पाल्पा । तिनाउ गाउँपालिका-२ खुर्साने खहरे बस्ने ३८ वर्षीय जीवन बिकलाई १ थान भरूवा बन्दुक, छर्रा ३४ थान र बारूद सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा घर पछाडि झाडीमा लुकाई छिपाई राखिएको उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
भरूवा बन्दुक सहित पक्राउ
भरूवा बन्दुक सहित पक्राउ
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार














