• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, भदौ २९, २०८३
☰
सोमबार, भदौ २९, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ६. सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार, सबै हल्ला मात्र

  • ७. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ८. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • ९. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

सुदूरपश्चिममा चौबीस महिला उम्मेदवार, एकीकृत समाजवादी र कांग्रेसबाट शून्य

  •   शुक्रबार, असोज २८, २०७९ मा प्रकाशित

कैलाली– सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि २४ जना महिलाको उम्मेदवारी कायम रहेको छ ।

निर्वाचन आयोगले बुधबार साँझ प्रविष्ट गरेको तथ्याङ्कअनुसार प्रतिनिधि सभा सदस्यतर्फ पुरुष उम्मेदवार १२६ जनामध्ये महिला उम्मेदवार ११ जना रहेका छन् । प्रदेश सभामा पुरुष उम्मेदवार १५० जनामध्ये महिला उम्मेदवार १३ जना छन् ।

प्रतिनिधि र प्रदेश सभामा दुई/दुई जना महिला स्वतन्त्र उम्मेदवार हुनुहुन्छ । यद्यपि मुख्य दल नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) बाट महिला उम्मेदवारी परेको छैन । नेकपा (एमाले) ले प्रतिनिधि सभामा दुई जना र प्रदेश सभामा एक जना महिलालाई उम्मेदवार बनाएको छ । नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधि सभामा एक र प्रदेश सभामा दुई जना महिलालाई उम्मेदवार बनाएको छ ।

२०७४ सालको सुदूरपश्चिम प्रदेश सभा सदस्य निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट समानुपातिक सूचीमा पर्नुभएका डोटीकी पूर्णा जोशीको यस पटक प्रत्यक्षबाट प्रदेश सभा सदस्यमा चुनाव लड्ने इच्छा पूरा भएन । नेकपा (एमाले) बाट विभाजित भई बनेको नेकपा (एकीकृत समाजवादी)को डोटी जिल्ला इन्चार्ज जोशीले प्रदेश सभा सदस्यको प्रत्यक्ष निर्वाचनका लागि आफू पार्टीबाट सिफारिस भए पनि उम्मेदवार बन्न नपाएको बताउनुभयो ।

उहाँ केही महिना सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुनमन्त्रीको जिम्मेवारीमा समेत हुनुहुन्थ्यो । आफ्नो क्षेत्रको समस्या, महिला, दलित, जनजाति, उपेक्षित वर्गको समस्यालाई नजिकबाट बुझेको बताउने नेता जोशीले ती समस्या सामाधानका लागि आफू प्रत्यक्ष निर्वाचन प्रक्रियाबाट पुनः प्रदेश सभा सदस्यमा निर्वाचित हुने चाहना पूरा नभएको बताउनुभयो ।

उहाँले स्वतन्त्र उम्मेदवारी दिँदा नराम्रो सन्देश जाने भएकाले आफू चुप बसेको बताउनुभयो । उहाँले ‘अवसरका लागि मरिहत्ते गरको’ सन्देश आफूले दिन नखोजेको बताउनुभयो । उहाँले पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बन्नु भनेको च्याँखे थाप्ने, मोलमोलाई गर्ने बाहना भएको टिप्पणी गर्नुभयो ।

राजनीतिक दलहरूको उम्मेदवार छनोटमा असन्तुष्टि व्यक्त गर्दै नेता जोशीले भन्नुभयो “भूगोलमा गएर जनतासँग भिजेका, कार्यसम्पादन राम्रो गरेकाभन्दा पनि शक्तिको वरिपरि घुम्ने चाकडी गर्ने र पैसा पेल्न सक्नेले टिकट पाउँछन् । त्यसले गर्दा महिला सशक्त रूपमा अग्रभागमा पुग्न सकेका छैनौँ ।”

नेकपा (एकीकृत समाजवादी) मा मात्र होइन चुनावी तालमेल गरेको सत्ता गठबन्धनको ठूलो पार्टी नेपाली कांग्रेस कैलाली जिल्ला क्षेत्र नम्बर ३ का सभापति रीता चौधरीले टिकटका लागि प्रयास गर्दा पनि नपाएको गुनासो गर्नुभयो  ।

उहाँले भन्नुभयो, “प्रदेश सभा सदस्यका लागि रामकुमारी चौधरी प्रत्यक्ष र म समानुपातिक उम्मेदवारका लागि काठमाडौँ धाउँदासमेत टिकट पाएनौँ ।” चुनावी तालमेलमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) को भागमा परेपछि नेपाली कांग्रेसबाट चुनाव लड्ने योजना बनाएका महिलाले चुनाव लड्न नपाएको उहाँले बताउनुभयो ।

नेकपा (एमाले)बाट २०७४ सालमा राष्ट्रिय सभा सदस्य बन्नुभएकी कैलाली क्षेत्र नम्बर २ (क) का कमला ओलीलाई यस पटक प्रतिनिधि सभा सदस्यमा प्रत्यक्ष चुनाव लड्ने र जित्छु भन्ने विश्वास पनि थियो तर उहाँ अहिले प्रदेश सभा सदस्यको प्रत्यक्ष उम्मेदवार हुनुहुन्छ । पार्टीको केन्द्रीय सदस्य तथा जिल्लाको सहइन्चार्ज ओली भन्नुहुन्छ, “धेरै महिला चुनावमा जाँदा हारिन्छ भनेर समानुपातिकमै बस्न रुचाउँछन् । म प्रत्यक्ष चुनाव जितेर जनताको सेवा गर्न पार्टीले दिएको जिम्मेवारीमै खुसी छु ।”

राज्यका सबै निकायमा महिला सहभागिता ३३ प्रतिशत सुनिश्चित हुनुपर्ने माग गरिँदै आए पनि यस पटकको निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट प्रत्यक्षतर्फको निर्वाचनमा महिला उम्मेदवारको सङ्ख्या न्यून रहेको छ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा महिला नेतृत्वप्रति दलहरूको अविश्वास, तालमेल र गठबन्धनका नाममा महिलालाई उम्मेदवार हुनबाट वञ्चित तुल्याइएको छ ।

१६ प्रतिनिधि सभा सदस्य र ३२ प्रदेश सभा सदस्यका लागि हुने प्रत्यक्ष निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस, एकीकृत समाजवादीबाट महिलाको उम्मेदवारी शून्य छ । नेकपा एमालेबाट प्रतिनिधि सभाका लागि कञ्चनपुरबाट निरुदेवी पाल र डोटीबाट गौरी ओली उम्मेदवार हुनुहुन्छ ।

त्यस्तै प्रदेश सभा सदस्यका लागि प्रत्यक्ष निर्वाचनमा कमला ओली उम्मेदवार हुनुहुन्छ । नेकपा माओवादी केन्द्रबाट प्रतिनिधि सभा सदस्यका लागि सुदूरपश्चिम प्रदेशबाट प्रत्यक्ष निर्वाचनका लागि विना मगर एक मात्र महिला उम्मेदवार रहनुभएको छ ।

त्यसैगरी नयाँ पार्टीका रूपमा रहेको नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधि सभामा एक जना र प्रदेश सभामा दुई जना महिला उम्मेदवार रहनुभएको छ । सो पार्टीबाट कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका लागि रञ्जिता श्रेष्ठ र कञ्चनपुर क्षेत्र नम्बर १ (ख)बाट काली चौधरी र २ (क)  बाट गीता चौधरी उम्मेदवार बन्नुभएको छ ।

यसले गर्दा नीति निर्माण तहमा प्रत्यक्षबाट विजयी हुने महिलाको सहभागिता खासै नहुने प्रष्ट भएको छ । दुवै सभाका निर्वाचनमा भाग लिनका लागि राजनीतिक दलले महिलालाई न्यून मात्रामा टिकट दिएर उम्मेदवार बनाएका छन् । महिलाको ३३ प्रतिशत सहभागिता सुनिश्चित गर्न अब समानुपातिककै भर पर्नुपर्ने कैलाली बहुमुखी क्याम्पसका पूर्वप्रमुख तथा राजनीतिक विश्लेषक सुरेन्द्र चन्द बताउनुहुन्छ ।

एकातिर पार्टीहरूले महिलालाई टिकट दिन कन्जुस्याइँ गरेका छन् भने खर्चिलो निर्वाचनका कारण धेरै महिलाले आफूहरूलाई समानुपातिकमै सुरक्षित महसुस गरी समानुपातिकमै सीमित हुने गरेको कैलालीका नागरिक अगुवा धनपति ढुङ्गेलको भनाइ छ । गोरखापत्र

  • निर्वाचन
शुक्रबार, असोज २८, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
मुख्यमन्त्रीको निर्देशनपछि सेतीमा पुरानो भवन अगाडिको गेट खुला
रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय
तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ
भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता
राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै
भन्सार छलीका सामान नियन्त्रणमा

समाचार

सबै

मुख्यमन्त्रीको निर्देशनपछि सेतीमा पुरानो भवन अगाडिको गेट खुला

रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ

भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता

मुख्यमन्त्रीको निर्देशनपछि सेतीमा पुरानो भवन अगाडिको गेट खुला

रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ

भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ६.
    सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार,

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.