धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–७ मनेहराबाट प्रहरीले १२ जना जुवाडेलाई पक्राउ गरेको छ ।
शनिवार वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले एक कम्पनीमा जुवातास खेलिरहेको अबस्थामा उनीहरुलाई प्रकाउ गरेको हो ।
विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक योगेश खत्रीको नेतृत्वमा पुगेको टोलीले छापा हानेर एक लाख ३१ हजार एक सय ८० नगद र चार गड्डी ताससहित उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।























