• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २४ घण्टा 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २४ घण्टा 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

धनगढीमा ‘सिनेमा संवाद : स्थानीय कला संस्कृति र पर्यटन प्रवद्र्धनमा जोड

  •   आइतबार, असार ०१, २०८२ मा प्रकाशित

धनगढी । सुदुरपश्चिम प्रदेशमा पहिलो पटक सिनेमा संवाद कार्यक्रमको आयोजना गरिएको छ । देशका अन्य प्रदेशहरुमा हुदैं आएको सिनेमा संवाद कार्यक्रम सुदुरपश्चिम प्रदेशमा पहिलो पटक आयोजना गरिएको हो । चलचित्र पत्रकार संघ नेपाल कैलाली र जेडी एसोसियट्सको संयुक्त आयोजनामा भएको कार्यक्रममा चलचित्र मार्फत स्थानीय कला संस्कृति र पर्यटन प्रवद्र्धनमा जोड दिईएको छ । विभिन्न बिषयवस्तुमा गरिएको संवाद कार्यक्रममा सुदुरपश्चिम प्रदेश चलचित्रको कथावस्तु र छायाँकनका लागि भर्जिन क्षेत्र भएकोले अब यहाँका कला संस्कृतिहरुलाई बिषयवस्तु बनाएर सिनेमा निर्माण हुनुपर्ने, यहाँका पर्यटकीय स्थलहरुलाई सिनेमा मार्फत प्रसार प्रसार गर्नुपर्ने लगायतका बिषयमा जोड दिईएको छ ।
कार्यक्रममा चलचित्रकर्मी, दर्शक, विद्यार्थी, पत्रकार र कलाकारबीच चलचित्र निर्माण, सन्देश, सामाजिक प्रभाव, बजारका चुनौती र सिनेमा–समाजको सम्बन्धबारे गहिरो छलफल गरिएको छ । कार्यक्रममा नेपाली चलचित्र क्षेत्रसँग जोडेर सुदुरपश्चिम र यहाँको पर्यटन तथा सम्भावनाका बिषयमा छलफल गरिएको छ । सिनेमा संवाद कार्यक्रममा बहस र संवादसँगै सुदुरपश्चिमका कला संस्कृति झल्किने विभिन्न सांस्कृतिक कार्यक्रमहरु पनि प्रस्तुत गरिएको थियो ।

सिनेमा संवाद कार्यक्रम गाउँ केन्द्रित बनाउनुपर्छः अध्यक्ष ओझा
सिनेमा संवाद कार्यक्रमको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष ओझाले सिनेमा संवाद कार्यक्रमलाई अब गाउँ केन्द्रित बनाउनुपर्ने बताए । बताउनुभयो । सिनेमा चाहिने कथा, बिषयवस्तु र छायाकनका लागि ग्रामीण भेगहरु निकै सुन्दर भएकोले यसलाई गाउँ केन्द्रित बनाउनुपर्नेमा उनको जोड थियो । आफु सिनेमा र कलाप्रेमी भएकोले विगतका बर्षहरुमा सिनेमा निर्माण लगायतका कामहरुमा सहयोग गर्दै आएकोले यस्ता कार्यक्रमको आयोजनामा सहयोग गर्न तयार रहेको बताए । उनले आगामी दिनहरुमा सिनेमा संवाद कार्यक्रम गर्नका लागि जोरायल गाउँपालिकामा कलाकार सहित आएर कार्यक्रम गर्नका लागि निम्तो समेत दिए । अध्यक्ष ओझाको गाउँपालिकामा अभिनेता, निर्माता तथा निर्देशक विराज भट्टको साङ्लो चलचित्र छायाकन गरिएको थियो । चलचित्रमा जोरायल क्षेत्रका पर्यटकीय क्षेत्रहरुलाई समेटेको भन्दै सो चलचित्रलाई १० लाख रुपैयाँ समेत गाउँपालिकाले दिएको थियो ।

विभिन्न बिषय केन्द्रित छलफल र संवाद
सिनेमा संवाद कार्यक्रममा विभिन्न बिषयमा बहस र संवाद गरिएको छ । पहिलो सेसनको रुपमा नेपाली सिनेमानवीन पुस्ता नवीन दृष्टिकोण बिषयमा छलफल गरिएको छ । उद्घोषिका निलम चन्दले सहजीकरण गरेको कार्यक्रममा नायिका उपासना सिंह ठकुरी, अभिनेता दिव्यदेव पन्त र चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष समीर बलामी वक्ताको रुपमा रहेका थिए । यो सेसनमा पछिल्लो समय नेपाली चलचित्रमा आईरहेका नयाँ पुस्ताको अवसर चुनौतीका साथै बदलिदो प्रविधिले पारिरहेको प्रभावको बारेमा संवाद गरिएको थियो ।
दोस्रो सेसनमा सिनेमामा सुदुरपश्चिम ईतिहास र संस्कृति बिषयमा छलफल गरिएको थियो । पत्रकार सीताराम ओझाले सहजीकरण गरेको संवाद कार्यक्रममा वक्ताको रुपमा सुदुरपश्चिम क्षेत्रको कला संस्कृतिका जानकार साहित्यकार हेमन्त विवश, चलचित्र निर्देशक नवल नेपाल र अभिनेता पुष्प खड्का रहेका थिए । यो संवादमा चलचित्रमा उठान गर्न सकिने सुदुरपश्चिमका बिषयवस्तु र कथाहरुको बारेमा छलफल गरिएको थियो । यो संवाद कार्यक्रममा चलचित्र निर्देशक नवल नेपालले सुदुरपश्चिमको मौलिक बिषयमा नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन् ।
कार्यक्रमको तेस्रो सेसनमा डोटेली भाषा सिनेमा र संगीतको बिषयमा छलफल गरिएको थियो । पत्रकार सीताराम ओझाले सहजीकरण गरेको संवादमा गीतकार हर्क साउँद, बरिष्ठ देउडा गायक नरेन्द्रराज रेग्मी र बरिष्ठ पत्रकार तथा सुदुरपश्चिममा पहिलो चलचित्र निर्माण गरेका उमिद वागचन वक्ताको रुपमा रहेका थिए । सो बहसमा चलचित्रमा प्रयोग भईरहेका देउडा गीत संगीत र त्यसको मौलिकताको बिषयमा छलफल गरिएको थियो ।
सिनेमा संवादको चौथो सेसनका रुपमा सुदुरपश्चिमको पर्यटन प्रबद्र्धनमा सिनेमा बिषयमा छलफल गरिएको थियो । पत्रकार टेकेन्द्र देउवाले सहजीकरण गरेको कार्यक्रममा कलाकार सरस्वती खड्का, पहिलो डोटेली चलचित्र गौरीका निर्माताखड्गबहादुर मल्ल र थारु चलचित्र क्षेत्रका सर्वाधिक सफल नायकप्रेम चौधरी वक्ताको रुपमा रहेका थिए । यो बिषयमा सिनेमाले सुदुरपश्चिमको पर्यटन प्रबद्र्धनमा योगदान पुराईरहेको बिषयमा बहस गरिएको छ ।

  • पर्यटन प्रवद्र्धनमा जोड
आइतबार, असार ०१, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २४ घण्टा 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २४ घण्टा 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.