धेरै बर्ष सुदूरपश्चिमका केही जिल्लामा काम गर्ने अवसर उनलाई प्राप्त भयो । आयुर्वेदिक क्षेत्रमा उल्लेखनीय काम गरेका कारण जनसेवा श्री पुरस्कारबाट सम्मानित र आयुर्वेदिकमा विद्यावारिधी समेत गरी सेकेका र हाल सुदूरपश्चिम प्रादेशिक आयुवेर्दिक चिकित्सालयमा मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारीमा रहेका डा. राम कामेश्वर ठाकुरसँग धनगढी उपमहानगरपालिका–१३ स्थित प्रादेशिक आयुवेर्दिक चिकित्सालयले दिइरहेको उपचार सेवा,आगामी योजना लगायत बिषयमा निशाना न्युजले गरेको कुराकानी प्रस्तुत गरिएको छ ।
आयुर्वेद चिकित्सालयको हालको अवस्था कस्तो छ ?
यो अस्पताल सुरु भएको करिब दुई वर्ष भयो । बाटोको पहुँच छैन । प्रचारप्रसारको पहुँच छैन् । भौतिक पूर्वाधारको अझै कमी छ । स्रोतहरु जुट्दै छ ।
विज्ञहरु आइसकेपछि त्यो अनुसारको क्रियाकलाप बढ्छ । बिरामी बढ्दै गयो भने बिरामीले नै हो हाम्रो प्रचार गर्ने । हामीले फोकस के गरेका र्छौ भने जति हामीले उपचार सेवा दिन्छौँ त्यो क्वालिटीको होस् ।
क्वालिटीमा कम्प्रोमाइज नगर्ने हाम्रो योजना हो । सक्छौँ भने उपचार गर्ने सक्दैनौँ भने ठाउँ देखाइ दिने हो । पहिलेको भन्दा अहिले अस्पतालको अवस्था सुधारोन्मुख छ । राम्रो काम गरिएको छ भने गाउँ समाजमा खबर गरौँ । यदी नराम्रो काम गरेको भए हामीलाई खबर गर्न म अनुरोध गर्न चाहान्छु ।
यसमा सेवा सुविधा थप्ने केही योजना छ ?
म एउटा बिषयको विज्ञ हो । यस्तै सबै बिषयको विज्ञहरु भएपछि आ–आफ्नो डिपार्मेन्ट लिएर क्रियाकलाप अगाडि बढाउँछन् । अहिले हामीसँग यहाँ भएको साधान स्रोत मानव स्रोतका हिसाबले त्यस्तो कमी छ जस्तो लाग्दैन् । विज्ञहरु आइसकेपछि क्रियाकलाप बढ्न थालेपछि फेरी त्यहाँ अभाव हुन्छ ।
हाम्रो सोच के हो भने विज्ञहरु आइकेपछि उहाँहरुले क्रियाकलाप अगाडि बढाइ सकेपछि हामीले सपोर्टका लागि अगाडि बढिदिने हो । त्यसको लागि मन्त्रालयमा पहल गरिदिने हो । अहिले क्लिनिक सञ्चालनमा छैन् । मोटर छैन् । बाहिरको कम्पाउन्डको सौन्दर्यकरण गर्न सकिएको छैन् ।
नर्सिङ स्टाफको कमी छ । पारामेडिसहरुको पनि न्युनता छ । जति अहिले हामीले क्रियाकलाप चलाई रहेका छौँ । त्यसमा मानव स्रोतको कमी छ ।
बिरामीले सर्बसुलभ उपचार पाईरहेका छन् ?
सुदूरपश्चिमको हिसावले धेरै राम्रो क्रियाकलाप हामीले चलाइ रहेका छौँ । यो अवसरको फाइदा यहाँका नागरिकले उठाउनु पर्ने हुन्छ । यही क्रियाकलाप प्राइभेटमा जाँदा चार÷पाँच गुणा बढी खर्च लाग्छ ।
अन्य ठाउँ उपचार सेवा सस्तो छ । चाहे ल्याव टेष्ट,पञ्चकर्मको थेरापीका दररेट,क्षारसुत्रका दररेट एकदम मिनिमम चार्ज छ । मलाई लाग्छ यो नेपालमै सबैभन्दा कम छ ।
अस्पतालको विकासका लागि आगामी योजना के छन् ?
मेरो उदेश्य केहो भने सर्बप्रथम विज्ञको स्पेशलिष्टको रुपमा रिफरल अस्पतालको रुपमा विकास गर्ने हो । सुदूरपश्चिमकै सबै भन्दा ठूलो आयुर्वेदिक अस्पतालको रुपमा विकास गर्ने योजना हो ।
विस्तारै एक सय बेड बनाउने,त्यसपछि यहाँ विस्तारै पठनपाठन सुरु गराउने योजना छ ।पठनपाठन शुरु हुने बित्तिकै औषधि निर्माणको कुरा आउछ औषधी निर्माणका लागी जडीबुटी प्रबर्धन गर्नु पनेृ हुन्छ ।
यो प्रदेश जडीबुटीको धनी प्रदेश पनि हो जडीबुटीको ब्यबथापन गर्ने बित्तिकै आयआर्जन हुन्छ त्यसबाट उत्पादीत औषधीबाट यहाँका जनताले सेवा लिन्छ ,होमन रिसोर्स संगलग्न हुन्छ , जटीबुटीको सदुपयोग हुने एक पक्ष भयो ।
अक्रो पक्ष के हुन्छ भने औषधी निर्माणले यहाँका जनताहरुले सेवन गर्ने र स्वस्थ हुने सुद्धजडिबुटि भयो त्यसपछी पठनपाठनको हिसाबले हस्पिटल छदै छ जडीबुटीको बयबस्थापन छदै छ ।
हुुमेन रिसोर्समा मास्टर डिग्री भनौ बिएमएसको पढाइृ संचालन गर्नै फामे्रसीको कोर्ष संचालन गर्नै लामो समय टे्रनिङ्ग संचालन गरेर यहाँको ९ वटै जिल्लाका डाक्टरलाइृ पनि टे्रनिङ्ग दिएर राम्रो भरपर्दो सेवा दिने कुरा मेरो योजना रहेको छ













