• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ६. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ७. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ८. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • ९. गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल

  • १०. सुदूरपश्चिमको सपना बोकेको गेटा विश्वविद्यालय परिसरमा धनगढी उपमहानगरले गर्‍यो सरसफाइ

एसपिए कैलाली प्रिमियर लिग–३ मा भिमदत्त र त्रिवेणी नगरपालिका विजयी

  •   शनिबार, फागुन १०, २०८१ मा प्रकाशित

फागुन । धनगढीको फाप्लामा जारी एसपिए कैलाली प्रिमियर लिग–३ मा समूह डी अन्तर्गतको पहिलो तथा प्रतियोगिताको सातौं खेलमा भिमदत्त नगरपालिकाले पर्शुराम नगरपालिकालाई ४७ रनले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ ।

भिमदत्त नगरपालिकाले दिएको १६३ रनको लक्ष्य पछ्याउने क्रममा पर्शुराम नगरपालिकाले पूरा ओभर ब्याटिङ गर्दै ८ विकेट गुमाएर ११५ रन मात्र बनाउन सक्यो । पर्शुराम नगरपालिकाका लागि कप्तान राज विश्वकर्माले सर्वाधिक ३८ रन बनाए । दिल बहादर बोहराले ३४ रन बनाए । ओपनर ब्याटर अर्जुन बिकले १६ रन बनाए ।

भिमदत्त नगरपालिकाका लागि सन्तोष भट्टले उत्कृष्ट बलिङ गरे । ४ ओभर बलिङ गरेका सन्तोषले १ मेडन राख्दै ११ रन खर्चेका भट्टले ४ विकेट चट्काए । भट्ट म्यान अफ दी म्याच चुनिए । समिर बिस्ट र अरुण ऐरीले समान एक एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको भिमदत्त नगरपालिकाकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६२ रन बनायो । भिमदत्तका लागि सन्तोष भट्टले सर्वाधिक ३२ रन बनाए ।

त्यस्तै अन्तिम तिर ब्याटिङ गर्न आएका किरण चन्दले ११ बलमा ३१ रनको आक्रामक पारी खेले । नितेह बिस्टले २७,अभिषेक थापाले २० तथा अरुण ऐरीले १९ रन बनाए । भिमदत्तका लागि प्रकाश पाण्डेय, साजन बिटालु र समिर बिष्ट रनआउट भए ।

पर्शुराम नगरपालिकाका लागि अर्जुन बिकले उत्कृष्ट बलिङ गरे । ४ ओभर बलिङ गरेका अर्जुनले १ मेडन राख्दै २१ रन खर्चेर ३ विकेट चट्काए । त्यस्तै टेक थलालले २ तथा कृष्ण बिस्टले १ विकेट लिए ।
धनगढीको फाप्लामा जारी एसपिए कैलाली प्रिमियर लिग –३ मा समूह सी अन्तर्गतका आजै भएको दोश्रो तथा प्रतियोगीताको आठौं खेलमा बाजुराको त्रिवेणी नगरपालिकाको टिम विजयी भएको छ ।

त्रिवेणीले वेदकोटलाई ६ विकेटले पराजित गर्दै प्रतियोगीतमा सुखद सुरुवात गरेको छ । वेदकोट नगरपालिकाले प्रस्तुत गरेको ११९ रनको लक्ष्य त्रिवेणीले १५।५ओभरमा ४ विकेट गुमाउँदै १२२ रन बनाएर पूरा गर्यो ।

त्रिवेणी नगरपालिकाका लागि राजु रिजालले उत्कृष्ट ब्याटिङ गरे । ३० बलको सामना गरेका रिजालले ३ चौका र २ छक्काको मद्दतले ४१ रनको अविजित पारी खेले । त्यस्तै सुमित श्रेष्ठले २१ रन बनाउँदा तुल बहादुर थापा १९ रनमा अविजित रहे ।

विजय राना र शुशिल खड्काले समान १६ रन बनाए । वेदकोट नगरपालिका लागि लक्ष्मण खडायतले २ तथा विवेक बोहरा र महेश बिष्टले समान एक एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको वेदकोट नगरपालिकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११८ रन बनाएको थियो । वेदकोटका लागि विशाल बोहराले सर्वाधिक ३६ रन बनाए ।

दिपक बोहराले २४ रन बनाउँदा कृष्ण बिष्ट १७ रनमा अविजित रहे भने महेश बिष्ट १६ रनमा पवेलियन फर्किए । त्रिवेणी नगरपालिकाका लागि दिपक टमाट्टाले ५ विकेट चट्काए । ४ ओभर बलिङ गरेका दिपकले ५ विकेट चट्काउँदा केबल १६ रन खर्चिए ।

टमाट्टा म्यान अफ दी म्याच चुनिए । त्यस्तै लोकेन्द्र चन्दले २ विकेट लिदा विशाल आचार्यले १ विकेट हाँसिल गरे । समूह ए बाट गोदावरी नगरपालिकाको टिम र समूह बी बाट पुनर्वास नगरपालिका बी समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरिसकेका छन ।
धनगढीको फाप्ला खेल मैदानमा आयोजना भैरहेको एसपिए कैलाली प्रिमियर लिगको यो तेश्रो संस्करण हो । तेश्रो संस्करणमा मुख्य प्रायोजक सुदूरपश्चिमाञ्चल एकेडेमी एसपिए रहेको छ ।

पहिलो संस्करण कैलालीको गोदावरी नगरपालिकाको टिमले जितेको थियो भने दोश्रो संस्करण डडेल्धुराको आलिताल गाउँपालिकाले जितेको थियो । तेश्रो संस्करणमा सहभागी १२ टोलीलाई चार समूहमा विभाजित गरिएको छ ।

प्रतियोगीताको विजेता टोलीले नगद २ लाख,उपविजेता टोलीले नगद १ लाख, सर्वोत्कृष्ट खेलाडीले नगद २५ हजार, बेष्ट बलर र ब्याटरले जनही १५ हजार, उदयमान खेलाडीले १० हजार र प्रत्येक खेलको म्यान अफ दी म्याचले नगद पच्चिस सय प्राप्त गर्ने आयोजक जिल्ला क्रिकेट संघ कैलालीले जनाएको छ । प्रतियोगिता फागुन १४ गते सकिनेछ ।

  • एसपिए कैलाली प्रिमियर लिग–३
शनिबार, फागुन १०, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह
देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प
सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह
सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का
लागूऔषधसहित ४ जना पक्राउ
भन्सार छलीका सामान नियन्त्रणमा

समाचार

सबै

भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प

सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह

सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का

भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प

सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह

सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

  • ६.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.