धनगढी- कैलालीबाट दुई नाल भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् ।
गोदावरी नगरपालिका- ४ तखरेका ६५ वर्षीय लालबहादुर बुढामगर पक्राउ परेका हुन ।
बुढामगरले आफ्नै घरबाट अन्दाजी ५० मिटर पूर्व पर्ने चैतडा सामुदायिक जंगलको खोल्सोमा लुकाई छिपाई राखेको अवस्थामा २ नाल लोड गरेको भरूवा बन्दुक, झोलाभित्र ४ ओटा फलाम, ४ ओटा सिसाको गोली र २ सय ग्राम बारुद समेत लुकाएकाे अवस्थामा फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
अस्थायी प्रहरी पोष्ट गोदावरीबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको जनाइएको छ । सो सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।














