धनगढी ।१९ चैतमा कैलालीको धनगढीमा हुने ‘छैठौं एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड २०८१’को थप एक विधाको मनोनयन सार्वजनिक गरिएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले वर्ष खेलाडी (पुरुष) को मनोनयन सार्वजनिक गरेको हो ।
छनोट समितिका संयोजक सीतारामओझाकाअनुसार वर्ष खेलाडी पुरुषको मनोनयनमाखोखोका हेमराज पनेरु, करातेका मोहमद शेखु आलम र भलिबलकाअर्जुन नेपाली परेका छन् ।
खोखोका पनेरु प्रथमखोखो विश्वकपको पुरुषतर्फ नेपाललाई उपविजेताबनाउने कप्तानहुन् । उनकै कप्तानीमा नेपालले चौँथो एशियालीखोखो च्याम्पिएनसिप, नेपाल–भारत खोखो टेस्ट म्याच र प्रथमखोखो विश्वकप गरी तीन वटा प्रतियोगितामालगातार रजतपदकजितेको छ । भलिबलका नेपालीश्रीलंकामाभएको काभा यू–२० पुरुषभलिबलच्याम्पियनसिपमा नेपाललाई उपविजेताबनाउने कप्तानहुन् । सहानाप्रधानभलिबलप्रतियोगितामा सुदूरपश्चिमलाई तेस्रो बनाउनउनले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
उनीप्रतियोगिताकै उत्कृष्ट ब्लकर बन्न सफलभएकाथिए । करातेका आलम भुटानमा भएको आठौँ दक्षिण एसियाली कराँते प्रतियोगितामा नेपाललाई एक स्वर्ण र एक रजतपदकजिताउने खेलाडी हुन् । उनले १६औं एसियाप्याफिसिकसितुरियो कराँते च्याम्पीयनसीपमा नेपाललाई कास्यपदकजिताएकाथिए ।
आयोजक खेलकुदपत्रकार मञ्च कैलालीकाअध्यक्षप्रदीप पाठकका अनुसार मञ्चले आठ विधामा अवार्ड प्रदानगर्नेछ । यसअघि नै वर्ष खेलाडी महिला, सुदूरपश्चिमआइकनपुरुष र महिलातथावर्ष युवा खेलाडी र वर्ष प्रशिक्षकको मनोनयन सार्वजनिकभइसकेको छ ।
वर्ष खेलाडी महिलाको मनोनयनमाखोखोकीमानमतीधामी, कबड्डीकी मानमती बिष्ट र बक्सिङकी स्वस्तिकातिरुवा परेका छन् । वर्ष युवा खेलाडीको मनोनयनमाक्रिकेटका नरेन साउँद, फुटबलका निराजनधामी र कबड्डीका सुशीलचुनारा परेका छन् । यस्तै, वर्ष प्रशिक्षकको मनोनयमाकबड्डीका विष्णुदत्त भट्ट, भलिबलकाजगदीश भट्ट र कबड्डीकै हरिना थापा परेकी छिन् ।
सुदूरपश्चिमआइकनपुरुषविधामाकबड्डीका खगेन्द्र जोशी, पौडीका अथर्व सिंह र क्रिकेटका हेमन्तधामीतथा सुदूरपश्चिमआइकनमहिलाविधामा करातेकीमनिषाबोहरा, कबड्डीकीमनिषाजोशी र क्रिकेटकी सावित्रीधामीमनोनयनमा परेका छन् । स्पेशल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्डका विजेताको नामभने अवार्डकै दिन घोषणा गरिने छ ।
उत्कृष्ट खेलाडी पुरुष र महिलाविधाकाविजेतालाई ३५–३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५–२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुदपत्रकार मञ्च कैलालीकाअध्यक्षप्रदीप पाठकले जानकारी दिए । उनकाअनुसार सुदूरपश्चिमआइकनमहिला र पुरुषविधाकाविजेतालाई नगद २०–२० हजारसहित ट्रफी प्रदानगरिनेछ ।
धनगढी रंगशालामाहुने अवार्डमाविभिन्न सांगितिक प्रस्तुतिपनि रहने आयोजकले जनाएको छ । गायकदुर्गेश थापाको पनि प्रस्तुति रहने मञ्चले जनाएको छ । सुदूरपश्चिमाञ्चल एकेडेमीएसपीएको मुख्यप्रायोजनमा अवार्ड भइरहेको हो ।
सुदूरपश्चिमप्रदेश खेलकुद परिषद् मुख्य प्रबद्र्धक रहेको छ भने कैलालीउद्योग वाणिज्य संघ, धनगढी उपमहानगरपालिका, पुनरवास नगरपालिका, परशुरामनगरपालिका, कृष्णपुर नगरपालिका, कैलारी गाउँपालिकातथा धनगढी उपमहानगरपालिका वडा नम्बर १, २, ३, ४, ९, १३ र १८ ले प्रबद्र्धक रहेका छन् ।
अवार्डलाई चैतन्य पाठशाला, सीपी अस्पताल, मायामेट्रो अस्पताल, निसर्ग अस्पताल, बिवाइडी मोटर, ठाकुर एग्रो इन्ड्रष्टिज र हिमालयनगौरीशंकर डेन्टलले पनिप्रायोजकका रुपमा साथदिएका छन् । यस्तै फुड पार्टनरका रुपमापोटली फुड्स, इन्टरनेट पार्टनरका रुपमाभायानेट र हस्पिटालिटी पार्टनरको रुपमाहोटेल डिभोटी जोडिएको छ ।























