गाजा । हमासले गाजा युद्धविराम सम्झौता अन्तर्गत पहिलो चरणमा ३४ बन्धकहरूलाई रिहा गर्न सहमत भएको छ। हमासका एक वरिष्ठ अधिकारीले बीबीसीसँग ३४ बन्धकहरूको सूची साझा गरेका छन्।
यससँगै इजरायलसँगको सम्भावित सम्झौताअनुसार पहिलो चरणमा ३४ जना बन्धकलाई रिहा गर्न सहमत भएको अधिकारीले बताए । यीमध्ये कतिजना बन्धकहरू जीवित छन् भन्ने अझै स्पष्ट भइसकेको छैन।
ीबहmष् कगलचष्कभ दबलप द्दण्घद्ध
सूचीमा रहेका नामहरूमा १० जना महिला र ५० देखि ८५ वर्षका ११ जना बन्धकहरू छन्, जसमा केही युवा पुरुषहरू पनि छन्, जसलाई हमासले इजरायली हवाई आक्रमणमा मारिएको दाबी गरेको थियो। हमासले सूचीमा रहेका धेरै बन्धकहरू बिरामी रहेको बताएको छ।
यद्यपि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले हमासले बन्धकहरूको सूची अझै उपलब्ध नगरेको बताएको छ। यसअघि इजरायलले कतारमा युद्धविराम र बन्धक रिहाइ सम्झौतामा पुनः वार्ता सुरु भएको बताएको थियो ।
इजरायलले गाजा पट्टीमा आक्रमण बढाएको बेला फेरि युद्धविरामको विषयमा वार्ता सुरु गर्ने घोषणा गरिएको हो । आइतबार गाजामा कार्यरत स्वास्थ्य एजेन्सीले विगत २४ घण्टामा भएको आक्रमणमा ८८ जनाको मृत्यु भएको बताएको छ ।
आइतबार, इजरायली सेनाले गाजा पट्टीमा गत दुई दिनमा १०० भन्दा बढी ‘आतंकवादी लक्ष्यहरू’ मा आक्रमण गरेको र ‘दर्जनौं हमास आतंकवादीहरूलाई मारेको’ बताएको छ। एजेन्सी













