कैलालीको धनगढी स्थितसुदूरपश्चिमाञ्चल एसपीए कलेजको अबस्थाका बिषयमा क्याम्पस प्रमुख योगराज उपाध्यायसँग निशाना न्युजका लागी टँक कँवरले गरिएको कुराकानीमा आधारित बिचार प्रस्तुत गरिएको छ ।
खासगरी सुदूरपश्चिमाञ्चल एसपीए कलेज सिजनल रुपमा आउने र जाने खहरे खोला जस्तो शैक्षिक संस्था होइन । यो एउटा निरन्तर रुपमा तिन दशकदेखि नेपालको र विशेष गरी सुदूरपश्चिमको शिक्षामा अनवरत रुपमा बगेको सालिन गहिरो शिक्षाको नदी र खानी हो ।
यो विभिन्न आरोह र अवरोहमा सतिसाल जस्तै उभिएर शिक्षाका माध्यमबाट अनवरत रुपमा सुदूरपश्चिममा शिक्षाको विकासमा अगाडि बढिरहेको छ । यस शैक्षिक संस्थामा प्लसटु प्रोग्राममा साइन्स मेनेजमेन्ट, फाईनान्स जो कक्षा ११ मा पढ्न पाइने बिषय अध्यापन गराइने गरिएको छ ।
प्लसटु प्रोग्राममा सुदूरपश्चिममै र धनगढीमा सबैभन्दा बढी छात्रबृति प्रदान गर्ने शैक्षिक संस्था पनि हो । शिक्षाका माध्यमले नगरपालिकाको रेकर्डका हिसाबले, अतिरिक्त क्रियाकलापका हिसाबले र यतिमात्रै होइन खेलकुद क्षेत्रमा पनि अब्बल रहेको विद्यालय पनि हो ।
प्लसटु प्रोग्राम पछाडि, स्नातक कार्यक्रमहरुमा बिएचएम,सेमिष्टर व्याच,होटल मेनेजमेन्ट यस्तै गरेर इन्फ्ररमेसन म्यानेजमेन्ट, बिबिएस,बिए,बिएसडब्लु, बिएड लगायतका प्रोग्रामहरु अध्ययन अध्यापन गराइ रहेका छौँ ।
मास्टर डिग्री लेवलमा एमएड, एमबिएस प्रोग्राम संचालन गरेका छौँ । सबै भन्दा धेरै विद्यार्थी पढ्ने त्रिभुवन युनिभर्सिटी अन्तरगतको निजि क्षेत्रकोे कलेज मध्ये एसपीए कलेज एक हो ।
यो कलेजले विश्वस्तरको नागरिक उत्पादन गर्न लागि चाहिँ स्मार्ट जमानाको स्मार्ट प्रविधिको आधारमा रहेर सीपमुलक,ज्ञानमुलक र नेतृत्व विकासमुलक शिक्षा आर्जन गरिसकेपछि, ती विद्यार्थी ग्लोबल सिटीजनको नागरिकको रुपमा विकास हुन्छन भन्ने कन्सेप्टको रुपमा हामी अगाडि बढीरहेका छौँ ।
परम्परागत रुपमा स्थापित शैक्षिक मान्यताहरु जुन टिचिङ्ग लर्निङ्ग म्याथोलोजीहरुलाई युज गरेर यो कलेज अगाडि बढीरहेको छ । यो कलेजलाई नेपालकै र सुदूरपश्चिमको प्रथम स्मार्ट कलेजको रुपमा विकास गर्न माईसेकेण्ड टिचर भन्ने एजुकेसन प्रोग्राम चलाईरहेका छौँ ।
स्मार्ट क्लासको माध्यमबाट त्यस्मा हजारौ टिचिङ्ग,लर्निङ्ग अडियो भिडियोहरु छन ।
अभिभावक र विद्यार्थीसँंग गरिएका इन्टे्क्सनका कुरा छन् यी कुराहरुलाई जोडेर हामीले यो स्कुललाई अगाडि बढाइरहेका छौँ । अब हामीले समय र परिवेश अनुसार किताबी ज्ञानलाई मात्र हेरेर शिक्षा भन्न सकिदैन त्यो किताबी ज्ञानलाई कसरी जीवन उपयोगी बनाउन सकिन्छ अथवा कुनै ज्ञान प्राप्त गरी सकेपछि त्यसलाई विवेकपूर्ण तरिकाले कसरी प्रयोग गर्ने,ज्ञान भनेको सधै सबै अवस्थामा राम्रो हुन्छ भन्ने हुँदैन ।
त्यस्लाई सदुपयोग गर्न सक्यो भने,जीवन उपयोगी बनाउन सक्यो भने ज्ञान विवेकको माध्यमले जीवन रुपान्तरण, वातावरण रुपान्तरण र परिवर्तन तथा समाज विकासका सुचाङ्कमा सभ्यता,मानवअधिकार र सामाजिक न्यायका क्षेत्रमा समेत योगदान गर्न सक्ने काबिल व्यक्ति निर्माण गर्न अग्रसर हुने दिशामा अगाडि बढ्यो भने शिक्षाको उदेश्य,मक्सद पूरा हुन्छ ।
एसपीय कलेजले त्यो गरिरहेको छ र अर्कौ कुरा बिधार्थीको दक्षता क्षमता अभिबृद्र्धी गर्न पनि हामी पछि हटेको छैर्नौ । एसपीए कलेजको बिशेषता भनेको चाहिँ शान्त वातावरण अत्याधुनिक भौतिक पूर्वाधार,पर्याप्त मात्रामा कम्प्युटर ल्याब, होटल मेनेजमेन्ट ल्याब, लाईब्रेरी सिस्टम,टिचिङ किचेन हुन् । हामीले विद्यार्थीहरुलाई पढ्दै सिक्दै सिस्टमबाट पनि सिकाइ गरिरहेका र्छौँ । यसबाट के हुन्छ भने विद्यार्थीको व्यक्तित्व विकास,जीवन उपयोगी कुरामा ढाल्न र परिवर्तन गर्न पाउँछन ।
त्यो मात्र होइन हाम्रा विद्यार्थीहरुलाई अतिरिक्त कृयाकलापको माध्यमबाट झण्डै डेढ दर्जन भन्दा बढी विभिन्न किसमका क्लवहरु छन् यी क्लवहरुको माध्यमबाट बिधार्थीले आफूुलाई जीवनमा चाहिने सिकेका सिपलाई निखारपनामा ल्याउने कामहरु गरिरहेका छन् । विद्या विवेकशील हुनुपर्छ, संसारलाई जित्न सक्ने सीप र संस्कार,अनुशासन सहितको शिक्षा दिनुपर्छ भन्ने एसपीए कलेजको पहिलो आधारभूत मान्यता रहँदै आएको छ ।
यहाँ सबै चिज मुल्यवान छ । छिमेकी,समाज,घरपरिवारलाई उच्चो पार्न सक्ने कुरा सिक्न जरुरी छ । आज विश्व डिजिटलाईजेशन युगमा प्रवेश गरेको छ । आज प्रत्येक कुरा डिजिटलाईजेशन प्रविधि र प्रविधि मैत्री भई एआईको जमानामा अघि बढिरहेको हुँदा हाम्रा विद्यार्थी सोही अनुरुप अगाडि बढाउन हामीले त्यस्तै किसमको सिकाई गरिहेका छौँ । हाम्रो स्कुलमा विभिन्न डिपार्टमेन्टहरु छन् । विद्यार्थीको चौतर्फी विकासका लागि यि डिपार्टमेन्टहरुले हर्ने गर्दछ । एसपीए कलेजको सानमान दुबै छ ।
हाम्रो एसपीए कलेजबाट पढेर गएका विद्यार्थीहरु सबै क्षेत्रमा टच छन् । हाम्रो विद्यालयका विद्यार्थीले युनिभर्र्सिटी टप गरेका छन् । एसपीए कलेजको पहिचान भनेको नै गुणस्तरीय शिक्षा, आधुनिक शिक्षा हो । भौतिक सुविधा सम्पन्न कलेजको रुपमा हामीले विकास गरेका र्छौ ।
त्यसैले सबैलाई के अनुरोध छ भने तपाईहरुका नानीबाबु प्रतिभाशाली छन् भने नानीबाबुको भविष्य उज्वल बनाउन एकपटक एसपीएमा आउनुहोस् छलफल गरौँ । क्याम्पसले दिदै आएको छात्रबृती लगाएत अन्य सेवासुबिधा भरपुर रुपमा प्रयोग गर्न पनि अनुरोध गर्दर्छौ ।













