• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १० घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • ९. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

एसपिए कैलाली प्रिमियर लिग–३ : गोदावरी र पुर्नवास बी सेमिफाइनलमा प्रवेश

  •   शुक्रबार, फागुन ०९, २०८१ मा प्रकाशित

कैलाली । धनगढीको फाप्ला खेल मैदानमा जारी एसपिए कैलाली प्रिमियर लिग–३ मा सेमिफाइनल पुग्ने दुई टोलीको टुंगो लागेको छ । समूह ए बाट विजेता बन्दै गोदावरी नगरपालिकाको टिम र समूह बी बाट समूह विजेता बन्दै पुर्नवास नगरपालिका बी को टिम सेमिफाइनल पुगेका हुन ।

समूह ए मा रहेका पुर्नवास नगरपालिका ए र शुक्लाफाँटा नगरपालिका तथा समूह बी मा रहेका जोरायल गाउँपालिका र घोडाघोडी नगरपालिका प्रतियोगिताबाट बाहिरिएका छन ।
शुक्रबार सम्पन्न प्रतियोगीताको पाँचौ खेलमा गोदावरी नगरपालिका विजयी भएको छ । प्रतियोगितामा दोश्रो खेल खेलेको गोदावरीले ५ विकेटको जीत हाँसिल गरेको छ ।

पुर्नवास नगरपालिका ए भने लगातार दोश्रो खेलमा पराजित हुँदै प्रतियोगीताबाट बाहिरिएको छ । पुर्नवास नगरपालिका ए ले दिएको ५९ रनको लक्ष्य गोदावरी नगरपालिकाले ७.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।

गोदावरीका लागि आयुश खड्काले अविजित २० रन बनाए । त्यस्तै गजेन्द्र बोहराले १७ रनको योगदान दिए । हृदय बिठारी ७ रनमा अविजित रहे । । पुर्नवास नगरपालिका ए का लागि पारस सुनार,पारस शाही र कप्तान अविनास सिंहले समान एक एक विकेट लिए ।
त्यसअघि पुर्नवास नगरपालिका ए ले टस जित्दै पहिला ब्याटिङ गर्ने निर्णय गरेको थियो ।

खराब मौसमका कारण ८ ओभरमा छोट्याइएको खेलमा पुर्नवास ए ले निर्धारित ८ ओभरमा ८ विकेट गुमाउँदै ५९ रन बनाएको थियो । पुर्नवास ए का कप्तान अविनास सिंहले सर्वाधिक ३१ रनको बनाए भने पारस पारस शाहीले १३ रन बनाए । गोदावरी नगरपालिकाका लागि शुशिल साउँदले करियरकै उत्कृष्ट बलिङ गरे ।

१ ओभर बलिङ गरेका साउँदले १ रन खर्चेर ४ विकेट चट्काए । उनी म्यान अफ दी म्याच चुनिए । त्यस्तै गजेन्द्र बोहराले २ विकेट लिदा खडक बोहराले १ विकेट लिए ।
त्यस्तै आज भएको दोश्रो खेलमा जोरायल गाउँपालिकालाई पराजित गर्दै पुनर्वास नगरपालिका बी पनि सेमिफाईनल पुगेको छ । जोरायमाथि ४७ रनको जित हात पार्दै पुर्नवास बी टीम अन्तिम चारमा पुगेको हो ।

पुनर्वास नगरपालिका बीको यो लगातार दोश्रो जीत हो भने जोरायल गाउँपालिका एक खेलमा जीत र एक खेलमा हार व्यहोर्दै प्रतियोगीताबाट बाहिरिएको छ । टस हारेर पहिला ब्याटिङ गरेको पुनर्वास नगरपालिका बी ले प्रतियोगिताकै सर्वाधिक स्कोर बनाएको थियो । पुनर्वास बी ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९९ रन बनाएको थियो ।

पुनर्वास बी का लागि अघिल्लो खेलमा शतक प्रहार गरेका दिपक बोहराले आज पनि आक्रामक अर्धशतक प्रहार गरे । ४६ बल सामना गरेका बोहराले १० चौका र ३ छक्काको मद्दतले ८२ रन बनाए ।

बोहरा म्यान अफ दी म्याच चुनिए । त्यस्तै बसन्त सिंह कार्काीले ३१,आशिष लुहार २८,टेक रावतले २२ तथा सुवास ऐरले १० रन बनाए । जोरायल गाउँपालिकाक लागि बसन्त खत्रीले सर्वाधिक ३ विकेट लिए । संजय बोहरा,धर्मराज जोशी र दिपक रोकायाले समान एक एक विकेट लिए ।
। पुनर्वास नगरपालिका बीले दिएको २०० रनको लक्ष्य पछ्याउने क्रममा जोरायल गाउँपालिकाले पूरा २० ओभरमा ९ विकेट गुमाउँदै १५२ रन मात्र बनाउन सक्यो । जोरायल गाउँपालिकाका लागि सुनिल चन्दले उत्कृष्ट अर्धशतकीय पारी खेलेपनि जित दिलाउन भने सकेनन । चन्दले ४३ बलमा ६० रन बनाए भने कप्तान योगेश भाटले ३३ बलमा २८ रन बनाए ।

दिपक कप्डेलले १९ रन बनाउँदा बसन्त खत्री १५ रनमा रनआउट भए । पुनर्वास नगरपालिका बी का लागि हिक्मत महराले ४ विकेट चट्काए । त्यस्तै सागर भण्डारीले २,तथा भोजराज भट्ट र सचिन भट्टले समान एक एक विकेट लिए । शनिबारबाट समूह सी र समूह डी का खेलहरु हुनेछन ।
धनगढीको फाप्ला खेल मैदानमा आयोजना भैरहेको एसपिए कैलाली प्रिमियर लिगको यो तेश्रो संस्करण हो । तेश्रो संस्करणमा मुख्य प्रायोजक सुदूरपश्चिमाञ्चल एकेडेमी एसपिए रहेको छ । पहिलो संस्करण कैलालीको गोदावरी नगरपालिकाको टिमले जितेको थियो भने दोश्रो संस्करण डडेल्धुराको आलिताल गाउँपालिकाले जितेको थियो ।
फाल्गुन १४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सुदूरपश्चिम प्रदेश भरीका १२ ओटा स्थानीय तहका टिमले सहभागीता जनाएका छन् । प्रतियोगिताको विजेता टोलीले नगद २ लाख, उपविजेता टोलीले नगद एक लाख प्रप्त गर्नेछन् ।

सर्वोत्कृष्ट खेलाडीले नगद २५ हजार, बेष्ट बलर र ब्याटरले जनही १५÷१५ हजार, उदयमान खेलाडीले १० हजार र प्रत्येक खेलको म्यान अफ दी म्याचले नगद दुई हजार पाँच सय प्राप्त गर्ने आयोजक कैलाली जिल्ला क्रिकेट संघले जनाएको छ ।

 

  • एसपिए कैलाली प्रिमियर लिग–३
शुक्रबार, फागुन ०९, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद

समाचार

सबै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १० घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.