धनगढी । कैलालीमा चेक अनादर मुद्धाका फरार एक जना पक्राउ परेका छन् । फैसला कार्यान्वयनको सिलसिलामा जिल्ला अदालत कैलालीबाट चेक अनादर मुद्धामा रु.१,००० जरिवाना तोकी फरार रहेका बिक्रम चौधरी पक्राउ परेका हुन् ।
धनगढी८ बस्ने बर्ष ५१ को चौधरीलाई वडा प्रहरी कार्यालय धनगढी कैलालीबाट खटिएको प्रहरी टोलीले निजकै घरबाट पक्राउ गरी अदालतमा उपस्थित गराएको छ ।













