• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • २. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • ३. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ६. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ७. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ८. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • ९. चालकको लापरबाहीका कारण सवारी दुर्घटना बढ्दै

  • १०. गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल

नेकपा एमालेको एघारौँ महाधिवेशन : नेतृत्व, समय र संगठनको पुनर्जागरण एक विश्लेषण

  •   मङ्गलबार, मङि्सर २३, २०८२ मा प्रकाशित

यही २७ गते नेकपा एमाले पार्टीको ११ र्औ महाधिबेशन हुदै छ संगठनको स्वास्थ्य मापन गर्ने, र भविष्यको मार्गचित्र बनाउने क्षण रहेको महाधिबेशनले कस्तो नेतृत्वको जन्म लिन्छ त भन्ने बिषयमा नेकपा एमाले पार्टीका सुदुरपश्चिम प्रदेश युवा नेता मदन राज रेग्मीकोे विचारलाई निशाना न्युजले प्रकाशित गरेको छ ।
राजनीतिक पार्टीहरूका लागि महाधिवेशन केवल विधानअनुसार दोहोरिने अनिवार्य प्रक्रिया होइन यो नेतृत्वको वैधता परीक्षण गर्ने, संगठनको स्वास्थ्य मापन गर्ने, र भविष्यको मार्गचित्र बनाउने क्षण हो। विशेषगरी नेकपा एमाले जस्तो ऐतिहासिक प्रभाव र जनाधार बोकेको पार्टीका लागि महाधिवेशन अझै निर्णायक मोड हो, किनकि समयले आज जुन कठोर प्रश्नहरू सोधिरहेको छ, ती प्रश्नहरूको उत्तर नेकपा एमाले बाट मात्रै अपेक्षित छ।
पछिल्ला वर्षहरूमा नेकपा एमाले ले अनुभव गरेको उतार चढाव, आन्तरिक असन्तुलन, लोकप्रियतामा आएको गिरावट, र वैचारिक कठोरताका आरोपहरूले संगठनभित्र गम्भीर आत्मपरीक्षणको आवश्यकता जन्माइदिएको छ। तर आत्मपरीक्षण केवल शब्दको अलंकार होइन यसले निर्णय र अनुशासन दुवै माग्छ। एघारौँ महाधिवेशन त्यसैले नेकपा एमाले का लागि आत्ममूल्यांकनको इतिहासमै सबैभन्दा संवेदनशील क्षण बनेको छ।
नेपालमा सामाजिक संरचना, जनताको अपेक्षा, र राजनीति बुझ्ने पुस्ताका धारणा तीव्र गतिमा बदलिएका छन्। पुरानै शैली, पुरानै चरित्र र पुरानै निर्णय प्रक्रियाले समयसँगको दूरी बढाएको छ। नेकपा एमाले को नेतृत्वले समयका चेतावनीहरू बुझेन भने संगठन केवल छायामात्र बन्ने खतरा बढेको छ। त्यसैले “नयाँ नेतृत्व, नयाँ सन्देश” भन्ने कथन नेकपा एमाले को नारा होइन जीवन मरणको मोडमा उभिएको वास्तविक आवश्यकता हो।
नेपालमा पछिल्लो समय जेन–जि आन्दोलनले जुन प्रकारको राजनीतिक सामाजिक चेतना विस्फोट गर्यो, त्यो नेकपा एमाले र समग्र पुरानो राजनीतिक संस्थापनका लागि कठोर सन्देश थियो। जेन–जि को विद्रोही स्वर केवल भावनात्मक उछाल थिएन, यसले नेतृत्वको दुरदृष्टिको अभाव, निर्णय प्रक्रियाको संकुचन, र युवापुस्तासँगको दूरीलाई खुलाइदियो। नेतृत्वले आफ्नो विफलता स्वीकार नगरेसम्म जनताले आन्दोलनमार्फत नेतृत्व लाई लखेटी रहने छन यो आन्दोलनले यही पाठ दियो।यही परिघटना नेकपा एमाले भित्र पनि लागू हुन्छ। संगठनभित्र असन्तोष बढ्नु, युवा पुस्ताको निराशा, स्थानीय संरचनामा थकान, र केन्द्रमा यथास्थितिवादको आभास यी सबै कुरा नेकपा एमाले को आन्तरिक संकटका स्पष्ट संकेत हुन्। यही कारण “जेन–जि द्वारा लखेटिएको नेतृत्व” मानेको नेतृत्वको टुटेको विश्वास र असक्षमताको दण्ड हो। फेरि उहीँ नेता, उहीँ शैली, उहीँ सोच नेकपा एमाले मा पुनःस्थापित हुनसक्छ भन्ने कल्पना स्वयं समयसँगको अवज्ञा हो।
नेपालको राजनीतिक प्रतिस्पर्धा आज नयाँ मोडमा पुगेको छ। काँग्रेस, माओवादी सम्मिलित नेपाली कम्युनिस्ट पार्टी , स्वतन्त्र समूह, र नयाँ दलहरूबीचको प्रतिस्पर्धा केवल दलगत होड होइन नेतृत्व क्षमताको प्रतिस्पर्धा पनि हो। यो प्रतिस्पर्धामा नेकपा एमाले पछि पर्यो भने यस्को मुख्य कारण विचारगत कमी होइन व्यवहारगत कठोरता हुने छ। जनता मूल्यमा भन्दा बढी व्यवहारमा विश्वास गर्छन्, र नेकपा एमाले लाई यही क्षेत्रमा प्रश्न उठाइएको छ।
संगठन भित्र सदस्यता विस्तारमा देखिएका अनियमितता, स्थानीय तहमा सक्रियताको कमी, र पार्टी संरचना ठेक्का शैलीमा सञ्चालन भएको आरोप यी नेकपा एमाले ले महाधिवेशनमा सामुन्ने राख्नैपर्ने विषय हुन्। संगठन बलियो तब हुन्छ जब तल्लोदेखि माथिल्लो तहसम्म कार्यकर्ताले सम्मान, सहभागिता र सुनुवाइ पाउँछन्। नेतृत्व केन्द्रमा संकुचित हुँदै जाँदा संगठन परिधिमा कमजोर हुन्छ अहिले नेकपा एमाले ले भोगिरहेको यही संरचनागत थकान हो।
महाधिवेशनको अर्को महत्वपूर्ण प्रश्न राजनीतिक सन्देश। नेकपा एमाले विगतका धेरै महाधिवेशनमा वैचारिक दस्तावेज त शक्तिशाली बनायो, तर व्यवहारमा जनताको पीडा केन्द्रमा राख्ने अनुशासन बनाउन सकेन। बेरोजगारी, सुशासन, आर्थिक स्थिरता, किसान–श्रमिकको जीवनस्तर, युवाको भविष्य, र राष्ट्रिय स्वाभिमान यी विषय नेकपा एमाले का आधारभूत राजनीतिक शिरा हुन्। तर यी विषय कागजबाट निस्केर कार्यक्षेत्रमा प्रभावकारी रूपमा रूपान्तरित हुन सकेनन्।
आज नेकपा एमाले ले आफ्ना घोषणापत्रका शब्दहरू भन्दा बढी व्यवहारका प्रमाणहरू पेस गर्नुपर्ने समय आएको छ। पार्टीको पुनर्जागरण वैचारिक भाषणले होइन व्यवहारिक राजनीतिले हुन्छ।
सिंगो परिदृश्य हेर्दा नेकपा एमाले को भविष्य महाधिवेशनको निर्णयमाथि निर्धारित छ। नेतृत्व चयन, संगठनमा अनुशासन, र जनतासँगको भावनात्मक सम्बन्ध पुनःस्थापना यी तीन कुराले नेकपा एमाले को तागत तय गर्नेछन्। यदि नेकपा एमाले ले नेतृत्वलाई समयअनुकूल नवीकृत गर्यो,पुराना कमजोरीहरू सुधार्ने राजनीतिक नैतिकता देखायो,युवा पुस्तालाई निर्णायक भूमिकामा ल्यायो,र जनताका मुद्दालाई पार्टीकार्ययोजनाको केन्द्रमा राख्यो,भने नेकपा एमाले फेरि पनि राष्ट्रिय राजनीतिमा प्राथमिक स्थान पुनःअझ बलियो गरि बनाउने छ।
तर यदि महाधिवेशन केवल पुरानै सोचको पुनरावृत्ति बन्यो भने नेकपा एमाले को संकट केवल संगठनिक होइन ऐतिहासिक हुनेछ।
समय आज नेकपा एमाले लाई एकै प्रश्न सोधिरहेको छ—
“तिमी परिवर्तन हुनेछौ कि इतिहासबाट बिस्तारै हराइनेछौ” एघारौं रास्ट्रीय महाधिवेशनको निर्णयले नेकपा एमाले को उत्तर तय गर्नेछ।

मङ्गलबार, मङि्सर २३, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह
सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का
धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु
वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती
आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै
कस्तो रहला आजको मौसम ?

समाचार

सबै

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी जवानले मृत फेला

धनगढीमा युवती मृत्यु प्रकरण : ५ जनाविरुद्ध किटानी जाहेरी,श्रीमान पक्राउ

भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी जवानले मृत फेला

धनगढीमा युवती मृत्यु प्रकरण : ५ जनाविरुद्ध किटानी जाहेरी,श्रीमान पक्राउ

भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे

  • २.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • ३.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

  • ६.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.