• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १२ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

हाम्रो अभियानबाट समाजको व्याप्त अराजकतालाई अन्त्य गरी सभ्य,संस्कारी र सहयोगी समाज निर्माणमा सहयोग हुनेछ : संयोजक भट्ट

  •   शनिबार, पुष २८, २०८१ मा प्रकाशित

सामाजिक दायित्व पूरा गर्ने उदेश्य सहित यही मंसिर १५ गतेबाट श्री निङ्गलाशैनी गुरूकुल संस्कृत विद्यापीठ धनगढी–१३ बाट ‘खान पुगोस्,दिन पुगोस्’ अभियान सुरु गरिएको छ । अभियान सुरु भएयता विभिन्न विद्यापीठका विद्यार्थीलाई न्यानो कपडा वितरणसंगै ,समाजका गरिब मानिसलाई कम्मल लगायतका सामाग्री वितरण गरेको छ । अभियानको सार्थकता,अवस्था गतिबिधिका बिषयमा संयोजक घनश्याम भट्टसंग निशाना न्युजले गरेको कुराकानी प्रस्तुत गरिएको छ ।

तपाईहरुले न्यानो कपडा वितरण गर्न सुरु गर्नुभएको छ । अहिले सम्म कति ठाउँहरुमा कस्ता मानिसलाई न्यानो कपडा वितरण गर्नुभयो ?
धनगढी क्षेत्रभित्र बस्ने विपन्न परिवारलाई न्यानो कपडा वितरण गर्ने अभियानको सुरुवात गर्दै जाँदा नागरिक समाज विभिन्न सम्मानित व्यक्ति ,पेशा व्यवसायमा लागिरहेका मानिस देश तथा विदेशमा बस्ने नेपाली दाजुभाइ र दिदीबहीनीहरूको स्वःस्फूर्त सहयोगमा हामीले अहिलेसम्म विपन्न तथा आश्रित नागरिकलाई ३१ वटा कम्मल र विभिन्न विद्यालयका ४ सय १६ विद्यार्थीलाई न्यानो लुगा वितरण गरि सकेका छौँ । यो अभियान सबैको साथ सहयोगमा निरन्तर जारी रहने छ । यो हाल धनगढी उपमहानगरपालिका क्षेत्रभित्र मात्रै सञ्चालन भै रहेको अभियान हो ।

न्यानो कपडा वितरण पश्चात तपाईहरुले समुदायका मानिसको कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
अभियानको पहिलो सफलता भनेको ३५ वर्षदेखि आफ्नो परिवारबाट छुट्टिएर धनगढी–१३ मा कष्टकर जीवन विताइ रहेका भजन साउदको परिवारसँग पुनर्मिलन भएको छ ।

यो अभियानको पहिलो सफलताका रूपमा हामीले लिएका छौँ । साथै सामाजिक उत्तरदायित्व वहन गरेर संचालनमा रहेका विभिन्न संस्थाहरूले आफूहरूले न्यानो लुगा पाएपछि आफूलाई सहज भएको अभिव्यक्ति दिनुभएको छ । सांस्कृतिक विद्यापीठले यो अभियानले सभ्य,संस्कारी सहयोगी समाज निर्माणको यात्रा तय गरोस् भन्ने कामना व्यक्त गर्नुभएको छ ।

साथै विपन्न परिवारका बालबालिकालाई न्यानो लुगा पाएपछी विद्यालयमा अध्ययन गर्न सहज भएको छ । विद्यार्थीहरू नियमित रूपमा विद्यालय आइरहेको विद्यालय परिवारले हामीलाई जानकारी गराउनु भएको छ । साथै हाम्रो अभियानलाई नागरिक स्तरबाट उत्साह जनक रूपमा हामीले साथ,सहयोग, माया र आशीर्वाद पाइरहेका छौँ।

भविष्यमा यो अभियानले समाज रुपान्तरणमा कस्तो योगदान पु¥याउला केही सोच्नु भएको छ  ?
यो अभियानलाई हामीले हामी नागरिकको समाज प्रति को दायित्व र कर्तव्य को रूपमा लिएका छौँ । समाजमा व्याप्त अराजकतालाई अन्त्य गरी सभ्य,संस्कारी र सहयोगी समाज निर्माणमा आम नागरिकको सहभागिताले सम्भव छ भन्ने हाम्रो बुझाइ छ ।

साथै २१ औँ सताव्दी को अत्याधुनिक युगमा विज्ञानसंग साक्षात्कार गराउँदै शिक्षासंगै संस्कार र संस्कृतिलाई जोडेर लान सकियो भने मात्रै सभ्य ,संस्कारी र सहयोगी समाज निर्माण सम्भव छ । हामी सबैले आफ्नो र अरूको पेशा, व्यावसायिक सीप, कला आदि सबैको उच्च हृदयका सम्मान गर्दै आफ्नो सामाजिक दायित्व निर्वाह गर्दै गयौँ भने सभ्य र समृद्ध राष्ट्र निर्माण सम्भव हुनेछ ।

यो अभियान गर्नुपर्छ भन्ने सोच कहाँबाट पलायो ?
आफ्नो देश नेपाल मैं आफ्नो सुन्दर भविष्य सम्भव छ । यही देश भित्र धेरै सम्भावनाहरू छन । यो देश मेरो शान हो , यो बीर गोर्खालीको देश हो ।

यो सीता र भृकुटीको जन्मभूमि हो । यो विश्वशान्तिका दूत गौतम वुद्धको जन्मभूमि हो । यो श्री पशुपतिनाथ, मुक्तिनाथ जस्ता अनेकौँ शक्तिपीठ भएको देव भूमि हो । यो देश विश्वको सर्वोच्च शिखर सगरमाथा भएको देश हो । यो विभिन्न जातजाति, भाषाभाषी,भिन्नभिन्न संस्कृति भएर पनि एउटै माला नेपाली भनेर पहिचान बोकेको देश हो ।

यो देश बनाउने दायित्व मेरो पनि हो र हरेक नेपाली नागरिकको पनि हो । यदी हामीले सकारात्मक सोच राखेर बिना आग्रही पूर्वाग्रही हातेमालो गरेर एकतावद्ध भएर सभ्य ,संस्कारी र सहयोगी समाज निर्माणको अभियानमा सबै आ–आफ्नो ठाउँबाट निःस्वार्थ रूपमा आफूले सकेको आर्थिक, भौतिक, वौद्धिक लगानी आवश्यक परेको ठाउँमा रचनात्मक रूपमा लगायाँै भने देश बन्न धेरै समय लाग्ने छैन । आजसम्म हाम्रो समाजमा नागरिक स्तरबाट दान , सहयोगबाट हामीले आज धेरै सार्वजनिक सम्पत्ति पाएका छौँ ।

जस्को निरन्तरता हाम्रो पुस्ताले पनी गर्नुपर्छ । त्यस्ता सामाजिक संघसंस्था हाम्रा वहुमूल्य सम्पत्ति हून । ती सबैको संरक्षण, संवद्र्र्धन,विकास र विस्तारमा सहभागी हुनु हाम्रो दायित्व हो भन्ने सोचका साथ हामीले यो ‘खान पुगोस्, दिन पुगोस्’ अभियान सुरुवात गरेका हौँ ।

अन्तमा समग्र धनगढी बासीलाई केही सन्देश दिन चाहानुहुन्छ ?
हाम्रो देशमा धेरै सम्भावनाहरू छन त्यत्तिकै चुनौतिहरू पनि छन । हाम्रो समाजमा एक अर्का पति सहयोग सद्भाव कÞायम गराउँदै समाजमा व्याप्त विभिन्न समस्या सामाधानका लागि एकतावद्ध भएर हातेमालो गरेर अगाडि बढ्न हामीले ढिलो गर्नुहुँदैन् ।

शिक्षा,स्वास्थ्य,कृषि र संस्कृति बलियो राष्ट्र निर्माणको प्रमुख आधार हो । हाम्रो अभियान प्रति सकारात्मक सोच राखी हाम्रो अभियानलाई निरन्तर साथ सहयोग गर्ने सम्पूर्ण संचारकर्मी साथीहरूलाई हृदय देखि आभार प्रकट गर्दछौँ ।

  • सहयोगी समाज निर्माणमा सहयोग हुनेछ : संयोजक भट्ट
शनिबार, पुष २८, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार
वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन
कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १२ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.