अछाम । अछाममा वहुविवाह मुद्धाका फरार एक जनालाई प्रहरीले ५ बर्ष पछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा अछामको मंगलसेन नगरपालिका १४ बस्ने बर्ष २८ को रमेश भण्डारी रहेका छन् ।
जिल्ला अदालत मंगलसेन अछामले २०७७।६ महिना ५ गतेको (लागत नं.२७०० आदेशले भण्डारीलाई ११ महिना १७ दिन कैद र रू. १०,०००।– (दश हजार ) जरिवाना हुने गरी फैसला भएको थियो ।
उनी फरार रहेका थिए । खोज तलास गर्ने क्रममा शुक्रबार जिल्ला प्रहरी कार्यालय र अस्थायी प्रहरी पोष्ट कालागाउँबाट खटी गएको प्रहरी टोलीले मंगलसेन नगरपालिका १४ कालागाउँबाट उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय अछामका डिएसपी ईश्वरी प्रशाद भण्डारीले निशाना न्युजलाई जानकारी दिए ।
उनले आवश्यक कारवाहीको लागि जिल्ला अदालत मंगलसेन अछाममा पेश गर्ने तयारी भईरहेको बताए ।























