?
संघले राजस्व बाँडफाँडमा १० करोड,समानिकरणमा ८ करोड र प्रदेशले सामनिकरण राजस्व बाँडफाँड गरेर १ करोड,गाउँपालिकाको आन्तरिक राजस्वलाई एक करोड अनुमान गरेका छौँ । सबै गरेर २० करोड बजेट छ । खर्चको हिसावले १० करोड कार्यालय व्यवस्थापन र कर्मचारीको तलबमा जान्छ । शिक्षामा ३ करोड,स्वास्थ्यमा २ करोड जान्छ । वडाहरुलाई तीन करोड २८ लाख दिएको छौँ । शाखालाई तीन करोड दिएका छौँ । भूमिको खर्च एक करोड जति आउँछ । सडकमा प्रदेश संघ,एनजिओ,आएनजिओ सँगको साझेदारीमा हाम्रो लगभग छ करोड खर्च हुन्छ । बजेट छ २० करोड खर्च ३०÷३२ करोड छ कसरी काम गर्ने होला ? पालिकाको आफ्नो आयस्रोत छैन् ।

मङ्गलबार, असोज २२, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु
वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती
आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै
कस्तो रहला आजको मौसम ?
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी जवानले मृत फेला

धनगढीमा युवती मृत्यु प्रकरण : ५ जनाविरुद्ध किटानी जाहेरी,श्रीमान पक्राउ

भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी जवानले मृत फेला

धनगढीमा युवती मृत्यु प्रकरण : ५ जनाविरुद्ध किटानी जाहेरी,श्रीमान पक्राउ

भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे

  • २.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • ३.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

  • ६.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.