धनगढी– धनगढीमा रहेको कैलाली हस्पिटल प्रालिले धनगढी ईन्जिनियरिङ कलेज (नास्ट)लाई स्वास्थ्य सेवामा छुट दिने भएको छ ।
हस्पिटलका अध्यक्ष जनकराज जाेशी र नास्ट कलेजका तर्फबाट संस्थाका संचालक तथा प्रबन्ध निर्देशक शिवहरि मुडभरीले आज सम्झौता पत्रमा हस्ताक्षर गरे ।
धनगढी ईन्जिनियरिङ कलेजले कैलाली हस्पिटललाई बिरामी उपचारको लागि पठाउँदा संस्थाको पत्र र बिरामीको परिचय खुल्ने कागजातको प्रतिलिपि पेस गर्नुपर्नेछ। साथेै सम्झौतामा साे संस्थामा अध्ययनरत सम्पूर्ण विद्यार्थी र विद्यार्थीका परिवारका सदस्य एवम् संस्थाका कर्मचारीहरु र परिवारलाई समेत समेटिने गरि गरिएकाेछ।
सम्झौता २०७९ आश्विन २७ गतेबाट लागु भई दुई वर्षको अवधि रहनेछ। उक्त सम्झौता कार्यक्रममा नास्टका तर्फबाट शिक्षाविद डा.प्रेमबहादुर चन्द (प्राचार्य), रमेश खडका र कैलाली हस्पिटलका प्रबन्धक खगेन्द्र जेाशीलगायतकाे समेत उपस्थिति रहेकाे थियाे।














