धनगढी- धनगढीको एसटिएस सिनेमा हल केही दिनका लागी बन्द भएको छ । आइतबार देखि केही दिनका लागी बन्द भएको सिनेमा हल प्रशासनले जानकारी दिएको हो।
एसटिएस सिनेमा हलका इञ्चार्ज योगेन्द्र नायकले केही प्राविधिक त्रृटीका कारण यस एसटिएस सिनेमा हलमा ‘सो’ क्यान्सिल गर्नुपर्ने बाध्यात्मक परिस्थिति आईपरेकोले हल केही दिनका लागी बन्द भएको जानकारी दिए।
साथै यसले दर्शक महानुभावहरुमा पर्न गएको असुविधाका लागि हामी क्षमा प्राथी रहेको बताए । समस्या समाधान गर्ने करीब एक हप्ता समय लाग्ने सिनेमा हल प्रशासनको दाबी छ। अहिले उक्त हलले ‘प्रेमगीत ३’ लगायतका चलचित्र लगाइरहेको थियो।













