• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १२ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

शैक्षिक बहसका लागि महोत्सव फलदायी हुनेमा विश्वस्त छु : पडाल

  •   बुधबार, पुष ०४, २०८१ मा प्रकाशित

यहि पौष ९ गतेदेखि १५ गतेसम्म धनगढीमा नवौ वृहत राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव २०८१ हुँदैछ । धनगढीमा हुन गईरहेको महोत्सवको तयारी लगायत विविध विषयमा आयोजक नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कैलालीका अध्यक्ष भीम पडालसंग निशाना न्युजले गरेको कुराकानी प्रस्तुत गरिएको छ ।

शैक्षिक महोत्सव गर्नुको उदेश्य के हो ?

नवौं वृहत राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव कैलाली जिल्लाले दोस्रो पटक आयोजना गर्दैछ । १४ वर्ष अगाडि आयोजना भएको थियो । यसको मूख्य उदेश्य भनेको देशभरीका प्रकाशकहरुलाई एउटै ठाउँमा बोलाएर उहाँहरुले प्रकाशन गर्नुभएका सम्पूर्ण पाठ्यपुस्तक,सामग्रीहरु,विभिन्न विधाका पुस्तकहरु एकै ठाउँमा प्राप्त गर्न सकिने अवसरका रुपमा लिएका छौँ । अर्को शैक्षिक बहसकारुपमा पनि अगाडि बढाएका छौँ ।

शिक्षा क्षेत्र पालिका स्तरमा छ । संघीय संरचनामा गइसकेपछि शिक्षा पालिकामा गइसकेपछि त्यसको कठिनाइ,प्रगति,भविष्यमा पालिकाको योजना के छ यसका बारेमा पनि एउटा बहस रहन्छ । पठनपाठनको संस्कृति दिनानुदिन कमजोर हुँदै गइरहेको अवस्था छ । कसरी उजागर गर्न,बढाउन सकिन्छ यसका बारेमा पनि प्यानल डिस्कसन रहन्छ । प्रकाशकको समस्याका बारेमा जो ५०÷६० वर्ष अगाडि पुस्तक प्रकाशन हुन्थ्ये त्यो समयमा प्रकाशन गर्दा र आज कत्तिको सहज छ । भविष्यमा पुस्तक प्रकाशन गर्न कत्तिको सहज र समस्या हुन्छ त्यसका बिषयमा पनि छलफल हुन्छ ।

महोत्सवको तयारी के कस्तो छ ?

शैक्षिक महोत्सव जहाँ अहिले कैलाली उद्योग वाणिज्य संघले महोत्सवको आयोजना गरिहेको छ त्यही स्थलमा आयोजना गर्छौ । तयारी लगभग अन्त तिर पुगेको छ । स्टल बुकिङको काम लगभग सकिएको छ । भोलिसम्ममा सबै स्टलको काम सकिन्छ । मञ्चमा आवश्यक पर्ने सामग्रीको काम पनि तीब्ररुपमा अगाडि बढेको छ ।

पालिका व्यवसायिक संघ,महासंघ,वितरक,प्रकाशक संघमा निमन्त्रणा दिने काम भइरहेको छ । कलाकार बोलाउनेदेखि लिएर बच्चालाई रमाइलोका लागि बगैचा बनाउने सबै तयारी अन्तिम तिर छ । लगभग ८० प्रतिशत तयारी भइसकेको छ ।

महोत्सवबाट विद्यार्थीहरु कत्तिको प्रभावित हुन्छन् ?

पठनपाठनको संस्कृति दिनानुदिन लोप हुँदै गएको छ । हामी प्यानल डिस्कसनका रुपमा के गरेका छौँ भने कुन दिन कुन स्कुलको पालो पर्छ एक दिनमा ८/१० वटा स्कुलको उपस्थिति संगसँगै त्यो स्कुलको प्रिन्सिपल,व्यवस्थापन समितिको अध्यक्ष उपस्थिति अनिवार्य भनेका छौँ ।

प्यानल डिस्कसनमा एक पालिका विद्यार्थी अर्को पालिकाको बारेमा तथा प्रदेश सरकारले शिक्षामा गरिरहेको कामका बारेमा पनि जानकार हुन्छन् । हिजो र आजका बारेमा पनि जानकार हुन्छन् । पठन पाठन संस्कृति कसरी विकास गर्न सकिन्छ भन्ने बारेमा पनि केही विद्धत व्यत्तिहरुले आफ्ना तर्कहरु राख्नुहुन्छ । ८ कक्षा देखि माथिका विद्यार्थी यसमा सहभागी हुने भएकाले उहाँहरुले केही कुरा बझ्नुहुन्छ शिक्षालाई व्यवस्थित रुपमा लैजानका निमित्त यो शैक्षिक महोत्सवले उद्धत गर्छ जस्तो मलाइ लाग्छ ।

यसको मुख्य आकर्षण के हो ?
यसको मुख्य आकर्षण केहो भने देश भरीका प्रकाशकहरुले प्रकाशन गर्नुभएका विधि विधाका पुस्तकहरु प्रदर्शनी एउटा आकर्षण हो । यसलाई शैक्षिक गतिविधिका रुपमा सुदूरपश्चिमसँग आवद्ध भएर काम गर्ने पालिकाहरु जसले शिक्षाको बागडोर सम्हालेका छन् । शिक्षा क्षेत्रमा गर्ने प्रगतिका निमित्त यो शैक्षिक महोत्सव केही न केही फलदायी हुन्छ भन्ने हामीले विश्वास लिएका छौँ ।

कस्ता कलाकारको प्रस्तुति रहन्छ ?

भड्किलो खालको कलाकार यो महोत्सवमा हुँदैनन् । समान्यतया शैक्षिक महोत्सवलाई सफल पार्नुपर्ने हुन्छ । त्यसका लागि सामान्यतया गायन,नृत्यका लागि भड्किलो नहुने कलाकार हामीले बोलाएका छौँ ।

महोत्सवको सुरुआत कसरी हुन्छ ?

पुस ९ गते विहान साढे नौ बजेबाट धनगढीको ट्राफिक चौराहाबाट महोत्सव स्थलसम्म प्रभातफेरी हुन्छ । विभिन्न स्कुल,संघ संस्थालाई बोलाएका छौँ । रानाथरुको झाँकी,पहाडी समुदायको पञ्चेबाजा सहित प्रभातफेरी निकाल्छौँ ।

कति स्टल बुकिङ भए ?
एक सय भन्दामाथि स्टलहरु रहन्छन् । पाठ्यपुस्तकसँग सम्बन्धित स्टलहरु रहन्छन् । प्रकाशकहरुका विभन्न विधाका कितावहरु,कम्प्युटरहरुको,स्मार्टबोर्डको,शिक्षासँग सम्बन्धित स्टलहरु रहन्छन् । काठमाण्डौँबाट केही कलेजहरु आउँदै छन् उहाँहरुको पनि रहन्छ । धनगढीका केही कलेजहरुको पनि रहन्छ ।

यहाँले विद्यार्थीलाई केही सन्देश दिन चाहानुहुन्छ ?
वास्तवमा यो ऐतिहासिक शैक्षिक महोत्सव हो । यो प्रदर्शनीमा तपाइले चाहेका पुस्तकहरु बजारमा नपाएका किताबहरु त्यहाँ पाउनुहुन्छ । त्योभन्दा बढी खोज्न चाहेका किताबका बारेमा जानकारी पाउनुहुन्छ र भविष्यमा त्यो प्राप्त गर्न सजिलो हुन्छ । शिक्षामा देखिएका गतिविधिका बारेमा,शैक्षिक स्तरलाई अगाडि बढाउनका निमित्त,गुणस्तर सुधार्नका निमित्त यो मेला महोत्सव बास्तवमा कोसेढुंगा सावित हुन्छ भन्ने विश्वास लिएका छौँ । आम सुदूरपश्चिमबासी अभिभावक,विद्यार्थी,राजनीतिककर्मी,शिक्षासँग आवद्ध विभिन्न संघसंगठनमा आवद्ध प्रमुख,प्रतिनिधिहरु,शिक्षासँग सरोकार राख्ने आम जनसमुदायहरु यो महोत्सवमा उपस्थित भएर अवलोकन गरेर सुनिदिएर सफल पारिदिन हार्दिक आमन्त्रण गर्दछौँ ।

 

  • पडाल
बुधबार, पुष ०४, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार
वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन
कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १२ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.