• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ४. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ५. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ६. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ७. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ८. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ९. समृद्ध प्रदेश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

  • १०. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

लागूऔषधमा फसेकालाई पुनर्जिवन दिइरहेका छौँ : सञ्चालक शाह

  •   बुधबार, पुष १०, २०८१ मा प्रकाशित

समर्पण सुधार केन्द्र धनगढी उपमहानगरपालिका– ५ पल्लोहसनपुर स्थित युएनडिपी नजिक २०८० सालमा स्थापना भयो । सुधार केन्द्रले जीवनको अमूल्य समय लागूऔषधमा लागेका युवालाई सुधार गर्दै आएको छ । डेढ बिगाह जग्गामा रहेको सो केन्द्र भित्र खेलकुदको सुविधा,साईकेटिक डाक्टरद्धारा काउन्सेलिङ्ग,सुधारिएका लागूऔषध प्रयोगकर्ताद्धारा क्लास र होलिष्टिक विधिद्धारा उपचार गर्दै आएको छ । अन्यभन्दा फरक विधिद्धारा संचालित सुधारगृह स्थापनायता करिब ३ सय जना व्यक्तिलाई पुनर्जिवन प्रदान गरेको छ । गृहको अहिलेको अवस्थालगायत समग्र बिषयमा सुधारगृह संचालक तथा कार्यक्रम संयोजक सविन शाहसँग निशाना न्युजका लागि अशोक ज्वालाले गरेको कुराकानी प्रस्तुत गरिएको छ ।

सुधारगृहको स्थापना कहिले भयो ?
यसको स्थापना २०८० सालका भएको हो । झण्डै १४ महिना हुन लाग्यो ।

स्थापनाको उदेश्य के हो ?
हामी सबैलाई जानकारी भएको बिषय नै हो । लागूऔषधको यहाँ एकदमै बिगबिगी छ । म पनि पूर्व लागूऔषध प्रयोग कर्ता हो । म सबै कुरा पाउँदा पाउँदै पनि यो जंजालमा फस्न पुगे । मैले पनि आफ्नो जीवनको केही अमूल्य समय लागूऔषधमा व्यतित गरे । म आफै पनि सुधारिएर आए । म सुधारिएको जानकारी मैले अरुलाई पनि दिन खोजेको हो । हामी चार जनाको सञ्चालक टिम छ ।
हामी सबै त्यही फिल्डबाट आएको हुनाले समाजमा केही सन्देश दिनुपर्छ भनेर हामीले यो काम सुरु गरेका हो । हामी जस्तो धेरै जना भयौँ । खुला सीमाना भयो । लागूऔषधको बिगबिगि भयो । सुधारगृह सुरु गर्दाखेरी उपचार दिएर कसैको घरबार सुध्रिन्छ भने आत्मा सन्तुष्टि हुने समाजमा प्रभाव पार्ने उदेश्यका यो सञ्चालन गरेका हौँ ।

यहाँबाट कति जना सुधार भएर गएका छन् ?
हामीले सुरु गरेदेखि लगभग तीन सय जना जतिले उचार लिइसकेका छन् ।

लागूऔषधले कस्तो असर पर्ने रहेछ ?
लागूऔषध सेवन गरेर कस्तो असर हुन्छ भन्ने तपाई हामीले देखेकै छौँ । लागूऔषधले मान्छेलाई कहाँसम्म पु¥याउँछ भन्ने देखेकै छौँ । सरकारको धेरै चासो नभएर लागूऔषधको बिगबिगी बढेको छ । एकदमै खुला छ । बैध बाटो एउटा भएपनि अवैध बाटा धेरै छन् । खुला सीमाना भएकाले यस्तो बिगबिगी बढेको हो जस्तो मलाई लागेको छ ।

लागूऔषध प्रयोगकर्ता यहाँबाट सुधारिएर गएपछि उहाँहरुका अभिभावकको प्रतिक्रिया कस्तो पाउनुभएको छ ?
यो पुनःस्थापना केन्द्रको हो । यहाँ जीन्दगीमा हरेश खाइसकेको मान्छेलाई पुनःस्थापित गर्ने हो । अभिभावकले पनि हामीलाई आशा भरोशा गरेर नै छोराछोरीलाई दिने हो । यहाँ आइसकेछि नसा प्रयोग गर्न मिल्दैन् । लामो समय लागूऔषध प्रयोग गरेकालाई दुईचार दिन गाह्रो पनि हुन्छ । कहिले काहीँ आइसीयुमा राख्नुपर्ने समेत अवस्था आउँछ । एकै चोटी सुधार हुँदैन । विस्तारै हुने हो । एक डेढ महिनामा अभिभावकलाई पनि भेटाउँछौँ । त्यसपछि हप्ताको एक चाेटी भेट्नै पर्ने हुन्छ ।

यहाँबाट पुनःस्थापित भएकाहरु काममा लागेका छन् ?
काम भन्दा पनि कति जना बिदेश गइसक्नुभएको छ । कति जनाले परिवारको सदस्य भएर राम्रो जीवन बिताइ राख्नुभएको छ । हिजोका दिनमा परिवारको सदस्य भएर बाच्नुको अर्थ थिएन् । कति जनाले घर चलाउनु भएको छ । कतिले पुनर्जीवन पाएर हिजोको बेरोजारी मान्छे आज रोजगारी गरेर बसेका छन् । कति जना यही कर्मचारी भएर काम गरिरहनुभएको छ ।

यहाँको सन्देश के छ ?
म अहिले लागूऔषधमा फसेका लाई के भन्न चाहान्छु भने म पनि हिजोका दिनमा तपाईहरु जस्तै थिए । मेरो पनि जिन्दगी खेर गयो,सुध्रिन सक्दैन भन्ने सोच राख्ने मान्छे म पनि हो । आज मैले सुधारमा लाग्दा जिन्दगी,परिवार पाएको छु । सुधार सम्भव छ भन्न चाहान्छु । अभिभावकहरुलाई के भन्न चाहान्छु भने यो कुरालाई सामान्य रुपमा लिइ रहनुभएको छ भने समान्य नलिनुस् । जति छिटो उपचार ग¥यो त्यति छिटो सञ्चो हुन्छ । एउटा सामान्य घाउ शरीरमा हुँदा समयमै उपचार नगरे कोट्याएर व्यवास्ता ग¥यौँ भने भोलि क्यान्सर हुन सक्छ । यो पनि एउटा रोग हो यसको उपचार सम्भव छ भनेर अभिभावकलाई सन्देश दिन चाहान्छु ।

हामी चौविसै घण्टा सेवामा खटिरहेका छौँ । कति जनाले उपचार पछि जिन्दगी पाउनुभएको छ । राम्रो वातावरण बनाएका छौँ । सुधारकेन्द्र भनेको एउटा विद्यालय जस्तै हो । यहाँ लागूऔषध सम्बन्धि पढाइ हुने हो । शारीरिक कसरत हुने हो । आफ्ना छोराछोरी लागू औषधमा फसिरहेका छन् भने यो कुरा नलुकाउनुस् जति सक्दो समयमै हामीलाई सम्पर्क गर्नुहोस् सल्लाह लिनुस् ।

अन्य ठाउँमा गएर कस्ता खालका कार्यक्रम गर्दै आउनुभएको छ ?
वडा कार्यालयसँगको समन्वयमा जनचेतनामूलक कार्यक्रम पनि गरिरहेका हुन्छौँ । फरक खालको जनचेतनामूलक कार्यक्रम गरिरहेका छौँ । हिजोका दिनमा स्कुले बच्चालाई राखेर जनचेतनामूलक कार्यक्रम गरिहेका हुन्थ्ये । त्यसले राम्रो नतिजा दिएको पाएनौँ । किन भने हिजो म स्कुल पढ्दा आगूऔषध नराम्रो कुरा हो । गाँजा खानु हुन्न भन्न मलाई पनि थाहा थियो । कारणबस फस्न पुगे । तर,अभिभावकलाई जनचेतना दिनुपर्ने छ । समस्या अभिभावकमा देखिएको छ । हामीले प्रदेश युवा परिषद्सँग मिलेर थुप्रै कार्यक्रम गरेका छौँ । वडासँग मिलेर काम गरिरहेका छौँ । समाजमा खासमा अभिभावकमा जनचेतना फैलाउने हाम्रो कार्यक्रम रहेको छ ।

बुधबार, पुष १०, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
यस्तो छ आजको मौसम पूर्वानुमान
सुदूरपश्चिम प्रदेश: बजेट शून्यतासँगै प्रदेश सभा पनि शून्य
बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय निर्णय
कैलारी आधारभूत अस्पतालमा एक महिनामै १ हजार २ सय बिरामीले लिए सेवा

समाचार

सबै

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

विशेष

सबै
गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ४.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ५.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

  • ६.
    धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.