• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ५. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ६. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ७. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • ८. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • ९. टिकटक लाइभबाट मासिक ६ लाखसम्म कमाइ

  • १०. आईसीसीको मान्यता र डीआरएससहित एनपीएल सिजन–३, टुर्नामेन्ट डाइरेक्टरको जिम्मेवारीमा धीरेन्द्र साउद

खेतीमा प्रविधिको प्रयोगले बढायो आम्दानी

  •   शुक्रबार, कार्तिक ०९, २०८१ मा प्रकाशित

दोधारा चाँदनी- कञ्चनपुरको बेलौरी नगरपालिका–६ का किसान आसरेराम वडायकले परम्परागत कृषिलाई प्रविधिसँग जोड्दै व्यावसायिक रूपमा खेती गरेर मनग्य आम्दानी गरेका छन् ।

विसं २०७४ देखि व्यावसायिक रूपमा कृषिमा लाग्नुभएका वडायकले खेतीबाटै आम्दानी गरेर रु एक करोड बढीको कृषियन्त्र जोडेका छन्भने खेती गरेरै मनग्य आम्दानी गर्दै आएका छन् । वडयकले आफ्नो र भाडामा गरी १५ बिघा जग्गामा उखु, तोरी, मसुरो र धानखेती गरेर वार्षिक रु ३० लाख बराबरको उत्पादन गरिरहेको बताए । उनले खेती गर्न अत्याधुनिक कृषि उपकरण भित्र्याएर काम गरिरहेको बताए। “अहिलेसम्म खेतीबाट आएको आम्दानीले रु एक करोड बढीका कृषियन्त्र खरिद गरेको छु”, उनले भने, “ड्रोन प्रविधिबाट खेती गर्न सहज हुने भएकाले गत वर्षमात्र रु १० लाखमा ड्रोन ल्याएकोे छु ।” उनले ड्रोन प्रविधिबाट खेती गर्दा लागत कम हुनुका साथै उत्पादनमा समेत वृद्धि भएको बताए ।

भारतका विभिन्न सहरमा व्यावसायिक खेतीको तालिम लिएर व्यावसायिक रूपमा खेतीमा लागेको उनको भनाइ छ । “दुई वर्ष भारतको साझनपुरमा उखुखेतीसम्बन्धी तालिम लिएँ, भारतकै महाराष्ट्रको साङलीमा व्यावसायिक खेतीको तालिम लिएर यहाँ आएपछि आफ्नो र जग्गा भाडामा लिएर खेतीमा लागेको हुँ”, वडायकले भने, “२०७१ सालमा भारतको पन्तनगर विश्वविद्यालयमा तरकारीखेतीसम्बन्धी तालिम लिएको छु ।” उनले भारतमा सिकेको सीपले खेती गर्न धेरै सहज भएको बताए ।

ड्रोन प्रविधिबाट खेती सुरु गरेपछि उत्पादन राम्रो हुन थालेको वडायकको भनाइ छ । “ड्रोनले मानिसले भन्दा धेरै छिटो काम गर्छ, यसबाट बीउबिजन र विषादीलगायत आवश्यक कीटनाषक औषधिसमेत छर्कन सकिन्छ,” उनले भने, “ड्रोनको प्रयोगले विषादी छर्किँदा मानिसले भन्दा राम्रोसँग छर्किन सकियो अर्को किसानको स्वास्थ्यमा हुनसक्ने समस्या पनि हुँदैन ।” उनले पछिल्लो समय विषादी छर्किँदा किसानको स्वास्थ्यमा समस्या हुने गरेको उल्लेख गर्दै ड्रोन प्रविधिले किसानको स्वास्थ्यमा हुने समस्यासमेत नहुने बताए ।

ड्रोन प्रविधिले बीउबिजन र विषादी छर्किँदा थोरै लागतमा धेरै काम गर्न सकिने वडायकले उल्लेख गरे । उनले खेतीमा परिवारका सदस्यले समेत सघाउने गरेको बताए । “मेरो भतिजा र छोरी आइएससी एजी अध्ययन गरिरहेका छन्”, वडायकले भने, “उहाँहरूले पनि मलाई प्राविधिक कुरामा सघाउनुहुन्छ, त्यसले पनि मलाई खेतीमा सजिलो भएको छ”, उनले छोरी सुस्मिता र भतिजा व्यावसायिक रूपमा कृषि गर्ने उद्देश्यले नै आइएससी एजी अध्ययन गर्न गएको बताए । “अहिले प्रविधिले हामीलाई धेरै नै सहज बनाएको छ घरका सबै सदस्य मिलेर काम गरिरहेका छौँ”, उनले भने, “परम्परागतभन्दा प्रविधिले उत्पादन र लागत दुवैमा फाइदा भएको छ ।” उनले खेतीको सिजनका बेला ३०÷४० जनालाई रोजगारीसमेत दिने गरेको बताए।

“सामान्य किसानले एक बिघा जग्गामा रु दुईदेखि तीन लाखसम्मको उत्पादन गर्छ, मैले एक बिघामा करिब रु १४ लाखसम्मको उत्पादन गर्ने लक्ष्य लिएको छु”, वडायकले भने, “प्राविधिक कुरामा मात्र ध्यान दिनसके राम्रो उत्पादन हुन्छ ।” उनले उत्पादन गर्न सके बजारको समस्या भने नरहेको बताए ।

“अहिलेसम्म बजारको समस्या भोग्नुपरेको छैन”, वडायकले भने, “स्वदेशमै मेहनतका साथ काम गरे विदेश जानुपर्दैन ।” उनले व्यावसायिक रूपमा कृषि गरे विदेशकै जति कमाइ स्वदेशमा गर्न सकिने बताए । वडायक गत वर्ष सुदूरपश्चिम प्रदेश सरकारबाट सुदूरपश्चिमभरि सर्वोत्कृष्ट किसानका रूपमा सम्मानति भएका छन्। त्यसैगरी भीमदत्त उत्कृष्ट किसानबाट समेत उनी सम्मानित भइसकेका छन् ।

पछिल्लो समय कृषिमा प्रविधिको प्रयोग बढ्दै गएको छ । परम्परागत रूपमा गोरु र राँगाहरूले जोत्ने ठाउँमा ट्रयाक्टर, मिनीटिलर, पावर टिलरको प्रयोग गर्न थालिएको छभने बाली काट्न र पिस्न पनि प्रविधिको प्रयोग भइरहेको छ । काट्नलाई रिपर, बस कटर, कम्बाइन हार्भेस्टरलगायतका अत्याधुनिक उपकरणको प्रयोग बढ्दो छ ।

अहिले किसानले ड्रोनलगायत नयाँनयाँ बीउबिजन, रोग–कीरा नियन्त्रणसम्बन्धी प्रविधिको प्रयोग गरिरहेका छन् । किसानको धेरै समय खेतबारी खनजोतमा नलाग्ने र काम गर्न सहज हुने भएपछि यान्त्रीकीकरणतर्फ किसानको आकर्षण बढेको छ । रासस

  • खेतीमा प्रविधि
शुक्रबार, कार्तिक ०९, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीका १६ खेल मैदानमा ग्रासरुट फुटबल कार्यक्रम सञ्चालन गरिने
सुदूरपश्चिमको बजेट छानबिन अलपत्र, मुख्यमन्त्रीसहित मन्त्रीको राजीनामा माग
टीकापुर अस्पतालमा म्याद गुज्रिएका २४ रिएजेन्ट र १३ औषधी फेला
धनगढीको ‘गौशाला मोडल’ : सडकमा चौपाया घटे, किसानलाई राहत
काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ
जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

समाचार

सबै

धनगढीका १६ खेल मैदानमा ग्रासरुट फुटबल कार्यक्रम सञ्चालन गरिने

सुदूरपश्चिमको बजेट छानबिन अलपत्र, मुख्यमन्त्रीसहित मन्त्रीको राजीनामा माग

टीकापुर अस्पतालमा म्याद गुज्रिएका २४ रिएजेन्ट र १३ औषधी फेला

धनगढीको ‘गौशाला मोडल’ : सडकमा चौपाया घटे, किसानलाई राहत

धनगढीका १६ खेल मैदानमा ग्रासरुट फुटबल कार्यक्रम सञ्चालन गरिने

सुदूरपश्चिमको बजेट छानबिन अलपत्र, मुख्यमन्त्रीसहित मन्त्रीको राजीनामा माग

टीकापुर अस्पतालमा म्याद गुज्रिएका २४ रिएजेन्ट र १३ औषधी फेला

धनगढीको ‘गौशाला मोडल’ : सडकमा चौपाया घटे, किसानलाई राहत

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ५.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

  • ६.
    एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.