धनगढी- हुलास स्टील ईन्डष्ट्रीज लिमिटेडले आफ्नो ९औं शाखा धनगढीमा सञ्चालनमा ल्याएको छ । सोमबार घटस्थापनाको अवसर पारी हुलास स्टीलले धनगढी १३ राजपुरमा आफ्नो नयाँ शाखाको उद्घाटन गरेको हो ।
हुलास स्टीलका मुख्य बिक्री प्रबन्धक अशोक सिंहको उपस्थितिमा धनगढी उप–महानगरपालिका वडा नंं १३ का वडा अध्यक्ष विजयराज जोशी र युवा व्यवसायी कुबेर शाहीले उक्त शाखाको संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।
धनगढी शाखा इन्चार्ज खगेन्द्र भट्टले सुदूरपश्चिमका व्यापारी तथा अन्य ग्राहकहरूले हुलासको विभिन्न उत्पादनहरू धनगढीबाटै सहज रूपमा प्राप्त गर्न सकुन भन्ने उद्देश्यका साथ शाखाको स्थापना गरिएको बताए । हुलास स्टीलका मुख्य बिक्री प्रबन्धक अशोक सिंहले नेपालको परिवेश बाटो घाटोको असहजतालाई मध्यनजर गर्दै सुदूरपश्चिमका हुलास प्रयोग गर्न चाहने ग्राहक र विक्रेताको सहजताका लागि धनगढी शाखाको विस्तार गरिएको बताए । उनले अब धनगढीका व्यवसायीहरूले हुलास स्टीलका समानहरू धनगढी शाखा अर्थात् बिक्री डिपो बाट सहजै समान लग्ने वातावरणको सिर्जना गरिने बताए ।
त्यस्तै, उद्ध्घाटनमा सहभागी धनगढी उपमहानगरपालिका वडा नं. १३ का वडाध्यक्ष जोशीले हुलास स्टीलले यस क्षेत्रको व्यवशायीक विकासमा सहयोग पुर्याउने विश्वास व्यक्त गरे । हुलास स्टीललार्इ व्यवशायीक सफलताको शुभकामनासमेत व्यक्त गरे । ‘हुलास भए अरू किन रोज्ने’ भन्ने मूल नाराका साथ हुलास स्टीलले विगत ४१ वर्षदेखि देशभर आफ्नो सेवा दिँदै आइरहेको छ ।













