धनगढी– एलपीएलको सातौं संस्करण मंसिर १० गतेदेखि संचालन हुने भएको छ । प्रतियोगिता
आगामी मंसिर १० गतेदेखि २२ गतेसम्म संघीय प्रहरी कार्यालय धनगढीको खेल मैदानमा संचालन हुने भएको हो ।
सातौँ संस्करणमा देशभरका १० विद्यालयस्तरीय टिमलाई सहभागी गराइने आयोजक लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिए । प्रत्येक टिमले ४ जना खेलाडी यु–१९ उमेर समूहका विद्यालय बाहिरकासमेत राख्न पाउने व्यवस्था छ ।
सातौँ संस्करणको विजेताले २ लाख ५१ हजार १ सय ५१ तथा उपविजेताले १ लाख २५ हजार १ सय २५ नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
त्यस्तै प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीले ३० हजार, उत्कृष्ट ब्याट्सम्यान र बलले जनही १५ हजार, उदीयमान खेलाडीले ७ हजार ५ सय तथा प्रत्येक खेलको म्यान अफ दी म्याचले ३ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।














