धनगढी । अखिल नेपाल खेलकुद महासंघ कैलालीको अध्यक्षमा जीवन खड्का चयन भएका छ्न ।
आज धनगढीमा बसेको प्रथम जिल्ला भेलाले खड्काको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा रणधिर कर्ण,प्रकाश बिष्ट,पारस कटुवाल,सचिवमा सागर लामा,सहसचिवमा कृष्ण भण्डारी र कोषाध्यक्षमा सम्झना विसी चयन भएको माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कार्यालय सचिव उद्धव भट्टराईले जानकारी दिए ।
नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य बीरभान चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश उपाध्यक्ष अक्कल रावल,रण बहादुर कुँवर,सचिव जनकबहादुर बुढा विशेष अतिथि रहेका थिए ।
अतिथिमा प्रेम बिसी,अखिल नेपाल खेलकुद महासंघका केन्द्रीय उपाध्यक्ष तिलक चौधरी,सचिव ललित खत्रीलगायत रहेका थिए ।
रमेश थापामगरको अध्यक्षतामा भएको भेलाको सञ्चालन जयन्द्र दाहालले गरेका थिए भने संचिता चौधरीले स्वागत गरेकी थिइन ।















