धनगढी । कैलाली र कञ्चनपुरबाट भन्सार छलीका ४ लाख बढीका सामान प्रहरीले पक्राउ गरेको छ । सामान बवारिसे फेलापरेको हुदा मानीसलाई पक्राउ गर्न नसकिएको प्रहरीले जनाएको छ ।
कैलालीको धनगढी २ ट्राफिक चौराहा, आदर्श चोक, ४ बसपार्क, संचयकोष कार्यालय नजिक, ७ मनेहरा, १२ मनेहरा पोष्ट नजिक, भजनी ६ नवलपुर, गौरीगंगा ११ शिबपुर र जोशीपुर ३ लक्कडबाट भारतबाट भन्सार छलि गरि ल्याएका ४,००,१५०।– बराबरको प्याज, चिनी, गुड, बिडी, सुर्ती, नरिवल, नमकिन, दाल, आलु, खुर्सानी, उनि सर्ट, स्कुल ब्याग, ज्याकेट, मल, कस्मेटिक, किराना लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामाफेला पारी नियन्त्रणमा लिएको जनाएको छ । त्यस्तै कञ्चनपुर, भिमदत्त ९ तुम्नाडीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु।३०,०००।– चिनी, बिडी, खाने तेल, थान कपडा, कस्मेटिक लगायतका सामानहरु इलाका प्रहरी कार्यालय ब्रह्मदेव, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी आवश्यक कार्बाहीको लागि भन्सार कार्यालय गडडाचौकी पठाएको जानकारी दिएको छ ।














